छोरीप्रति प्रदेश २ सरकारको विशेष ध्यान, स्वागतयोग्य

छोरीप्रति प्रदेश २ सरकारको विशेष ध्यान, स्वागतयोग्य

Friday, January 31, 2020

    प्रदेश २ सरकारद्वारा छोरीहरुलाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले संचालित बेटी पढाउ, बेटी बचाउ अभियान प्रशंसनीय र स्वागतयोग्य कार्य रहेको छ । यसले छोरीहरुका लागि निकै नै फलदायक साबित हुने विश्वास लिइएको छ । प्रदेश २ का छोरीहरुलाई भविष्यमा शिक्षा हासिल गर्न कुनै कठिनाई नहोस् र उनीहरु उच्च शिक्षा हासिल गरेर आफ्नो भविष्य आफै उज्जवल गर्न यस्ता अभियनाले ठूलो सहयोग पुग्ने छ । यस प्रदेशमा छोरी जन्मिनुलाई खासै महत्व नदिने र उनीहरुको शिक्षामा खासै ध्यान नपु¥याउने अभिभावकलाई समेत यस्ता अभियानले उर्जा प्रदान गरेको छ । २०७५ साल माघ १ गतेदेखी जन्मेका र जन्मने सम्पूर्ण छोरीहरुलाई प्रदेश सरकारले पहिला १ लाख शिक्षा बिमाको योजना ल्याएकोमा अहिले आएर त्यसलाई तेब्बर अर्थात तीन लाख पु¥याएर छोरीहरुका लागि प्रदेश सरकारले निकै महत्व दिएको छ । 
    यसरी छोरीहरुको शिक्षा दिक्षामा प्रदेश सरकारले दिएको महत्व अहिलेसम्मकै अविस्मरणीय कदम समेत हो । यस्ता कार्यले प्रदेश सरकारप्रति सबै धन्यवाद दिनैपर्छ । जहिले पनि कुनै पनि सरकारले विकास र राजनीतिक मुद्दालाई प्राथमिकतामा राखेर कार्य गरिरहेकोमा प्रदेश २ सरकारको यस्तो साहसिक कामले सबैले मनन् गर्नुपर्दछ । यसरी विकासीय कार्य तथा अन्य कार्यलाई समेत अगाडी बढाउँदै छोरीहरुको बारेमा गम्भिरतापूर्वक चासो दिएर प्रदेश सरकारले गरेको कार्य अत्यन्त सहनिय रहेको छ । 
    तसर्थ मुलुकको अन्य प्रदेश सरकारले पनि छोरीहरुको शिक्षादिक्षामा बिशेष ध्यान दिएर उनीहरुको उज्जवल भविष्यप्रति सचेत हुनु जरुरी छ भने यस्ता कार्यको सबैले प्रोत्साहन र सहयोग गर्नु पर्ने आजको आवश्यकता रहेको छ ।