हात्ति आंतक नियन्त्रण गर्न कीन ढिलाई ?

हात्ति आंतक नियन्त्रण गर्न कीन ढिलाई ?

Thursday, January 09, 2020

    सप्तरीको पूर्वी र राजमार्गको उत्तरी भेगमा हात्तिले आंतक मचाउँदा सम्बन्धीत निकाय अहिलेसम्म कुनै ठोस कदम उठाउन सकिरहेको छैन् । हात्ति आंतकले दर्जनौं घरमा हप्तापिच्छै क्षति पुगिरहेको छ । गत हप्ता मात्र त्यस भेगका दुई दर्जन बढी घरमा हात्तिले आफ्नो तान्डव देखाएको छ । जसकारण घर तोडफोड हुनुका साथै हात्तिले घरमा भएको सबै अन्नपात खाएका छन् । यो समस्या कुनै नयाँ नभएर निकै पुरानो हो । 
    जनप्रतिनिधि नभएकोले समयदेखी नै यस भेगका जनताहरु हात्तिबाट पीडित बन्दै आएका छन् । तर, अहिले जनप्रतिनिधि भएको बेला स्थानिय सरकारले हात्ति नियन्त्रण गर्न कुनै ठोस पहल गर्न सकेका छैनन्् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने गरेका जंगली हात्तीहरुले स्थानिय समेतलाई घाइते बनाउनेदेखी लिएर खेतमा लगाएको विभिन्न बालीहरु नष्ट गर्ने काम गर्ने गरेका छन् । हात्तिको आक्रमणबाट आधा दर्जन बढी व्यक्तिको ज्यान समेत गएको छ । मध्यरातमा आउने ती जंगली जनावरहरुले जिल्लाको पूर्वी भेगका कंचनपुर, भारदह, भग्नी मलेठ, बदगामा, जगतपुर त्यस्तै राजमार्ग भन्दा उत्तरतर्फ कृष्णसवरण अग्निसाइर र रुपनी गाउँपालिका तथा खडक नगरपालिकामा समेत कृषकहरुले लगाएको बिघौ बालीहरु नष्ट गर्ने गरेका छन् । 
    हात्तिको आक्रमणबाट व्यक्तिहरुको ज्यान समेत जाने गर्दा यस्ता कार्यप्रति स्थानिय प्रशासनले हालसम्म कुनै नियन्त्रणको पहल गर्न सकेको देखिन्न् । तसर्थ हात्ति नियन्त्रण गर्नेतर्फ स्थानिय सरकारले गाउँ सभाबाटै ठोस नीति निर्माण गर्नेतर्फ ध्यान पु¥याउनु अति आवश्यक रहेको छ ।