राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि

Thursday, September 19, 2019

 संविधान दिवसको अवसरमा देशभर तीन दिवसीय कार्यक्रम गरी मनाईरहदा प्रदेश २ का सत्तारुढ दल राजपा नेपालले संविधानप्रति असन्तुष्ट व्यक्त गर्दै कालो दिवसको रुपमा मनाउँदै छ ।  राजपा नेपाल केन्द्रिय समितिको निर्देशनमा असोज ३ लाई कालो दिवसको रुपमा मनाउनुका साथै ब्ल्याक आउटसहितको कार्यक्रमहरु तय गरिएको छ । ....

संविधान दिवसमा मल्टीपर्पसद्वारा  विरामीलाई फलफुल वितरण

Thursday, September 19, 2019

 पल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले संविधान दिवसको अवसर पारेर बिहीबार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालका विरामीहरुलाई फलफुल, विस्कुट र स्वच्छ खानेपानी वितरण गरेको छ । ....

जनतासँग सम्बन्ध अझ प्रगाढ बनाउँदै सेना 

Wednesday, September 18, 2019

 सेना र जनताबीचको सम्बन्ध अझ प्रगाढ बनाउन अहिले नेपाली सेना अघि बढेको छ ।  सधै अन्तराष्ट्रिय शान्ति स्थापना, प्राकृतिक सम्पदाको संरक्षण तथा राष्ट्रको विकास निर्माण लगायतका काममा खरिहने सेना केही समय निकालेर जनताबीच सम्बन्ध प्रगाढ गर्न लागि परेको हो । .....

भारततर्फ लैजान भण्डारण गरि  राखिएको पहेलो मटर बरामद

Wednesday, September 18, 2019

 सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ मल्हनियामा प्रहरीले छापामारी सोमबार ठूलो परिमाणमा पहेलो मटर बरामद गरेको छ । ...

बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 

Monday, September 16, 2019

 बाल दिवसको अवसरमा राजविराज नगरपालिकाले कुनै औपचारिक कार्यक्रम नगरेको भन्दै बालबालिकाहरुले आइतबार राजविराजमा बिरोध प्रदर्शन गर्नुका साथै राजविराज नगर प्रमुखलाई ज्ञापनपत्रसहित पाँच रुँपैयाको सहयोग प्रदान गरेको छ ।  बाल दिवसको अवसरमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी बाल मनाईरहँदा राजविराज नगरपालिकाले सो दिवसप्रति कुनै चासो नदिएकोले बालबालिकाहरुले सो बिरोध प्रदर्शन गरेका हुन् । .....

बाढीबाट जनधनको क्षति  हुन नदिन कृत्रिम अभ्यास 

Monday, September 16, 2019

 सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको हनुमाननगरस्थित कोशी तटबन्धमा आइतबार बाढीबाट जनधनको क्षति हुन नदिन कृत्रिम अभ्यास गरिएको छ ।    सो अभ्यासका क्रममा प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बिपतबाट जोगिन तथा जनधन क्षति हुन नदिनको लागी कृत्रिम अभ्यासले ठुलो सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका छन् ।  बिपत आउनु पूर्व बाढी प्रभावित क्षेत्रमा धेरै जनधनको क्षति हुन नदिनका लागि नगरको श्रोत साधन बमोजिम न्युनिकरण गर्न ठोस कार्ययोजना बनाएर क्लष्टरहरूलाई सक्रिय बनाउनुपर्ने बताए । ....

लागु औषधसहित भारतीय नागरिक पक्राउ

Monday, September 16, 2019

 सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १४ बोरीयाघाटबाट प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । ....

बाल दिवसको अवसरमा आँखा शिविर 

Monday, September 16, 2019

राष्ट्रिय बाल दिवसको अवसरमा सगरमाथा चौधरी आँखा अस्पताल लहान, आँखा उपचार केन्द्र राजबिराजले आँखा स्वास्थ शिबिरको आयोजना गरेको छ ।  राजबिराज वडा नम्वर ९ मलेठस्थित आइतबार आधारभुत बिद्यालय गढियाका बालबालिको आँखाको भिजनको चेक जाँच तथा उपचार गरिएको छ ।.....

पचास नमुना सामुदायिक आवास निर्माण कार्य अन्तिम चरणमा 

Friday, September 13, 2019

 सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा ५० वटा नमुना सामुदायिक आवास निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गरिब, असाय र अति बिपन्न परिवारको लागि ह्यावीट्याट फर ह्युमानिटी नेपाल र गाउँपालिकाको सहयोगमा महुली सामुदायिक बिकास केन्द्र बकधुवाले नमुना सामुदायिक आवास निर्माण कार्य थालेको हो ।....

दुर्घटनामा तीनको मृत्यु

Friday, September 13, 2019

 सप्तरीको कंचनरुप नगरपालिकास्थित छुट्टाछुट्टै सडकखण्डमा भएको सडक दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।  सप्तरीको कंचनरुप नगरपालिका ८ नन्दलाल चोकस्थित कंचनपुर फत्तेपुर सडकखण्डमा एक मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुई जनाको मृत्यु भएको छ । ....