मुस्लिम संघको भेला आधिकारीक होइन् ः जिल्ला अध्यक्ष, भेला केन्द्रिय समितिको समन्वयमा हुँदै ः केन्द्रिय सचिव

Monday, September 10, 2018

दैनिक समाचारदाता राजविराज, २४ भदौं । नेपाली काँग्रेस निकट नेपाल मुस्लिम संघ सप्तरीले भदौं २५ गते क्षेत्र नं. ३ स्थित कुशहामा सोमबार हुने भनिएको भेला बारे कुनै परामर्श नगरि गर्न लागिएकोमा आपत्ति जनाएको छ ।....

वर्षाले घर भत्किएर बिचल्लिमा परेका अपाङ्गलाई राहत प्रदान

Sunday, September 09, 2018

राजविराज÷बर्षाको पानीले घर भत्केर बिचल्लीमा परेका एक विपन्न अपाङ्ग व्यक्तिलाई शनिबार धर्मी हल्फा महिला विकास क्लबले राहत प्रदान गरेको छ । सप्तरीको राजगढ गाउँपालिका ३ नर्घोका अति बिपन्न अपाङ्ग दिलिप कुमार मण्डललाई सो राहत प्रदान गरिएको हो । ....

उद्योगहरुबाट ६४ लाख बढी बक्यौता असुल गर्न बाँकी

Sunday, September 09, 2018

राजविराज÷प्रदेश नं. २ को एक मात्र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा बन्द, खारेज र संचालनमा रहेका विभिन्न उद्योगहरुबाट २०७५ असार मसान्त सम्ममा ६४ लाख ३९ हजार २ सय ९६ रुँपैया ८४ पैसा बक्यौता असुल गर्न बाँकी रहेको छ । सप्तरीको रुपनी गाउँपालिका ५ बसबिट्टीमा अवस्थित यस औद्योगिक क्षेत्रमा स्थापनाकालदेखी हालसम्म १८ वटा उद्योगहरुबाट सो रकम उसुल गर्न बाँकी रहेको कार्यालयका प्रमुख दिपक आचार्यले जानकारी दिएका छन् । ....

संविधान दिवसमा सहभागि हुन्नौं, बहिष्कार गर्छौं ः महासचिव सुमन, “अस्पतालको नाम परिवर्तन गर्नु दिवा स्वप्न”

Saturday, September 08, 2018

दैनिक समाचारदाता राजविराज, २२ भदौं । राजपा महासचिव एवं प्रदेश २ का सांसद मनिष कुमार सुमनले असोज ३ गते संविधान दिवसमा सहभागि नहुने भन्दै बहिष्कार गर्ने बताएका छन् । तर, सो दिन पार्टीका तर्फबाट कुनै बिरोधका कार्यक्रम समेत नहुने उनले स्पष्ट पारे । दैनिकसँगको कुराकानीमा महासचिव सुमनले भने, “जुन विषयलाई लिएर ६ महिनासम्म ऐतिहासिक आन्दोलन भयो, दर्जनौं मधेशी सपुतले बलिदनी दिए, सयौं व्यक्ति घाइते भए तर, अवस्था ज्यूको त्युँ छ, त्यसैले राजपाले असोज ३ गते संविधान दिवसमा सहभागिता जनाउँदैन पनि अन्य कुनै बिरोधका कार्यक्रम पनि गर्दैन्, तर, संविधान दिवसलाई बहिष्कार गर्छ ।” ...

औद्योगिक क्षेत्रलाई उद्योगबिहीन बनाउने कार्य केन्द्रिय सरकारबाट पनि भयो ः उद्योग मन्त्री राय

Friday, September 07, 2018

दैनिक समाचारदाता राजविराज, २१ भदौं । प्रदेश नं. २ का उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायले प्रदेश नं. २ कै एक मात्र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रलाई संचालन गर्ने अभिभारा अब प्रदेश सरकारमाथी आइपरेको बताएका छन् । ....

३ हजार ४ सय बोईलर कुखुराको चल्ला बरामद

Thursday, September 06, 2018

दैनिक समाचारदाता राजविराज, २० भदौं । सप्तरीको बलान बिहुल गाउँपालिका ३ टिकुलियामा भारतबाट नेपाल तर्फ अबैध रुपमा भित्रियाईएको ३ हजार ४ सय बोईलर कुखुराको चल्ला प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मौवाहा मल्हनियाबाट गस्ती खटेको प्रहरी टोलिले मंगलबार राती ती कुखुराको चल्ला बरामद गरेको हो । ....

औद्योगिक क्षेत्रमा बन्द दुई उद्योगको सम्झौता खारेज, खारेज उद्योगको २० लाख बढी बक्यौता तिर्न बाँकी

Thursday, September 06, 2018

दैनिक समाचारदाता राजविराज, २० भदौं । सप्तरीको रुपनी गाउँपालिका ५ बसबिटीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विगत २० वर्षदेखी स्थान ओगटेर बन्द अवस्थामा रहेका दुई उद्योगलाई बुधबार सम्झौता खारेज गरि कारवाही गरिएको छ ।....

सीमा रक्षक यादवलाई “जनसेवा श्री”

Wednesday, September 05, 2018

दैनिक समाचारदाता राजविराज, १९ भदौं । सीमा रक्षकको नामले परिचित सप्तरीका देवनारायण यादव नेपाल सरकारले प्रदान गरेको जनसेवा श्रीबाट सम्मानित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७४ सालको गणतन्त्र दिवसका दिन विभूषण प्रदान गर्न घोषणा भए बमोजिम मंगलबार उनलाई सो विभूषणबाट सम्मानित भएका हुन् । ....

उद्योग वाणिज्य संघले मन्त्री खतिवडालाई १० वुँदे अवधारणा पत्र बुझायो

Tuesday, September 04, 2018

दैनिक समाचारदाता राजविराज, १८ भदौं । सप्तरी उद्योग वाणिज्य संघले अर्थमन्त्री डा. युवराज खतिवडालाई १० वुँदे अवधारणा पत्र वुझाएको छ । बाणिज्य संघले सोमबार राजविराजमा उनको सम्मानमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा संघका अध्यक्ष अरुण प्रधानले जिल्लाको समग्र विकास तथा कर सम्वन्धि विषयलाई समेटी तयार पारिएको १० वुदे अवधारणा पत्र वुझाएका हुन् ।.....

सबै थोकमा कर लगाएको “फेसबुके” हल्ला मात्र ः अर्थमन्त्री डा. खतिवडा

Tuesday, September 04, 2018

दैनिक समाचारदाता राजविराज, १८ भदौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सबै थोकमा कर लगाएको भन्ने कुरालाई फेसबुके हल्ला मात्र भएको बताएका छन् । उनले थोरै कर लगाउँदा पनि धेरै करको दर बढाएको भनेर फेसबुकमा निराधार हल्ला चलाइएको कुरालाई खण्डन गरेका छन् ।....