सेभ द सप्तरीले ६ चरणमा हात धुन सिकायो 

सेभ द सप्तरीले ६ चरणमा हात धुन सिकायो 

Monday, March 23, 2020

दैनिक समाचारदाता
राजविराज, ९ चैत । 
    नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिन सेभ द सप्तरीले आइतबार ६ चरणमा हात धुने कार्यक्रमको आयोजना गरेको छ । 
    सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको हात धुने कार्यक्रममा नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सर्वसाधारणलाई हात धुन सिकाएको सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देवले जानकारी दिएका छन् ।
    राजविराजस्थित कुनौली रोड र सखडा रोडमा संस्थाका कर्मचारीहरुले आवत जावत गर्ने करिब ५ सय सर्वसाधारणलाई साबुन पानीबाट हाथ धुवाएको कृषि प्राबिधिक राम कुमार साहले बताए ।
    सो क्रममा सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी, फिल्ड अफिसर बिष्णुकान्त देव, ललिता मण्डल, कृषि प्राबिधिक राम कुमार साह, प्रोग्राम सुपर भाइजर मोनिका मिश्र, राजिव चौधरी, संतोष यादव लगायत संस्थाका कर्मचारीहरुले सहयोग गरेका थिए ।