उखु किसानहरुको समस्याप्रति ठोस नीति निर्माण गर्नु आवश्यक

उखु किसानहरुको समस्याप्रति ठोस नीति निर्माण गर्नु आवश्यक

Friday, January 03, 2020

    नेपालमै सबैभन्दा बढी उखु उत्पादन हुने प्रदेश २ को सर्लाही जिल्ला हो । यहाँका अधिकांश कृषक नगदे बालीको रुपमा उखु खेतीमै निर्भर रहन्छन् । उनीहरुले खेती गरेर उत्पादन भएका उखुलाई सर्लाही, रौतहटमा रहेका सुगर मिल्समा  बिक्रि गर्ने गरेका छन् । तर, अहिले ती किसानहरुले आफूले उत्पादन गरेर बिक्रि गरेका उखुको उचित मुल्य त परै जाओस् उखु उत्पादनमा लागेको खर्च समेत पाउनबाट बञ्चित भएका छन् । जसकारण उनीहरु बाध्य भएर राजधानी काठमाडौंमा आफ्नो लगानी र उचित मुल्य पाउनु पर्ने भन्दै आन्दोलन समेत गरेका छन् । 
    सुगर मिल्स संचालकले ती किसानहरुलाई उखु उत्पादन गर्न प्रोत्साहन गरे पनि उचित मुल्य दिनबाट बञ्चित गर्ने गरेका छन् । सरकारले समेत उखुको न्युनतम मुल्य निर्धारित गरेपनि त्यसलाई मिल्स संचालकहरुले वेवास्ता गर्दै आइरहेका छन् । त्यती हुँदा समेत किसानहरुले संचालकहरुकै कुरा मानेर उखु बिक्रि गर्ने गरेका छन् । त्यसमा पनि पाँच वर्षदेखी किसानहरुले आफुले उत्पादन गरेको उखुको मुल्य पाउन सकिरहेका छैन् । किसानहरुले महिनेतका साथ उखु उत्पादन गरेर मिल्ससम्म पु¥याएर त्यसको उचित मुल्य पाउन नसक्नु कतिको उचित हो । यो कुनै एक दिनको कुरा होइन् । प्रत्येक वर्ष उखु किसानहरु यस्तै समस्याबाट पीडित बन्दै आएका छन् । सरकारले पनि प्रत्येक वर्ष मुल्य तोक्ने गर्छ र उद्योग संचालकहरुले त्यसको वेवास्ता गर्दै गर्दछन् । 
    सरकारले बनाएको कुनै पनि कानुनको अवहेल्ना गर्नु अपराध हो । यो अपराध बारम्बार उखु किसानहरुसँग भइरहदा सरकारले कीन कुनै ठोस कदम चाल्न नसकेको हो ? तसर्थ किसानहरुको पक्षमा सरकारले ठोस कदम उठाउन जरुरी रहेको छ भने आउँदो दिनहरुमा यस्ता समस्या पुनः नदोहरियोस् भनी सम्बन्धीत पक्षलाई सरकारले निर्देशन समेत दिन पछाडी पर्नुहुँदैन् ।