सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण

सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण

Monday, March 23, 2020

दैनिक समाचारदाता
राजविराज, ९ चैत । 
    राजविराज नगरपालिका वडा नं. ४ कार्यालयले सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमणबाट सचेत गराउन आइतबार मास्क वितरण गर्नुका साथै सेनिटाइजर तथा साबुन पानीले हात धुने बिधी सिकाएको छ । 
    राजविराजस्थित मिनि मार्केट नजिकै सडकछेउमा कोरोना भाईरसको संक्रमणबाट बच्ने उपायबारे सचेतना कार्यक्रमका साथै करिब २ हजार सर्वसाधारणलाई मास्क र हात धुने सामग्री वितरण गरेको हो । 
    वडाध्यक्ष मो. अख्तरअली बाबा, वडा सचिव ओम प्रकाश साह तथा स्वास्थ्यकर्मी लगायतले उनीहरुलाई सेनिटाईजर र साबुन पानीले हात धुन सिकाउँदै नियमित मास्क प्रयोग गर्न र भिडभाडमा नजान आग्रह समेत गरेका थिए । 
    सो अवसरमा स्वास्थ्यकर्मीहरुले कोरोना रोगको लक्षण र बच्ने उपायबारे समेत सहभागीलाई सचेत गराएको थियो ।