राजश्व बृद्धि गर्ने तर्फ ध्यान पुगोस्

Monday, January 13, 2020

    सप्तरीसँग टाँसिएको सबै भारतीय सीमा नाकाहरु खुल्ला रहेका छन् । ती सीमा नाकाहरुमा भन्सार वा प्रहरीको एउटा चेक पोष्ट बाहेक कुनै प्रकारको घेरवार छैन् । जसले गर्दा तस्कारीहरुले खुलेआम भन्सार छलेर सामानहरु नेपालतर्फ सजिलै आयात गर्न भ्याउँछन् । यती मात्र नभएर सानो सानो पोका पारेर दिनरात गरि ट्रकका ट्रक सामानहरु नेपालतर्फ आउने गरेको छ । सीमा सुरक्षा पोष्टमा सशस्त्र प्रहरीको निगरानी हुँदा हुँदै पनि तस्कारीहरुले विभिन्न सामानहरु सजिलै सीमा पार गरिरहेका छन् । 
    सप्तरीको मुख्य भन्सार भनेको तिलाठीको बेल्ही भन्सार हो । यस भन्सारबाट पनि भन्सार छलेका सामानहरु नेपालतर्फ आउने गरेको पाइन्छ । नेपाल र सशस्त्र प्रहरीको निगरानी समेतलाई पार गर्दै तस्करहरुले सामानहरु आरपार गर्ने गरेका छन् । सोही नाकाबाट भन्सार नकाटी अवैध रुपमा ट्रकमा लोड गरि सामानहरु भारतीय सीमामा पुग्ने गर्दछन् । यसरी हेर्दा ती सामानहरु कसैको मिलोमतो बिना ओसारपोसार गर्न सकिन्न् । 
    यस्ता अवैध किसिमले भन्सार छलेर दुबै मुलुकमा सामान आयात निर्यात गर्ने कामलाई सम्बन्धीत निकायले कडा रुपमा निगरानी गर्नु पर्ने आवश्यकता रहेको छ । अनिमात्र सप्तरीको राजश्व बृद्धि हुन्छ । राज्यको राजश्व वृद्धि गराउन र तस्करी रोक्न पनि त्यस्ता तस्करहरुलाई नै पक्राउ गरी कारबाही प्रक्रियामा ल्याउनु समेत उत्तिकै आवश्यकता रहेको छ ।