तिलाठी कोइलाडीको प्रत्येक वडाका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गतालाई घरदैलोमै स्वास्थ्य उपचार 

Monday, November 19, 2018

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गताहरुलाई घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रमको सोमबारदेखी शुभारम्भ गरेको छ । सो गाउँपालिका वडा नं. ५ को. बरसाइनस्थित स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन पश्चात् सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।      स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र यादवले स्थानिय असक्त ७८ वर्षिया उम्दा ठाकुरको स्वास्थ्य परीक्षण गरी घरदैलो कार्यक्रमको शुरुवात गरे ।      यता उमेर र अशक्तताका कारण उपचारका लागी स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक तथा पुर्ण आपांगता भएका विरामीहरुले घरमै उपचार पाएपछि खुशी व्यक्त गरेका छन् । ....

हात्ति आक्रमणमा परि एक गम्भिर

Monday, November 19, 2018

कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको जंगली हात्तिको आक्रमबाट सोमबार एक ब्यक्ति गम्भिर घाइते भएका छन ।  घाइते हुनेमा सप्तरीको कंचनरुप नगरपालिका ८ बस्ने ३५ वर्षिय केदार साह रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।     साहले गाउँमा हात्ती आएको सुनेपछि हात्तिलाई धपाउन खोज्दा उनलाई हात्तीले आक्रमण गरेको स्थानियबासीले जनाएका छन् ।....

तत्कालिन माओवादी केन्द्रको भातृ संगठनका चार केन्द्रिय नेताद्वारा पार्टी परित्याग

Monday, November 19, 2018

    तत्कालिन नेकपा माओवादी केन्द्रको भातृ संगठनका चार केन्द्रिय नेताले गैर कम्युनिष्ट पार्टीसँग एकता गरि बनेको नेकपा भित्र सामन्ती विचार र सोचका कारण पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।      अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रिय सचिव तथा पूर्व केन्द्रिय महाधिवेशन समिति सदस्य छेदी यादव (रंजित), महासंघकै केन्द्रिय सदस्य राजाराम यादव, बिन्देश्वर यादव र वाइसिएल केन्द्रिय सदस्य अरुण कुमार यादवले सोमबार एक संयुक्त विज्ञप्ति जारि गर्दै पार्टी परित्याग गरेको जनाएका छन् । ....

विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 

Sunday, November 18, 2018

    सप्तरी जिल्ला अदालत राजविराजले विभिन्न मुद्दामा हाल सम्म २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद भुक्तानी गर्न बाँकी रहेको जानकारी दिएको छ ।      जिल्ला अदालत राजविराजले आइतबार फैसला कार्यान्वयन वर्ष घोषणा कार्यक्रम आयोजना गरि सो जानकारी दिएको हो ।       अदालतका श्रेस्तेदार दिल कुमार वर्देवा घोषणा कार्यक्रममा आ.ब. २०७५÷७६ सम्ममा २ लाख ५ हजार १ सय ८१ रुँपैया ७५ पैसा जरिवाना फर्छौैट भएको बताउँदै ४ करोड ७६ लाख १२ हजार ९ सय ५८ रुँपैया ६२ पैसा जरिवाना बाँकी रहेको जानकारी दिए ।      त्यस्तै सोही आ.ब.मा कैद लगत २ हजार ६ सय ६३ बर्ष २ महिना ७ दिन रहेको तथा १ सय ५० बर्ष १२ दिन फर्छौट भएको जानकारी दिँदै २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी रहेको जनाइएको छ । ....

गाँजाका बोटहरु फडानी गर्दै नष्ट

Sunday, November 18, 2018

 राजविराज÷ईलाका प्रहरी कार्यालय कंचनपुरले २ सय ८० गाँजाका बोटहरु फडानी गरि नष्ट गरेको छ ।      प्रहरीले कंचनरुप नगरपालिका वडा नं. ६ स्थित घोघनपुरस्थित स्थानियहरुले घरमा लगाएका अबैध २ सय ८० गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको जनाएको छ ।     यसअघि पनि सप्तरी प्रहरीले गाँजाका बोटहरु फडानी गरि नष्ट गरेको थियो ।....

पानी तान्ने मोटर चलाउने क्रममा  करेन्ट लागेर महिलाको मृत्यु

Friday, November 16, 2018

पानी तान्ने मोटर चलाउने क्रममा एक महिलाको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ ।      राजबिराज नगरपालिका वडा नं. ११ बस्ने शत्रुहन यादबकी ३० वर्षिया श्रीमती रेखा यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।      घरमा पानी तान्ने मोटर चलाउने क्रममा अचानक करेन्ट लागि घाईते भएकी यादवको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ...

चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं ः प्रमुख निर्वाचन आयुक्त

Friday, November 16, 2018

 प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले चार वर्षपछि हुने आवाधिक निर्वाचनको मिति अहिले नै घोषणा गरेर चुनावको तयारी थाल्नु पर्ने बताएका छन् ।  एक सय २० दिनको समय राखेर चुनावको मिति घोषणा गर्दा चुनावको तयारी गर्न नभ्याइने र विगतमा हतारो भएको उनको गुनासो छ ।     गतवर्ष भएको संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको जियोक, नियोक र संकल्प नामक संस्थाले तयार पारेको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख आयुक्त यादवले निर्वाचनको मिति अहिलेनै घोषणा गरेर जानु उपयुक्त हुने बताएका हुन् । निर्वाचन सम्पन्न भएको मितिदेखि नै अर्को निर्वाचनको तयारी शुरु गर्नुपर्ने यादवको भनाइ छ ।....

मधेसीहरु देशका नागरिकनै नरहेको जस्ता  आरोप लगाउनु दुःखको विषय ः अध्यक्ष ठाकुर

Thursday, November 15, 2018

    राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले विदेशी राजदूतहरुले मधेशको समस्याबारे कुराकानी गर्दा प्रधानमन्त्रीले मधेसीहरु यो देशका नागरिकनै नरहेको जस्ता आरोप लगाउनु दुःखको विषय भएको बताएका छन् ।       महोत्तरीको जलेश्वरमा नवनिर्मित शालिक वाटिकामा बिहीबार माल्यार्पण गर्ने क्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै सो दुःखेको पोखेका हुन् ।      तेश्रो मधेस आन्दोलनमा मरिएकाहरुको शालिक अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले राष्ट्रवाद र सैन्यवाद एकसाथ अघि बढेमा त्यो खतरनाक र गम्भीर हुने बताए ।.....

उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न 

Wednesday, November 14, 2018

धार्मिक सहिषुणता र आपसी सुद्भावका लागि प्रसिद्ध लोकआस्थाको महापर्व छठ बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको छ ।      ब्रतालुहरुले बुधबार बिहान उदाउँदै सूर्यलाई अर्घ दिएपछि चार दिने पर्व सम्पन्न भएको हो ।      यसअघि मंगलबार साँझ षष्ठी तिथिका दिन ब्रतालुहरुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए ।      यसअघि आइतबार पर्वको पहिलो दिन नुहाई खुवाई, सोमबार साँझ ‘खरना’ विधि सम्पन्न गरेर तेश्रो र चौथो दिन अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिए । खरनाकै दिनदेखी ब्रतालुहरुले निराहार ब्रत थालेका हुन् । ...

राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा

Tuesday, November 13, 2018

राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले महाधिवेशन प्रयोजनका लागि गठन गरेको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यहरुले राजिनामा दिएका छन् ।      सो पार्टीका १४ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीका जिल्ला संयोजक रामप्रित यादवले महाधिवेशन प्रयोजनका लागि सदस्यता बिस्तार गर्न प्रतिनिधि सभाको चार वटै क्षेत्रमा सात सदस्यीय समिति गठन गर्ने निर्णय दुशित मन्साय तथा केन्द्रको निर्देशन विपरीत गरेको आरोप लगाइएको छ । ....