राजपा सप्तरीको संयोजकमा सिंह चयन

Wednesday, December 26, 2018

 राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीको संयोजक मंगलबारको मितिले दुई महिनाका लागि परिवर्तन भएको छ । ....

अस्थायी शिक्षकको सुनिश्चिताको माँग गर्दै दुई दिने शैक्षिक हड्ताल

Wednesday, December 26, 2018

 अस्थायी शिक्षकहरुलाई विस्थापित हुन नदिन र उनीहरुको माँगमा नेपाल शिक्षक संघ सप्तरीले एक्यबद्धता जनाउँदै दुई दिने शैक्षिक हड्तालको घोषणा गरेको छ ।   संघका सचिव विश्वनाथ भदेसवार यादवद्वारा मंगलबार जारि विज्ञप्तिमा पुस ७ गते प्रदेश २ का शिक्षक पेशागत संघ, संगठन लगायतका संस्थाहरुको भेलाले पुस ११ र १२ गते शैक्षिक हड्तालको घोषणा गरिएको जनाइएको छ । ....

अग्निपीडित सरदारलाई गाउँपालिकाद्वारा राहत प्रदान

Wednesday, December 26, 2018

 सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ तेरहौतामा आगलागि हुँदा चार लाख बराबरको क्षति भएको छ । स्थानिय कारी सरदारको घरमा एक्कसी आगलागी हुँदा घरमा रहेको धान, चामल, लत्ता कपडा लगायत समेत गरी ४ लाख बरारको क्षति भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् । ....

शितलहर, आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत  गराउन प्रहरीले चलायो सप्ताव्यापी अभियान

Monday, December 24, 2018

 प्राकृतिक प्रकोप शितलहर र आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत गराउने उद्देश्यले सोमबारदेखी क्षति न्युनिकरण राजविराजमा प्रहरीले सप्ताहव्यापि सचेतना अभियान सुरु गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीको संयुक्त आयोजनामा राजविराजस्थित गजेन्द्र चौकमा एक कार्यक्रमको आयोजना गरी सो सचेतना अभियानको सुरुवात गरिएको हो ।      अभियानको सुरुवात गर्दै सप्तरी प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले सवारी दुर्घटना, आगलागी, शितलहर तथा अपराध नियन्त्रणका बारेमा विभिन्न सवारी चालक, सहचालक तथा जनतालाई सडक सभ्यता र सामुदायिक सुरक्षालाई अभिवृद्घि गर्न प्रहरीले थालिएको अभियानलाई सार्थक बनाउन सवैको सहयोग आवश्यक रहेको बताए । ....

हात्तीका कारण घरबारबिहीन  चौधरीलाई राहत प्रदान

Monday, December 24, 2018

जंगली हात्तीका कारण घरवारविहीन भएका सप्तरीको रुपनी गाउँपालिकाका हात्ती पीडितलाई एक सामाजिक संस्थाले सहयोग प्रदान गरेको छ ।  धर्मी हल्फा महिला विकास क्लवले सो गाउँपालिकास्थित जगमोहन गाउँको हात्ती पीडित हहुरी चौधरीको परिवारलाई राहतस्वरूप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, ग्लास, कराही, डेक्ची र पन्यु प्रदान गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिएका छन् । ....

तीन महिना भित्रै सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण हुने

Sunday, December 23, 2018

सप्तरीमा तीन महिना भित्रै राष्ट्रिय परिचयपत्र बितरण हुने भएको छ ।  राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभागले जिल्लाका स्थानिय तहका जनप्रतिनिधिहरुसँग आइतबार राजविराजमा सम्पन्न गरेको अन्तरक्रियामा सो जानकारी दिइएको हो ।      आयोजित अन्तरक्रियामा राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभागका निर्देशक चोमेन्द्र न्यौपानेले प्रदेश नं. २ को सप्तरी र महोत्तरीसहित देशको १५ वटा जिल्लामा ब्यक्तिगत बिवरण सहितको चिप्स कार्ड अर्थात राष्ट्रिय परिचय पत्र बितरण गर्ने जानकारी दिए ।....

लागुऔषधसहित तीन पक्राउ

Sunday, December 23, 2018

 सप्तरी सदरमुकाम राजबिराज वडा नं. ४ मा प्रहरीले तीन यूवकलाई लागु औषधसहित पक्राउ गरेको छ ।  प्रहरीको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ निवासी २० वर्षिय मोहमद इसराइल, १९ वर्षिय करण यादव र बागलुङ जिल्ला कोढेखोला गाउँपालिका ३ निवासी २१ वर्षिय निलसु मगरलाई पक्राउ गरेको जनाएको छ । ...

प्रहरीद्वारा गाँजा फडानी गरी नष्ट 

Sunday, December 23, 2018

 सप्तरी प्रहरीले तीन हजार गाँजाको बोटहरु फडानी गरि नष्ट गरेको छ । ....

लागुऔषध मुद्दामा फरार दास हतियारसहित पक्राउ

Sunday, December 23, 2018

लागु औषध मुद्दामा फरार एक व्यक्तिलाई ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीले एक थान चाइनिज पेस्तोलसहित पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंबाट लागूऔषध मुद्दामा फरार सप्तरीको बोदेबर्साईन नगरपालिका ८ बस्ने ३६ वर्षिय श्रवण दास भन्ने जितेन्द्र रमण दासलाई सो हतियारसहित पक्राउ गरेको हो । ....

प्रदेश २ को नामाकरणका लागि “मिश्रित” सुझाव 

Sunday, December 23, 2018

 राजविराज÷प्रदेश नं. २ को नामाकरण, स्थायी राजधानी र भाषाबारे सुझाव संकलन गर्न प्रदेश सरकारले बनाएको आयोगले शनिबार राजविराजमा कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा सुझावकर्ताहरुले “मिश्रित” सुझाव दिएका छन् ।      आयोगका संयोजक डा. हरीबंश झाले सुझाव दिनका लागि सहभागीहरुलाई नाम लेखेर प्रदेशको राजधानी कहाँ राख्ने?, प्रदेशको नामाकंकरण के राख्ने ? सहितका बिषयमा औचित्य, महत्वसहितको सुझाव दिन आग्रह गरिएको थियो ।      आयोगका पदाधिकारीले लिखित फोरम्याट नै तयार पारेको थियो सुझाव संकलनका निम्ति । सहभागी भएका सबैलाई यो फोरम्याट उपलब्ध गराउँदै प्रश्नको उत्तर लेखेर दिन आग्रह गरिएको थियो ।....