नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन

नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन

Saturday, June 27, 2020

    राजविराज÷नागरिकता संशोधन विधेयक खारेजीको माँग गर्दै सप्तरीका महिलाहरु सडकमा उत्रिएका छन् । 
    जनता समाजवादी पार्टी निकट महिला संघको अगुवाइमा शनिबार राजविराजमा नागरिकता विधेयक बिरुद्ध सडकमा बिरोध प्रदर्शन गरिएको हो । 
    बिरोध प्रदर्शनको क्रममा महिलाहरुले बैबाहिक अंगिृकत नागरिकताको सात वर्षे प्रावधान खारेज गर, महिलासँगको विभेद अन्त्य गर, बेटीरोटीको सम्बन्ध बिगार्न पाइदैन्, मधेशीमाथीको अत्याचार बन्द गर लगायतका नारासहितको प्ले कार्ड लिएर बिरोध प्रदर्शन गरेका थिए । 
    बिरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी निकट महिला नेतृत्वहरु पुनम यादव, लक्ष्मी चौधरी, साधना झा, मन्जु साह, गिता यादव, रमिला साह, उषा साहलगायतले नागरिकता सम्बन्धी ल्याइएको संशोधन विधेयक मधेशीप्रतिको विभेदलाई उजागर गरेको आरोप लगाए । 
    विधेयक खारेज नगरिए आन्दोलनबाटै सरकारलाई विधेयक फिर्ता लिन बाध्य पार्ने महिलाहरुले चेतावनी समेत दिएका छन् ।