मानविय कार्यले भविष्यमा पनि निरन्तरता पाओस्

मानविय कार्यले भविष्यमा पनि निरन्तरता पाओस्

Sunday, February 02, 2020

    वितेको केही वर्षमा अत्याधिक चिसोका कारण सप्तरीमा कठ्याङग्रिएर दर्जनौं गरिब, निमुख्खा, असाय व्यक्तिको मृत्यु भएको थियो । सो घटना लगत्तै सम्बन्धित निकाय र सरोकारवालाहरुले कुनै पनि व्यक्ति चिसोबाट ज्यान गुमाउनु नपरोस् भन्दै न्यानो कपडा बितरण गर्ने अभियान नै चलाएको थियो भने ठाउँ ठाउँमा आगो ताप्ने व्यवस्था समेत मिलाएको थियो । र सो अभियानले यस वर्ष पनि निरन्तरता पायो । जसकारण यस वर्ष कुनै पनि त्यस्ता दुःखद घटना घट्न पाएन । 
    यस वर्ष पनि हजारौं न्यानो कपडा बितरण भएको छ । सो कार्यमा विभिन्न सामाजिक संघ संस्था, सहकारी तथा गैससहरुले सहयोग गरेका छन् भने सरकारी स्तरबाट आगो ताप्ने व्यवस्था मिलाइएको थियो । कुनै पनि मानिसको जन्म भएदेखी नै उसले पाउनु  सम्पूर्ण बाच्न पाउनु पर्ने अधिकार पाउनुपर्छ । यदी उसले आफ्नो स्तरबाट गर्न सकेनन् भने सरकारी निकायले न्युनतम अधिकार दिन सक्नु पर्दछ । यसरी कुनै पनि दैवी प्रकोप निम्तिएमा सम्पूर्ण मानवले नैतिकताको आधारमा सहयोग गर्नु पर्ने हुन्छ । अनिमात्र मानवअधिकारको अधिकार सुनिश्चित हुन्छ । 
    दैवी प्रकोपबाट हुने क्षतिलाई न्यूनिकरण गर्न सम्पूर्ण नागरिकले आ–आफ्नो स्तरबाट सहयोग गरेर एउटा मानविय धर्मको पालना गर्नु पर्ने आवश्यकता रहेको छ । तसर्थ यस्ता मानविय कार्यलाई भविष्यमा समेत सहयोग मिल्ने अपेक्षा गर्नु अनुपयुक्त नहोला ।