परम्परागत पेशाको सम्वद्र्धन  र संरक्षण आवश्यक

परम्परागत पेशाको सम्वद्र्धन  र संरक्षण आवश्यक

Sunday, January 26, 2020

    माटाका मूर्ती बनाउने मूतीकाहरुको पेशा संकटमा पर्दै गइरहेको छ । विभिन्न पूजाको बेला माटाका आकर्षक मूर्ती बनाएर आफ्नो गुजारा हुने पेशा नै संकटमा परिरहेकोप्रति उनीहरु चिन्तित देखिन्छन् । दुर्गा पूजा, लक्ष्मी पूर्जा, सरस्वती पूजा लगायतका माटाका मूर्ती बनाएर उनीहरुलाई आफ्नो पेशालाई जोगाइ राख्न धौ धौं भएको छ । तर, पनि माटाका मूर्तीकारहरु बनाउन दिनरात उनीहरु लागिपरेका छन् । 
    मूर्ती बनाउन लाग्ने विभिन्न सामाग्रिहरु महँगिएपछि उनीहरुले बनाइएको मूर्तीको मुल्य बढाउन बाध्य छन् । तरमुल्य बढी भएको भन्दै खरीदारहरु त्यसलाई किन्न संकोच गर्छन् । मूर्ती बनाउन प्रयोग गर्ने काचो माटो, रंगरोगन, साजसज्जा गर्ने समाग्रि लगायतमा मूल्य बढेका कारण बनाइएको माटाका मूर्तीहरुको मुल्य समेत बढेको मूर्तीकारहरु बताउछन् । अहिले बजारमा पाइने रेडिमेड मुर्ती र संगमरमरको मूर्तीका कारण पनि माटाका मूर्तीहरु बिस्थापित हुन गइरहेको छ । 
    यता विभिन्न परम्परागत पेशाहरुलाई सम्वद्र्धन र संरक्षण गर्न सरकारको तर्फबाट कूनै पहल भएको देखिन्न् । पराम्परागत पेश नै संकटमा परेपछि आफ्नो पेशा छोडेर अर्को पेशा अपनाउन बाध्य हुन थालेका छन् । तसर्थ यस पेशामा लागेका मूर्तीकारहरुको पेशा संकटमा पर्न नदिई संरक्षण र सम्वद्र्धनका लागि राज्य पक्षबाट विशेष पहल र प्रोत्साहन दिनु जरुरी रहेको छ ।