सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 

Wednesday, September 25, 2019

 नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीले सांसद तेजुलाल चौधरीलाई अनुशासनको कारवाही गर्न पार्टीको केन्द्रिय समितिसँग माँग गरेको छ । ....

चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक

Wednesday, September 25, 2019

सप्तरी प्रहरीले चाड पर्वलाई लक्षित गर्दै आगामी एक वर्षे सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला भरमा आगामी एक वर्षका लागि तय गरिएको रणनीतिक सुरक्षा योजना सार्वजनिक गरिएको हो । .....

स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 

Wednesday, September 25, 2019

 सप्तरीका फार्मासिस्टहरूले स्थानिय निकायमा फार्मासिस्टहरूको दरबन्दीको ब्यबस्थापन गर्नुपर्नेमा जोड दिएका छन । सबैको लागि सुरक्षित तथा प्रभावकारी औषधी भन्ने नाराकासाथ विश्व फार्मेसी दिवसको अवसरमा बुधबार राजबिराजमा आयोजित कार्यक्रममा सहभागीहरूले सो माग गरेका हुन् । ....

न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ

Wednesday, September 25, 2019

 उच्च अदालत जनकपुर राजबिराज ईजलासका बरिष्ठतम न्यायाधिश तिलप्रसाद श्रेष्ठले जनतालाई सहज न्याय सम्पादनसँगै न्यायपालिकालाई छिटोछरितो बनाउन अदालत प्रतिबद्ध रहेको बताएका छन् । राजबिराज उच्च अदालत बार एशोसिएशनद्वारा बिजया दशमी, दिपावली एंव छठ पर्वको अवसरमा बस्आयोजित शुभकामना आदान प्रदान एंव सम्मान कार्यक्रममा सो कुरा बताएका हुन् ।     जनतालाई छिटोछरितो न्याय दिलाउन अदालत प्रतिबद्ध रहेको बताउदै उनले पंचवर्षिय योजनाले न्याय सम्पादनलाई अझ चुस्तदुरूस्त बनाई जनतालाई न्यायमा पहुँच हुने बिश्वास समेत ब्यक्त गरे ।....

काँग्रेसकै कार्यकर्ताबाट कार्यक्रमस्थल मै  सांसद तेजुलाल चौधरीमाथी हातपात

Tuesday, September 24, 2019

 नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान समापन कार्यक्रम स्थल मै सांसद तेजुलाल चौधरी माथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका छन् । नेपाली काँग्रेस सप्तरीको आयोजनामा मंगलबार राजविराजस्थित पविमाविको मैदानमा आयोजना गरिएको जागरण अभियानको समापनको अवसरमा मञ्चमै उनीमाथी हातापात भएको हो । ....

बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 

Tuesday, September 24, 2019

 बिगत ६ महिनादेखी खाल्डोमा जमेको फोहोर पानीको निकासका लागी आवश्यक पहल नहुदाँ बिष्णपुर गाउपालिकाका एक बस्ती विभिन्न रोगको उच्च जोखिममा रहेको छ ।  लामो समयदेखी जमेको फोहोर पानी निकासका लागि ब्यवस्थापन हुन नसक्दा बिष्णुपुर गाउपालिका ६ स्थित सो बस्तीका वासीन्दाहरु विभिन्न रोगको उच्च जोखिममा रहेका हुन ।  ६ महिनादेखी ती क्षेत्र वरीपरीको ३ फीट पानी जमेको कारण पानी निकास हुन नसक्दा स्थानियहरु चिन्तित देखिन्छन् ।....

दाता परिवारका दुबै पक्षलाई क्याम्पसले आमन्त्रित गर्ने

Monday, September 23, 2019

 मुलुक कै पुरानो क्याम्पस मध्ये महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराज र एक दाता परिवारबीच बढ्दै गएको मतभेद अन्त्य भएको छ । क्याम्पस प्रमुख डा. सर्बेशचन्द्र मिश्रको अगुवाईमा क्याम्पस र क्याम्पसदाता परिवारका एक सदस्य ललिता यादब लताबीच भएको छलफलबाट मतभेद अन्त्य भएको हो ।....

गोली प्रहारबाट घाइते  मण्डलको अवस्था सामान्य,  गोली हान्नेको खोजतलास तिब्र

Monday, September 23, 2019

अज्ञात व्यक्तिले चलाएको गोली लागेर घाइते भएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का २४ वर्षिय भगवती प्रसाद मण्डल सोमबार अस्पतालबाट डिस्चार्ज भई घर फर्केका छन् । आइतबार साँझ मोटरसाइकल चढी राजविराजबाट घरतर्फ जाने क्रममा दुई जना चढेको भारतीय नम्बरको अर्को मोटरसाइकलले ओभरटेक गरि उनीमाथी एकान्त बाटोमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ....

दुई हजार घुस लिदै गर्दा समातिए मण्डल

Monday, September 23, 2019

राजविराजस्थित भूमिसुधार कार्यालयमा करार पदमा कार्यरत कार्यालय सहयोगी अर्जुन मण्डल घुस रकमसहित पक्राउ परेका छन् ।....

एमबिबिएस परिक्षामा सप्तरीका  पाँच जना टप २५ मा पर्न सफल

Monday, September 23, 2019

 इन्स्च्यिुट अफ मेडिसिन काठमाडौं महाराजगंजद्वारा एमबिबिएस परिक्षामा राजविराज ३ निवासी अभिजित माझीसहित सप्तरीका ५ जना टप २५ मा पर्न सफल भएका छन् ।  असोज ३ गते लिइएको सो परिक्षामा सहभागि ९ हजार २ सय विद्यार्थीलाई उछिन्दै ती पाँच जना टप २५ मा नाम निकाल्न सफल भएका हुन् । ....