पार्कमा हरियाली प्रवद्र्धन र  सौन्दर्यकरणका लागि बृक्षारोपण

पार्कमा हरियाली प्रवद्र्धन र  सौन्दर्यकरणका लागि बृक्षारोपण

Sunday, June 28, 2020

दैनिक समाचारदाता
राजविराज, १४ असार ।  
    जिल्ला वन डिभिजन कार्यालयले राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस हाताभित्र २५ लाख रुँपैयाको लागतमा निर्माण गर्न लागिएको पार्कमा सौन्दर्यकरण तथा हरियाली प्रवद्र्धनका लागि विभिन्न प्रजातीको सयौं बिरुवा रोपेको छ । 
    राष्ट्रिय बृक्षारोपन दिवसको अवसर पारेर आइतबार वन कार्यालयले निर्माणाधिन अवस्थामा रहेको पार्कमा विभिन्न प्रजातीका २ सय ९० बिरुवा रोपिएको हो । 
    क्याम्पस प्रशासनले परिसरभित्र निःशुल्क जग्गा उपलब्ध गराएपछि डिभिजन वन कार्यालयको २५ लाखको लगानीमा हरियाली प्रवद्र्धन र सौन्दर्यकरणका लागि सुरु गरेको पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 
    सो पार्कभित्र राष्ट्रिय बृक्षारोपन दिवसको अवसर पारेर कल्की, कपुर, समी, बाइलोबा, हिभसक्ष, असारे फुल, कल्की फुल, तेजपत्ता लगायत विभिन्न जातका धार्मिक महत्व र सौन्दर्यपरक २ सय ९० बिरुवा रोपिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष झाले जानकारी दिए । 
    बृक्षारोपन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकर आचार्य, भिमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवर, क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्र, प्रहरी उपरिक्षक कृष्ण प्रसाई लगायतको पनि सहभागिता रहेको थियो । 
    यता न्युन वन क्षेत्र रहेको सप्तरीमा वन क्षेत्रको बिस्तारका लागि ५० हजार बिरुवा निःशुल्क बितरण कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएको छ ।