फोरमका अध्यक्षले राजीनामा दिएपछि कार्यभारमा उपाध्यक्षमा

Thursday, January 16, 2014

दैनिक संवाददाता राजविराज, १ माघ । मधेशी जनअधिकार फोरम नेपाल सप्तरीका अध्यक्ष मो. युसुफ अलीले आफ्नो पदबाट राजीनामा दिइसकेकाले पार्टीको सम्पुर्ण जिम्मेवारी पार्टीका जिल्ला उपाध्यक्ष दिनेश कुमार यादवले सम्हालेको सो पार्टीले जनाएको छ । ...

चिसोबाट बच्न क्रिष्टियन सेवाद्वारा कम्बल बितरण

Thursday, January 16, 2014

दैनिक संवाददाता राजविराज, १ माघ । चिसोबाट बच्नका लागि नेपाल क्रिष्टियन राहत सेवाले बुधबार सप्तरीको विभिन्न गाविसका विपन्न परिवारलाई एक कार्यक्रमबीच कम्बल वितरण गरेको छ । सदरमुकाम राजविराजसहित जिल्लाको दौलतपुर, मधुपट्टी र जमुनी मधेपुरा गाविसका विपन्न, साधु सन्तहरुलाई १ सय ७० थान कम्बल बितरण गरेको क्रिष्टियन सेवाले जनाएको छ । ...

सप्तरीमा मधेशी मोर्चा गठन मोर्चाको संयोजकमा युसुफ

Wednesday, January 15, 2014

दैनिक संवाददाता राजविराज, ३० पुस । सप्तरीमा क्रियाशील बिभिन्न मधेशबादी दलहरुको मंगलवार राजविराजमा बसेको संयुक्त बैठकले मधेशी मोर्चा सप्तरी गठन गर्ने निर्णय गरेको छ । मधेशी जनअधिकार फोरम नेपालका जिल्ला अध्यक्ष मो. युसुफ अलीको संयोजकत्वमा गठित मोर्चाको सदस्य सचिवमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक सप्तरीका सचिव भोगेन्द्र चौधरीलाई चयन गरेको छ । ...

राजविराज नगरपालिकाको बजेट ८ करोड ३७ लाख ५९ हजार ५ सय रुपैया“

Wednesday, January 15, 2014

दैनिक संवाददाता राजविराज, ३० पुस । आगमी आर्थिक बर्ष २०७१÷०७२ का लागि राजविराज नगरपालिकाले रु. ८ करोड ३७ लाख ५९ हजार ५ सयको बजेट प्रस्तुत गरेको छ । राजविराज नगरपालिकाको मंगलवार १७ औं नगरपरिषद्मा नगरपालिकाका प्रमुख बिष्णु प्रसाद गुरुङले आगमी आर्थिक बर्ष २०७१÷०७२ का लागि पुँजीगत आयतर्फ रु. ५ करोड ३० लाख ३९ हजार र चालु आयतर्फ रु. ३ करोड ७ लाख २० हजार गरी कुल रु. ८ करोड ३७ लाख ५९ हजार ५ सयको अनुमानित बजेट प्रस्तुत गर्नुभयो ।...

राजनीतिक दलका प्रमुखहरुको बैठकद्वारा आठ बु“दे निर्णय

Tuesday, January 14, 2014

दैनिक संवाददाता राजविराज, २९ पुस । सप्तरीमा क्रियाशील बिभिन्न राजनीतिक दलका प्रमुखहरुको सोमवार राजविराजमा सम्पन्न बैठकले जिल्लाको समग्र बिकास निर्माण कार्यको लागि सबै राजनीतिक दलहरु एकमत भएर अघि बढ्ने लगायतका आठ बुद्दे निर्णय गरेको छ ।...

आमाबाबुको दुर्घटनामा मृत्यु भएपछि सात सन्तान विचल्लीमा ५ वर्षिय टुहुरो छोरा किरियामा

Tuesday, January 14, 2014

नवीनकुमार गुप्ता राजविराज, २९ पुस । दुर्घटनामा आमा बुबाको मृत्यु भएपछि सातजना छोराछोरी विचल्लीमा परेका छन् । सप्तरीको रायपुर गाविस ६ निवासी ३२ वर्षिय राजकुमार यादव र उनकी २५ वर्षिया श्रीमती शिलादेवी यादवको यही पुस २० गते मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि सात जना सन्तानहरु विचल्लीमा परेका हुन् । ...

इन्सपेक्टर र सईमाथि कार्वाही गर्न तीन संस्थाको माग

Monday, January 13, 2014

दैनिक संवाददाता राजविराज, २८ पुस । प्रेस चँैतारी तथा नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य, मैथिली साहित्य परिषद्का उपाध्यक्ष र राजविराज जेसीजका पूर्वअध्यक्ष सतिश दत्तलाई प्रहरीले नियन्त्रणमा लिई गरेको दुरब्यवहार प्रति तीन संस्थाले खेद व्यक्त गर्दै दोषि प्रहरीमाथि कारवाहीको माग गरेको छ । ...

स्व. उमा सिंह र लोकेन्द्र स्मृति पुरस्कारबाट विश्वास र शर्मा सम्मानित

Sunday, January 12, 2014

राजविराज÷सप्तरीका दुई जना पत्रकार सम्मानित भएका छन् । उमा सिंह पत्रकारिता पुरस्कारबाट कान्तिपुर टिभिका सप्तरी समाचारदाता आर.एन. विश्वास सम्मानित भएका छन् भने स्वर्गीय पत्रकार लोकेन्द्र बुढाथोकी स्मृति पत्रकारिता पुरस्कारबाट कमाण्डर पोष्ट दैनिकका सप्तरी समाचारदाता दिनेश शर्मा सम्मानित भएका छन् ।...

कोचिङ्ग सेन्टरले पनि स्विकृति लिनुपर्छ ः जिशिअ भण्डारी

Sunday, January 12, 2014

राजविराज÷जिल्ला शिक्षा कार्यालय सप्तरीले जिल्लाका १ सय ५० विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेको जानकारी दिएको छ । जिल्ला शिक्षा कार्यालय सप्तरीले शनिबार विद्यालय शान्ति क्षेत्र घोषणा भएको बारे आयोजना गरेको संचारकर्मीसँगको अन्तरक्रिया सो जानकारी दिएको हो ।...

लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार शर्मालाई प्रदान

Saturday, January 11, 2014

दैनिक संवाददाता राजविराज, २६ पुस । स्वर्गीय पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृतिमा स्थापित लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार यसबर्ष पत्रकार दिनेश शर्मालाई प्रदान गरिएको छ ।...