आइसोलेशन वेडको अभावमा सप्तरीमा एक दर्जन संक्रमित अझै क्वारेन्टाइनमै

आइसोलेशन वेडको अभावमा सप्तरीमा एक दर्जन संक्रमित अझै क्वारेन्टाइनमै

Saturday, June 27, 2020

    राजविराज÷सप्तरीमा दिनहुँ कोरोना संक्रमित थपिदै गएपछि जिल्लामा आइसोलेशन वेडको अभाव भएको छ । वेडको अभावमा १२ जना संक्रमितलाई भने अझैं सम्बन्धीत स्थानिय तहको क्वारेन्टाइनमै छुट्टै कोठामा राखिएको छ । 
    जिल्लाको एक मात्र आइसोलेशन कक्ष रहेको सदरमुकाम राजविराजस्थित साईकृष्णा अस्पतालमा १ सय ३ वटा मात्र आइसोलेशन वेड रहेको छ । जसकारण बाँकी रहेका १२ जना संक्रमितलाई अहिले क्वारेन्टाइनमै राख्नु परेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । 
    वेडको अभावमा संक्रमण पुष्टि भइसकेका छिन्नमस्ता र बलानबिहुल गाउँपालिकाका ५÷५ तथा तिरहुत गाउँपालिकाका २ जनालाई स्थानिय पालिककै क्वारेन्टाइनमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबारसम्ममा जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको छ । जसमध्ये ९३ जना डिस्चार्ज भई बाँकी १ सय १५ जना संक्रमित उपचारको क्रममा छन् ।