केराको आयात घटाउन भन्सार दर बढाउने सरकारको तयारी

Monday, November 19, 2018

    कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताउनुभएको छ । कति मात्रामा कसरी केराको भन्सार दर बढाउने भन्नेबारेमा अर्थमन्त्री डा युवराज खतिवडासँग निरन्तर छलफल भइरहेको समेत मन्त्री खनालले जानकारी दिनुभयो । विभिन्न दश जिल्लाबाट आएका केरा उत्पादक सङ्घको ज्ञापन पत्र बुझ्दै मन्त्री खनालले अर्थमन्त्रीसँग विजकीकरणलाई हेरेर भारतबाट आयातित घिऊमा जस्तै भन्सारको दर समायोजन गर्ने गृहकार्य भइरहेको बताउनुभयो । ....

दण्ड जरिवाना नबुझाउनेलाई सार्वजनिक सेवामा रोक

Monday, November 19, 2018

 अदालतले तोकेको दण्ड जरिवाना समयमा नबुझाउने व्यक्तिलाई सार्वजनिक सेवामा रोक लगाइने भएको छ । जिल्ला अदालत नियमावली २०७५ को नियम ८७ बमोजिम अदालतको दण्ड जरिवाना असुल हुन बाँकी व्यक्तिको लगत विवरणसहित सार्वजनिक सेवामा रोक लगाउने व्यवस्था गर्न लागिएको हो ।       कैद वा जरिवाना तथा सरकारी बिगो नतिरेका व्यक्तिको पहिचान हुने भएकाले परिचयपत्रमा रोक लगाउन विवरण हेर्न मिल्ने गरी व्यवस्थापन गर्न सरोकारभएका निकायसँग आग्रह गरिएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ । ....

सूर्तीजन्य पदार्थको उत्पादनमा प्रतिबन्ध लगाउन माग

Sunday, November 18, 2018

 सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन तथा नियमावली कार्यान्वयनमा नआएकोमा सरोकारवार निकायले चिन्ता व्यक्त गरेका छन् ।      ऐन तथा नियमावली विसं २०६८ तथा निर्देशिका विसं २०७१ मा जारी भएको थियो । सो नियमावलीमा मुख्यतः सूर्तीजन्य पदार्थको वट्टा, पार्सल तथा ¥यापरमा ९० प्रतिशत चेतनामुलक सन्देश चित्र अङ्कित छाप्ने वाध्यकारी व्यवस्था छ ।     प्रमुख सूर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनी सूर्य नेपालले कानुन कार्यान्वयनमा गरेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एक्सन नेपाल र स्वास्थ्य पत्रकार मञ्चद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित सूर्तीजन्य पदार्थ तथा नियमनको प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रमका वक्ताले अर्थ एवं उद्योग मन्त्रालयको समन्वयमा जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखापरेको सूर्तीजन्य पदार्थको उत्पादनमा नै प्रतिबन्ध लगाउन मागसमेत गरेका हुन् ।.....

सात हजार महिला तथा बालबालिकाको उद्धार 

Sunday, November 18, 2018

    नेपाल प्रहरीले पाँच वर्षमा नेपालका विभिन्न सीमानाका हुँदै विदेश लाँदै गरेका सात हजार २९ महिला तथा बालबालिकालाई उद्दार गरेको छ । प्रहरीले झापा, इलाम, मोरङ, उदयपुर, सङ्खुवासभा, पर्सा, सर्लाही, महोत्तरी, सिरहा, चितवन, मकवानपुर, नुवाकोट, सिन्धुली, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, दाङ, प्यूठान, बाँके, बर्दिया, जुम्ला, कैलाली, कञ्चनपुरलगायतका नाका हुँदै विदेश बेच्न लैजाँदै गरेको अवस्थामा उनीहरूलाई उद्धार गरेको हो ।      उद्धार गरिएकामध्ये तीन हजार ८९६ जना १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा तीन हजार १३३ महिला रहेका छन् । प्रहरीले मानव बेचबिखनका लागि भारत र चीन लाँदै गरेको अवस्थामा उनीहरूलाई देशका विभिन्न नाकाहरूबाट नियन्त्रणमा लिएको हो । ....

देशमै धेरै कर बुझाउनेमा घोराही सिमेन्ट उद्योग सम्मानित 

Sunday, November 18, 2018

    दाङको घोराही सिमेन्ट देशमै धेरै कर बुझाउने उद्योगबाट सम्मानित भएको छ । सातौं कर सप्ताहका अवसरमा शनिबार काठमाडौंमा आयोजित समारोहमा उद्योगलाई सम्मान गरिएको हो ।      सोही क्रममा अघिल्लो आर्थिक बर्ष २०७३÷०७४ मा देश भरका उद्योगी करदाता मध्य घोराही सिमेन्ट उद्योग समयमै र सबै भन्दा धेरै कर तिर्ने उद्योगका रुपमा सम्मानित भयो ।     नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व बिभाग लाजिम्पाट काठमाडौले सातौं राष्ट्रिय कर दिवसका अबसरमा घोराही उपमहानगरपालिका वडा नं. ४ गाेंग्लीमा रहेको घोराही सिमेन्ट उद्योग प्रालिलाई सम्मान गरेको हो ।....

तीन भारतीय नागरिक पेस्तोलसहित पक्राउ

Sunday, November 18, 2018

सुनसरीको कोशी गाउँपालिकाबाट प्रहरीले तीन भारतीय नागरिकलाई पेस्तोलसहित छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।      सुनसरीको कोशी गाँउपालिका ८ भाण्टाबारी चारकुनेस्थित दशगजा क्षेत्रबाट एक भारतीय नागरिकलाई प्रहरीले चाइनिज पेस्तोलसहित पक्राउ गरेको छ ।      भारतको बिहार राज्यस्थित सुपोल जिल्लाको भिमनगर ४ निवासी २३ वर्षीय रंजितकुमार मुखियालाई चाईनिज पेस्तोल १ थान १ र खाली म्याग्जिन १ थान सहित शनिबार प्रहरीले पक्राउ गरेको हो । ....

छलफलकै क्रममा राष्ट्रियसभा सदस्य पासमान माथि कुटपिट

Friday, November 16, 2018

 राष्ट्रियसभा सदस्य रामप्रीत पासमानमाथि शुक्रबार उनकै गाउँमा एक समूहले कुटपिट गरेको छ । सो कुटपिटबाट पासमानको शरीरमा चोट लागेको छ ।      सर्लाहीको कविलासी नगरपालिका ६ मदनपुरमा छलफल कार्यक्रममा सो समूहले पासमानलाई कुटपिट गरेको हो ।      संघीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित सांसद पासमानले छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि ज्यान मार्ने किसिमले आक्रमण गरेको जनाइएको छ ।.....

सिके राउतको बन्दी प्रत्यक्षीकरण सम्बन्धि मुद्दाको सुनवाइ स¥यो

Friday, November 16, 2018

 राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनवाइ मंसिर ३ गतेलाई सरेको छ ।       राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट निवेदन रौतहट जिल्ला अदालतमा हालेका थिए ।      राउतको गिरफ्तारी कानुन बमोजिम भएको थियो या थिएन भन्ने विषयमा सुनुवाईका लागि शुक्रबार पेशी तोकिएको थियो ।.....

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

Tuesday, November 13, 2018

 निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ ।     त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन ÷अनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिनुभयो ।      अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्काे मुलुकमा गएर अहिले अध्ययन गर्न जान सक्ने अवस्था नरहे पनि अदालतको निर्देशनलाई पालना गर्न आयोगले आफ्नो स्रोत र साधनले भ्याएसम्म अध्ययन गर्ने कार्य शुरु गरिएको उहाँले बताउनुभयो ।.....

छिटो कानून निर्माण गर्दा दुर्घटना हुने सम्भावना छ ः कानुन मन्त्री 

Saturday, November 03, 2018

 कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले छिटो कानून निर्माण गर्दा दुर्घटना हुने सम्भावना रहेको बताएका छन् । ....