स्वास्थ्य क्षेत्रमा फड्को मार्दै सप्तरी

Sunday, January 12, 2020

    सप्तरीमा रहेको एक मात्र सरकारी अस्पतालको सेवा सुविधामा सुधार आउन थालेपछि अहिले विभिन्न जटिल रोगको पहिचान गर्ने डाईग्नोस्टि सेन्टर समेत खुलेको छ । राजविराजमा पहिलो पटक अत्याधुनिक प्रविधिसहित पूर्ण स्वचालित मेसिन र उपकरणबाट एकै थलोमा क्यान्सर र अन्य सबै प्रकारका रोग पत्ता लगाउने परिक्षण सुरु भएपछि यहाका जनतले क्यान्सर, अन्य जटिल तथा सामान्य रोग पत्ता लगाउन समेत अब अन्यत्र जानु नपर्ने अवस्था आएको छ । 
    यसरी स्वास्थ्य क्षेत्रमा सुधार आउनुले स्वास्थ्यसँग सम्बद्ध सबै सेवाहरु सप्तरीमा उपलब्ध हुन थालेको छ । विगतमा यहाँका जनतालाई सानो भन्दा सानो रोग लागे पनि बिराटनगर र धरान गइहाल्ने बाध्यात्मक परिस्थितको अन्त्य समेत भएको छ । अहिले यहाँ गुणस्तरिय प्रविधिको अल्ट्रासाउण्ड, एक्सरे लगायत अन्य स्वास्थ्यसँग आवद्ध सेवाहरु उपलब्ध रहेको छ । यस्ता सेवाहरु सप्तरीमा उपलब्ध भएपछि सप्तरीका मात्र नभएर सिरहा, उदयपुरका जनताहरु समेतले ती सेवाहरु पाउने भएका छन् ।  यस्तै क्यान्सरका सम्पूर्ण जाँचका साथै ग्ल्यान्डटिवि, थाईराईड, ईएसआर, युरिनआरई, सेमेनएनालाईसिस, एलर्जि स्किन, एचविएआईसि फरडाईवेटर, मोनिटरिङ लगायत सबै प्रकारका रोगको परिक्षण समेत अहिले राजविराजमै सम्भव भएको छ । 
    यस्ता उच्च प्रविधिका स्वास्थ्य सेवाहरु सप्तरीका जनताहरुले कहिले पाउन सकेका थिएन् । यस्ता सेवाका कारण जिल्लाको विकासमा समेत टेवा पुग्ने विश्वास लिन सकिन्छ । तसर्थ स्वास्थ्य सम्बन्धी सेन्टरहरु खुल्ने कार्यप्रति सम्पूर्ण जिल्लावासीले सहयोग गर्नुपर्ने आवश्यकता समेत रहेको छ ।