क्वारेन्टाइनबाट फरार भएकाहरुलाई खोज्दै प्रहरी

क्वारेन्टाइनबाट फरार भएकाहरुलाई खोज्दै प्रहरी

Saturday, June 27, 2020

    राजविराज÷कोरोना संक्रमण पुष्टि भएकै दिन क्वारेन्टाइनबाट भागेका एक यूवक र पिसिआर परिक्षण गर्न नभ्याउँदै भागेकी एक गर्भवती यूवतीलाई प्रहरीले हाल सम्म फेला पार्न सकेको छैन् । 
    सप्तरीको भारदहस्थित विपी स्मारक विद्यालयको क्वारेन्टाइन केन्द्रबाट गत मंगलबार साँझ पर्खाल नाघेर भागेका हनुमाननगर कंकालिनी नगरपालिका १ निवासी २४ वर्षिय संक्रमित यूवक शनिबारसम्म फेला पर्न नसकेको र खोजी कार्य जारि रहेको प्रहरीले जनाएको छ । 
    गत शुक्रबार राजविराजस्थित राजदेवी माविको क्वारेन्टाइनबाट भागेकी एक यूवती पनि हालसम्म फेला पर्न सकेको छैन् । राजविराज नगरपालिका २ की १६ वर्षिया ती यूवती दुई महिनाकी गर्भवती समेत छिन् । उनी पिसिआर परिक्षण रिपोर्ट कोरोना पोजेटिभ आएकै दिन उनी भागेका थिइन् । 
    पिसिआर परिक्षण गर्न नभ्याउँदै भागेकी ती यूवतीको घर र आफन्त कहाँ खोज्दा पनि फेला पार्न नसकिएको तथा खोजी कार्य जारि रहेको प्रहरीको भनाई छ । 
    सप्तरीका विभिन्न क्वारेन्टाइनबाट भागेका ३ संक्रमितसहित ४ जना मध्ये दुई जनालाई भने प्रहरीले नियन्त्रणमा लिई आइसोलेशन र सम्बन्धीत स्थानिय तहको क्वारेन्टाइनमा फर्काइसकेको छ ।