बैदेशिक रोजगारीमा ठगि गर्ने प्रबृति रोक्नु आवश्यक

बैदेशिक रोजगारीमा ठगि गर्ने प्रबृति रोक्नु आवश्यक

Tuesday, January 28, 2020

    बैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगि गर्ने प्रबृति बढ्दै गएको छ । सप्तरी लगायत अन्य जिल्लाहरु समेतमा यस्तै ठगि गर्ने प्रबृति बढ्दै गएको छ । मुलुकमा रोजगारीको अवसर सृजना हुनसक्दा यूवाहरु विदेश गएर रोजगारी गर्न बाध्य भएको बेला यस्ता ठगि गर्ने प्रबृतिले  पनि बढ्दै गएको हो । बढी रकम र सुविधाजनक सेवा दिने भन्दै युवाहरु ठगिदै गएको कुरा सार्वजनिक भएको छ । हालै सप्तरीसहित विभिन्न जिल्लाका यूवाहरुलाई नक्कली भिसा बनाएर बैदेशिक रोजगारका लागि उडाउन खोजिएपछि ती तथ्य सार्वजजिक भएको छ । 
    हुन त सरकारले मान्यताप्राप्त म्यानपावर कम्पनीहरुसँग मात्र बैदेशिक रोजगारका लागि पहल गर्न निर्देशनात्मक आदेश दिएपनि त्यसको कार्यान्वयन पक्ष फितलो देखिन्छ । सरकारको आदेशको अवज्ञा हुँदा पनि सरकार मुकदर्शक देखिन्छ भने युवाहरु समेत गैरकानुनी रुपमा व्यक्तिगत रुपमा रोजगारीका लागि जान आफै फसेको देखिन्छ । 
    तसर्थ रोजगारीका लागि जाने यूवाहरु समेत सचेत भई सरकारले तोकेको म्यानपावरसँग मात्र समन्वय गर्नु पर्न उत्तिकै आवश्यक छ भने सम्बन्धीत पक्षले पनि यसको कार्यान्वयनका लागि कडा रुपमा प्रस्तुत हुनुपर्ने जरुरी रहेको छ ।