रोकिएन् ध्वनी प्रदूषण 

रोकिएन् ध्वनी प्रदूषण 

Tuesday, February 18, 2020

    अहिले राजविराजमा ध्वनी प्रदुषण निकै बढेको छ । धार्मिक कार्यक्रम, बैवाहिक कार्यक्रम वा कुनै उत्सव होस् वा प्रवचनको नाममा ध्वनी प्रदुषण बढेको छ । विभिन्न वहानमा अहिले रातीको समयमा ठूला ठूला आवाजमा लाउडस्पिकर र साउण्डबक्स घन्काएर अरु व्यक्तिलाई समेत जाग्रम बस्न बाध्य बनाएको छ । झण्डै एक दशक भइसक्यो जिल्ला प्रशासन कार्यालयसहित बिभिन्न सरकारी निकायको नाममा अदालतले ध्वनी प्रदुषण रोक्न निर्देशनरुपी फैसला सुनाए पनि त्यसको कार्यान्वयन हालसम्म हुन सकेको छैन् । 
    अदालतको फैसला कार्यान्वयन गर्न प्रहरी, प्रशासन सहितका निकायहरु अगाडी नबढ्दा नगरका मुख्य बजारहरुमा अहिले पनि चर्काे स्वरमा लाउडस्पिकर बजाउने कार्य जारी नै रहेको छ । विगतमा प्रहरीले डिजे साउण्डमा रोक लगाएपनि हाल मुख्य चौकहरुमा ठूलो आवाजमा साउण्ड घन्काउने काममा रोक लाग्न सकेको छैन् । चाहे राजनीतिको नाममा होस् या धार्मिक, नीति अथवा अन्य कुनै नाममा किन नहोस् ध्वनी प्रदूषण गरिने  क्रम जारी नै छ । 
    ध्वनी प्रदूषणले व्यक्तिको मानसिक तनाब बढाउनुका साथै रातीको निन्द्रा बिगार्ने काम गर्दछ । तसर्थ यस्ता कार्यलाई राक्न सम्बन्धित निकायले यसतर्फ ध्यान दिनु अति आवश्यक भएको छ ।