६ सय ३ थान विभिन्न लागुऔषधसहित पंचदेव पक्राउ

Monday, September 02, 2019

 सप्तरी सदरमुकाम राजविराजबाट प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा राजविराज वडा नं. २ घर भएका ४८ वर्षिय पंचदेव यादव रहेका छन् । प्रहरीले राजदेवी चौकमा आइतबार साँझ चेकजाँच गर्ने क्रममा ६ सय ३ थान विभिन्न प्रकारका लागुऔषधसहित उनलाई पक्राउ गरेको हो । ....

एक सय ३५ विपन्न छोरीलाई साइकल

Monday, September 02, 2019

 बेटी बचाऊ बेटी पढाऔं अभियान अन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका स्थित श्री महाविर उच्च माविका छात्राहरुलाई सोमबार प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले साइकल वितरण गरेका छन् ।  विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच मन्त्री साहले कक्षा ८ मा पढ्ने १ सय ३५ जना विपन्न छात्रालाई साइकल वितरण गरेका हुन् ।....

एक सय ५२ छात्रालाई साइकल बितरण

Monday, September 02, 2019

   “बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तरगत सप्तरीका दुई विद्यालयका छात्राहरुलाई आइतबार एक कार्यक्रमबीच साइकल बितरण गरिएको छ ।  जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका दुई विद्यालयका १ सय ५२ छात्राहरुलाई प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सो साइकल बितरण गरेका हुन् । .....

आज तिज र चौठचन्द्र एकैसाथ मनाइदै

Monday, September 02, 2019

 सोमबार एकै दिन तिज र चौठचन्द्र पर्व परेकोले अहिले तराईको जिल्लाहरुमा महिलाहरु पर्व मनाउन सम्पूर्ण तयारी गरेका छन् ।  तराईका धनुषा महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिरहा, सप्तरी लगायतका जिल्लामा निष्ठा पुर्वक मनाईने यो पर्वमा परिवारको कल्याण र धन धान्यका लागी चौठचन्द्रको पुजा गरिन्छ । ....

कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता

Sunday, September 01, 2019

राजविराज÷कोशी पीडितहरुले गत साउन ३२ गतेदेखी सुरु गरेको रिले अनशन शनिबार १५ दिन पुगेको छ । सो अवसरमा उनीहरुको समस्या बारे नेपाल तथा भारतका संचारकर्मीहरुले महत्वका साथ कलम चलाउने प्रतिबद्घता व्यक्त गरेका छन् । सुनसरी र सप्तरीको सिमाबर्तीस्थल कोशी ब्यारेज कन्ट्रोल रुम नजिकै अनसनमा बसेका कोशी पीडितको अवस्था बुभ्mन शनिबार त्यहा पुगेको दुवै देशका संचारकर्मीहरुले सो प्रतिबद्घता व्यक्त गरेका हुन । .....

कंचन यादव मृत्यु प्रकरण, सिआईबीबाट घटनाको छानबिन गर्न पीडित परिवारको माग

Friday, August 30, 2019

 सप्तरीको डाक्नेश्वरी नगरपालिका १ की २७ वर्षिया कंचनकुमारी यादवको हत्या भएको झण्डै एक महिना पुग्नै लाग्दा हालसम्म उनका परिवारले न्याय पाउन सकेको छैन् । आत्महत्या गरेको भनिएकी कंचनका परिवारजनले न्यायका लागि सरोकारवालासँग आग्रह गर्दै सिआईबीबाट सो घटनाको छानबिन गर्न माग समेत गरेका छन् ।....

तालाबन्दी गरिएको ढोका अगाडी मैनबत्ति प्रज्वलन

Friday, August 30, 2019

 राष्ट्रिय खेलकुद परिषद्को ५६ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार साँझ राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा मैनबत्ति प्रज्वलन गरिएको छ ।  यद्दपी समितिको कार्यालयको मूल ढोकामै तालाबन्दी गरिएपनि तालाबन्दी गरिएको ढोका अगाडी नै मैनबत्ति प्रज्वलन गरिएको हो । ....

सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला

Friday, August 30, 2019

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ गिदखोरास्थित खाल्डोमा माछा मार्ने क्रममा बुधबार एक अजिङ्गर फेला परेको छ । ....

स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले  बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै 

Friday, August 30, 2019

जिल्ला समन्वय समिति सप्तरीद्वारा आयोजित बार्षिक समीक्षा गोष्ठीमा विभिन्न स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले बार्षिक प्रगति बिवरण प्रस्तुत गरेको छ । बिहीबार जिल्ला समन्वय समितिको सभा हलमा आयोजित २०७५÷७६ को वार्षिक प्रगती समिक्षा गोष्ठीमा ती स्थानिय निकाय तथा कार्यालयहरुले प्रगती विवरण प्रस्तुत गरेका हुन् ।....

विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी पसलको विद्युतीय उपकरण नियन्त्रणमा

Wednesday, August 28, 2019

   विद्युत प्राधिकरणले बिद्युत चुहावट नियन्त्रणका लागि आफ्नो प्रयासलाई निरन्तरता दिएको छ । यसैबीच प्राधिकरणले विद्युत चोरी गरि उपभोग गरिरहेका राजविराजको मुख्य सडकको एक होटल तथा एक फोटोकपी पसलमा बुधबार छड्के गरि विभिन्न विद्युतीय उपकरणहरु नियन्त्रणमा लिएको छ । ....