“छठ पर्व” साझा पर्वको रुपमा मनाइदै, आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 

Monday, November 12, 2018

हरेक वर्ष दशैं, दिपावली लगत्तै छठ पर्व मनाइन्छ । सुरुमा तराइवासीहरूले मात्र मनाउने छठ पर्व हिजोआज अन्य जातजाति एवं राजधानी लगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएपछि यस पर्वलाई साझा पर्वको रुपमा मनाउन थालिएको हो ।      विगतमा केही सिमित क्षेत्रमा मनाइए पनि अहिले यो पर्व सम्भवत् मुलुकको सम्पूर्ण भु–भागमा मनाइन्छ । कीन नहोस् छठ पर्व यस्तो पर्व हो जसमा “सूर्य” देवताको मात्र पूजा गरिन्छ । सूर्यले जसरी एकै साथ संसार भरी प्रकाश दिन्छ त्यसरी नै छठी माता पनि सबैको साझा र प्रिय बन्न पुगेकी छिन् । यति मात्र नभएर साझा पर्व छठले आपसी भाईचारा, सद्भाव एक आपसमा प्रेम र विभिन्न जातजातीलाई एकै थलोमा उभ्याउन सफल भएको छ । .....

बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु

Monday, November 12, 2018

 सप्तरीको बलान बिहुल गाउँपालिकास्थित ६ वटा वडाको २४ टोल मध्ये १६ वटा टोलमा पूर्ण रुपले विद्युतीकरण कार्य सम्पन्न भएको छ ।      सो गाउँपालिकामा जनप्रतिनिधि आउनु अघि ४ टोलमा विद्युतीकरण भएको थियो भने एक हप्ता अघि ४ वटा टोलमा विद्युतीकरण गर्ने कार्य सम्पन्न भई विद्युत सूचारु भएको गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिएका छन् ।      वडा नं. १ को कमलदाहा र झिझाह टोल तथा वडा नं. २ को चन्ही र पथराहा टोलमा विद्युतीकरण सम्पन्न भएको छ । ती टोलहरुमा एक साताको निरन्तर प्रयास पश्चात् विद्युत सूचारु भएको छ । ....

राजनीतिक दलहरुबीच मेलमिलाप र एकता  आवश्यक ः नेकपा प्रदेश इन्चार्ज मण्डल

Sunday, November 11, 2018

 नेकपा सप्तरीले बिजया दशमी, दिपावली एवं छठ पर्वको अवसरमा आइतबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।     राजविराजस्थित जिल्ला पार्टी कार्यालय मदननगरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपाका प्रदेश नं. २ इन्चार्ज सत्यनारायण मण्डलले राजनीतिक दलहरुबीच मेलमिलाप र एकता आवश्यक रहेको बताएका छन् ।      पूर्व केन्द्रिय खेलकुद मन्त्री समेत रहेका इन्चार्ज मण्डलले सबै दल मिलेर ल्याएको परिवर्तनलाई संस्थागत बनाउन सम्पूर्ण दलरुबीच राजनैतिक एकता रहेमात्र सुखी नेपाली र समृद्ध नेपालको यात्रा सहज हुने जिकिर गरे । ....

संघीयता कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी  प्रदेश सरकारकै काँधमा ः मन्त्री साह  

Sunday, November 11, 2018

 प्रदेश नं. २ का भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले संघीयता कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी प्रदेश सरकारकै काँधमा आएको वताएका छन ।      संघीय समाजवादी फोरम नेपाल डाक्नेश्वारी नगरपालिकाद्वारा सप्तरीको पथरगाढामा छठ पर्वको अवसरमा आयोजित शुभकामाना आदान प्रदान तथा चियापान समारोहलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।....

सेना, प्रहरी, जनप्रतिनिधि र  स्थानियले जलाशय सरसफाई गरे  

Sunday, November 11, 2018

 नेपाली सेना, प्रहरी, जनप्रतिनिधि र स्थानिय बासीले छठ पर्वको अवसरमा आइतबार राजविराज नगरक्षेत्रका विभिन्न जलाशयहरुको सरसफाई गरेका छन् ।      भिमदल गण, शसस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानियवासी मिलेर आईतबार राजविराजस्थित भगवती पोखरी, कल्टुदास पोखरी, तुरन्ती पोखरी र पुर्णी पोखरीको सरसफाई गरेका हुन् । 

अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता शुरु

Saturday, November 10, 2018

राजविराज÷सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ स्थित लोनियामा शनिबारदेखि अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ ।      शनिबारको उदघाटनको खेलमा पर्साको सुनिल साहले भारत मध्य प्रदेशका रविन्द्र कानुलाई पाखा लगाए भने दोस्रो खेलमा भारत जम्मुका निसारले भारतकै हरियाणाका सुरेन्द्र पाललाई पराजित गरे । ...

छठ पर्व आजबाट विधिवत् सुरु

Saturday, November 10, 2018

राजविराज÷दशैं, दिपावली लगत्तै मनाउने साझा पर्वको रुपमा छुट्टै पहिचान बनाएको छठ आज (आइतबार) देखि विधिवत रुपमा सुरु भएको छ । सूर्यको     आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वासका साथ यो पर्व चार दिनसम्म मनाउने गरिन्छ ।      चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको सूर्यलाई र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ ।     मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।     सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।....

गुडिरहेको सरकारी मोटरसाइकलमा आगलागि

Tuesday, November 06, 2018

    सप्तरी सदरमुकाम राजविराज ८ स्थित रुपनी सडक खण्डमा मंगलबार दिउँसो ४ बजे गुडिरहेको एक सरकारी मोटरसाइकलमा अचानक आगलागि भएको छ । ....

गुडिरहेको मोटरसाइकलमा आगलागि

Tuesday, November 06, 2018

सप्तरी सदरमुकाम राजविराज ८ स्थित रुपनी सडक खण्डमा मंगलबार दिउँसो ४ बजे गुडिरहेको एक सरकारी मोटरसाइकलमा आगलागि भएको छ ।      जिल्लाको विष्णुपुर गाउँपालिकाको नाममा रहेको स.१.ब. ८८२ नम्बरको मोटरसाइकल गुडिरहँदा आफै आगलागि भएको प्रत्यक्षदर्शीले बताएका छन् । हेर्नुहोस् भिडियो...

मदिरा पसल बेलुका ८ बजे, होटल र पान पसल ९ बजेसम्म मात्र संचालन गर्न पाउने

Monday, November 05, 2018

    लागुऔषध तथा मदिरा दुरुपयोगको नियन्त्रण र व्यवस्थापनका लागि सर्वदलिय सर्वपक्षिय बैठकले ६ बुँदे निर्णय गरेको छ । ....