जटिल परिस्थितिमा शिक्षा तर्फ ध्यान पुगोस्

जटिल परिस्थितिमा शिक्षा तर्फ ध्यान पुगोस्

Monday, June 15, 2020

    कोरोना भाइरसको त्रासका कारण विगत तीन महिनादेखी सम्पूर्ण क्षेत्र अस्तव्यस्त रहेको बेला सरकारी स्तरबाट जनताका लागि कुनै पनि राहतको प्याकेज नआउनु अत्यन्त दुःखदायी रहेको छ । विगतको तीन महिनाको अवधीमा नेपाललगायत विश्वको सम्पूर्ण क्षेत्र अस्तव्यस्त बनेको छ । यस्तो परिस्थितिमा नेपाल सरकारले जनताको हितका लागि कुनै पनि प्याकेज ल्याउन सकेको छैन् । मुलुकमा बेरोजगारी समस्या रहदै आएको बेला कोभिड १९ का कारण झनै बेरोजगारी समस्या उत्पन्न भएको छ । 
    एकातिर बेराजगारी समस्या छदै छ भने अर्को तर्फ शैक्षिक  क्षेत्र झनै कमजोर भएको छ । बालबालिकाहरु तीन महिनासम्म विद्यालयमा पढ्न पाएका छैनन् भने अन्तिम परिक्षा दिनबाट समेत बञ्चित भएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएको तेश्रो महिना लागेको छ । तर, पठनपाठन हुने कुनै टुङ्गो लाग्न सकेको छैन् । यसरी बालबालिकाहरु घरमा पढ्न मान्दैनन् भने सिकेका कुराहरु समेत बिर्सन थालेका छन् । हुन त सरकारले ई–क्लासको व्यवस्था मिलाउन सरोकारवाला निकायसँग आग्रह गरेको छ । तर, नेपाल जस्तो गरिब मुलुकमा ई–क्लास लिनेको संख्या अत्यन्त न्युन छ । हुने खानेलाई त समस्या हुँदैन् । गरिब परिवारका बालबालिकाहरु कसरी ई–क्लास लिन सक्छन् ! कीन भने ई–क्लासका लागि कम्युटर र इन्टरनेटको आवश्यकता पर्दछ । 
    ग्रामिण भेगका बालबालिकाका लागि यो एउटा सपना जस्तै भएको छ । उनीहरुलाई दुई छाक टार्न धौ धौं हुन्छ भने विद्यालयको मासिक शुल्क तिर्न त्यतीकै समस्या हुने गरेको छ । यस्तो बेलामा कसरी उनीहरु शिक्षामा पहुँच पु¥याउन सक्छन् त ! तसर्थ यस्ता जटिल समस्या प्रति सरकार आजैदेखी गम्भिर भएर विकल्प खोज्न लाग्नु पर्दछ । होईन भने बेरोजगारीका साथ साथै शैक्षिक समस्या समेतले मुलुकमा ठूलो विकरालको रुप लिन सक्ने कुरामा दुई मत नहोला ।