श्रद्धा, निष्ठा, रंगका साथ आत्ममिलनको पर्व होली

श्रद्धा, निष्ठा, रंगका साथ आत्ममिलनको पर्व होली

Sunday, March 08, 2020

अमरनाथ मण्डल
    हाम्रो संस्कृतिले हामीलाई दिएका साँस्कृतिक धार्मिक धरोहरहरु पर्याप्त मात्रामा निष्ठा र पवित्रताको तथा एक आर्काको आत्मियतासँग पवित्र मिलनको आधार स्वरुप हाम्रा संस्कृतिले दिएका, देखाएका मार्गदिशाहरु कारण मानव जीवनको जीवन शैली सौहर्दपूर्ण वातावरण सिर्जना गर्ने पर्याप्त आधारहरु दिएका छन् । 
    हाम्रो संस्कृतिले हामीलाई धन्य तुल्याएका छन् भने विश्वको सर्वोत्तम संस्कृतिको धरोहरको रुपमा हामीले पाएको कारण हाम्रो चाड पर्वको आफ्ैमा महत्वपूर्ण स्थान बोकेका हुन्छन । हाम्रो संस्कृतिले मानव जीवनको मानवतालाई सार्थक तुल्याउन हामीलाई विभिन्न किसिमका पर्वहरुबाट धार्मिक आचरणसँग बाँधेर हामीलाई सभ्यताका पाठहरुलाई नबिर्सन समययस्–समयमा हाम्रा चाडपर्वहरुले निर्देशित गर्ने गरिन्छ । हाम्रो सांस्कृतिक धरोहरको कारण हामी बीच सभ्य समाजको निर्माणको परिकल्पना गर्न सार्थक भइरहेको सन्दर्भमा हाम्रा साँस्कृतिकमा धार्मिक परम्परालाई आफ्नै महत्व हुन्छ । 
    हाम्रो धार्मिक परम्पराले जीवनको दर्शनलाई उजागर गर्छन् भने हामीलाई कुबाटोमा जानबाट रोक्नका लागि सचेतना परिभाषित गर्छ । हाम्रा धार्मिक ग्रन्थ रामायणमा भगवान रामको चरित्रले मानवको सभ्यता र संस्कृतिलाई उजागर गरेका छन् भने भगवान रामको आमा माया, बुवा माया, भाइमाया तथा एउटा राजाको कर्तव्य निष्ठापूर्वक निभाउनु पर्ने शिखहरु रामायण दर्शनमा सिखाएका छन् । त्यस्तै अर्का पात्र लक्ष्मणले भातृ प्रेमलाई उजागर गरेका छन् भने भातृ प्रेमको शिखलाई रामायणमा दर्शाएका छन् । त्यस्तै माता सिताको पात्रले हामीलाई धेरै आचरणहरु, व्यवहारहरु, समर्पणहरु सिकाएका छन् । 
    महाभारतमा भगवान कृष्णको पात्रले मानव जीवनको संस्कृतिलाई उजागर गरेका छन् भने न्याय र अन्यायको धेरै कुराहरु सार्थकताको रुपमा परिभाषित गरेका छन् । महाभारतले सत्यको जित हुन्छ भने धर्मको आस्थालाई महान मानेका छन् । धर्मले जीवनको सत्यलाई सत्यतामा परिभाषित हुन्छनभने महाभारतको मानस पटलमा चरितार्थ गरिएको छ । त्यसै कारण हाम्रो साँस्कृतिमा धर्ममा र धार्मिक आस्थामा अदभुतपूर्ण शक्तिको विशलेषण गरिएको छ । यसै शक्तिको रुपमा होली पर्वलाई पनि विशेष धार्मिक आस्थासँग गाँसिएको सन्दर्भहरु हाम्रो सामु रहेको छ । 
    होली पर्वले हाम्रो धार्मिक मान्यता अनुसार ध्रुव प्रह्लादलाई हृरण्यकश्यपले विष्णुको भक्ति नगर्न प्रतिबन्ध लगाएपछि ध्रुव प्रह्लादले ईश्वरीक शक्तिको रुपमा विष्णुलाई भगवानको स्वरुप मानी श्रद्धा र निष्ठाको साथ मनमस्तिष्कमा बसाई आराध्य गर्ने गरेकोले रिसाएर हृरण्यकश्यपले आफ्नो छोरो प्रह्लादलाई आफ्नो बहिनी होलीका जसलाई आगोमा नजल्ने वरदान पाएको कारण छोरो प्रह्लादलाई होलीकाको काखमा बसाई आगो बाली प्रह्लादलाई जलाउने षडयन्त्र गरेको सन्दर्भ लिएर भगवानको भक्त प्रह्लादले आगोबाट केही हानि र घात नगरेको कारणले गर्दा होलीका जलेर नष्ट भएको सन्दर्भ लिएर होलीका दहन कार्यक्रम मनाइ होली पर्वलाई सत्यको जीत स्वरुप विजयोत्सवको रुपमा होली पर्व मनाउने गरेको हाम्रो धार्मिक ग्रन्थहरुमा वर्णन गरिएको छ । 
    सत्यको पक्षमा धार्मिक आस्था रहेकोले असत्यको विरुद्धमा मानव जीवनलाई समर्पण गर्ने मार्ग दिशा दिएको सन्र्दभ लिएर जीवनको हरेको क्षण्मा सत्यतालाई स्वीकार गरी सत्य, निष्पक्ष,स्वार्दपुर्ण वातावरण, धार्मिक आस्था, दया–करुणा र धर्मको आस्थालाई आत्मसाथ गरी मानव जीवनलाई संचालन गर्नुपर्ने शिखहरु हाम्रा सँस्कृतिहरु अरुले शिकाएका छन् । होली पर्व सत्यको जीत र सत्यको हारको सन्दर्भ लिएर कुशियाली स्वरुप मनाउने गरेको सन्दर्भ लिएर हाम्रा धर्मले तथा साँस्कृतिले शिकाएका निर्देशित गरेका सत्य–तथ्यहरुलाई अंगिकार नगर्नका लागि अहिले धार्मिक विचल्लनको स्थिति सिर्जना गरेको धार्मिक विचल्लनको अवस्थामा धार्मिक मूल्य मान्यतालाई गलत व्याख्या गरी मानवले कुप्रथालाई बढि अंगिकार गरिरहेका छन् । अहिले होली पर्वमा जाड रक्सी सेवन गरी मानव जीवनको सिद्धान्तलाई धार्मिक आस्थालाई विचल्लन अवस्थामा पु¥याउने सन्दर्भलाई अंगिकार गरिरहेका छन् । त्यस्तै माछा मासु र होलीका मूल्यमान्यतालाई विर्सि आराजक नितिको अख्तियार गरी मानव सभ्यतालाई कलंकित बनाइरहेका छन् । त्यसैकारण कुनै पनि पर्वमा पर्वको मूल्यमान्यता सिद्धान्तलाई अंगिकार गर्नुपर्ने अवस्थामा विकृतिलाई त्याग गरी पर्वको सही पक्षलाई आत्मसात गरी एकअर्कासँग आत्मियतालाई बढाउनुपर्ने अवस्था देखिन्छ ।
    स्वार्दपूर्ण वातावरणमा धार्मिक आस्था र मूल्यमान्यतालाई आत्मसाथ गरी जाड रक्सी जस्ता कुरुतिहरुको त्याग गरी होली पर्व एउटा एकअर्कासँग शुभकामना आदान प्रदान गर्ने एकअर्काकोसँग मित्रता गाँस्ने वर्षौ वर्षौदेखि आपसी विवाद तथा झै झगडालाई समाप्त पारी एकअर्कासँग आत्मियता गासि एकअर्कासँग भावनालाई सम्मान स्वरुप मिलनको केन्द्रबिन्दु बनाई होली पर्व मनाउनुपर्ने अवस्था देखिन्छ भने पर्वको मूल्यमान्यतालाई आत्मसाथ गरी एकअर्कालाई रंग अबिर लगाई साइनो गाँस्ने परम्परालाई सार्थक तुल्याउन दिशातिर उन्मुख हुनुपर्ने अवस्था देखिन्छ । होली पर्वमा देखिएका विकृतिहरु अन्त्यको लागि प्रशासनिक पक्ष, सामाजिक पक्ष, परिवारिक पक्षले अहम भूमिका खेल्नुपर्ने अवस्था देखिन्छ । होली पर्वमा एक अर्कासँग मित्रता गाँसो ठप्प एउटा मित्र बनाऔं, तर थप शत्रु नबनाऔ यही सन्देश साथ प्रत्येक वर्षमा होलीको दिन हुने गरेको अमान्य व्यवहार झै झगडाहरुलाई स्वार्दपूर्ण वातावरणमा परिवर्तन गरी यसपालिको होली पर्वलाई धार्मिक सांस्कृतिकको आस्थामूलक पर्वको रुपमा सबै पक्षले ध्यान दिनु पर्ने आवश्यकता देखिन्छ । चाड पर्वको बेला वस्तुभाउको मूल्यहरु बढ्ने गरेको प्रति सम्बन्धित निकायले बेलैमा ध्यान पुगाई अनुगमन निरिक्षण गरी मूल्यहरुको निर्धारण गर्नुपर्ने देखिन्छ । 
    व्यवहारिक रुपमा सामाजिक स्तरबाट समाजमा यस पर्वले स्वार्दपूर्ण वातावरणको निर्माण गर्दछ तर यस पर्वको गलत व्याख्या नगरी पर्वको सहि मर्म र भावनासँग परिभाषित गर्नुपर्छ शुभकामना दिदै सबै पाठक वर्गमा होली पर्वको यस स्तम्भकारको मंगलमय शुभकामना ।