अपराध नियन्त्रणमा प्रहरीको अभियान सकारात्मक

Wednesday, January 08, 2020

    सप्तरी प्रहरीले शान्ति सुरक्षा, लागु पदार्थ दुव्र्यसनी, विभिन्न अपराधी, महिला हिंसा लगायतका कार्यलाई न्यूनिकरण गर्नका लागि चलाएको अभियानले सफलता हात पार्दै गइरहेको छ । यस अभियान अन्तरगत प्रहरीले विभिन्न मुद्दामा फरार रहेका अपराधीहरुलाई पक्राउ गर्न समेत अभियान नै चलाएको छ । अभियान अन्तरगत प्रहरीले एक महिनाको अवधीमा झण्डै चार दर्जन फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ । 
    एक महिनाको अवधीमा प्रहरीले जर्बजस्ती करणीका र कुटपिटका सर्वाधिक ६–६ ज्यान मार्ने उद्योगका ५, चोरीका ४, अपहरण र लुटपाटका ३–३, सवारी ज्यान र लुटपाटका ४–४ ठगी तथा लेनदेनका २ गरी ४० फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ । यता प्रहरीले त्यस्ता घटनाका फरार रहेका १७ जनालाई एकै दिन पक्राउ गरेको छ । 
    अदालतबाट सजाय पाएर निकै समयदेखी फरार रहेका त्यस्ता अपराधीलाई पक्राउ गरि समाजमा शान्ति सुरक्षाको प्रत्याभुती दिलाउनेतर्फ प्रहरी लागिपरेको छ । जसले गर्दा पीडित समेतले न्याय पाउँदैछन् । प्रहरीले थालेको अभियानलाई सहयोग गर्नु पर्ने आवश्यकता रहेको छ । सामाजमा बढ्दै गएको अपराधिक घटनाहरुलाई न्यूनिकरण गर्न समेत सबैले आ–आफ्नो स्थानमा सक्दो सहयोग गरेमा बढ्दै गएको अपराधलाई थोरै भएपनि न्युनिकरण गर्न मद्दत पुग्ने छ ।