नेपाल सहकारीद्वारा मास्क बितरण

नेपाल सहकारीद्वारा मास्क बितरण

Monday, March 23, 2020

दैनिक समाचारदाता
राजविराज, ९ चैत । 
    कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सहकारी संस्था लिमिटेड राजविराजले आइतबार आफ्ना ग्राहक तथा शेयरधनीलाई मास्क बितरण गरेको छ । 
    कोरोना भाइरसको संक्रमणबाट जोगिन संस्थाको कार्यालयमा आउने सम्पूर्ण ग्राहक तथा शेयरधनीहरुलाई मास्क प्रदान गर्नुका साथै सेनिटाइजरले हात धुआएर सचेत समेत गराएको छ । 
    संस्थाका व्यवस्थापक शंकर साहले कोेरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन सबैले अनिवार्य रुपमा मास्कको प्रयोगका साथै अल्कोहलरहित सेनिटाइजर वा साबुन पानी अनिवार्य रुपले हात धोएर सतर्कता अपनाउनु पर्ने बताए । 
    संस्थाद्वारा गर्ने सामाजिक उत्तरदायित्वको कार्य अन्तरगत मास्क बितरणका साथै सेनिटाइजरले हात धुने कार्य गराएको समेत उनले बताए ।