झण्डै नौ प्रतिशतले धानको उत्पादन वृद्धि

Friday, December 28, 2018

 यस वर्ष देशमा धान उत्पादनमा झण्डै नौ प्रतिशतले वृद्धि भएको छ ।  अघिल्लो वर्ष ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष कुल ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भइसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिनुभयो । यद्यपि अझै मागअनुसार धान उत्पादन हुन सकेको छैन । नेपालमा ६१ लाख मेट्रिक टन धानको माग छ ।....

मधेशको राजनीतिमा नयाँ तरंग आउने ः फोरम अध्यक्ष यादव

Sunday, December 23, 2018

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपासँग एकता पहिलो प्राथमिकताले मधेशको राजनीतिमा नयाँ तरंग आउने दाबी गरेका छन् ।  संचारकर्मीहरुसँगको कुराकानीमा उनले परिवर्तनको खोजीमा आफूले राष्ट्रिय जनता पार्टी (राजपा) सँग पार्टी एकीकरणको प्रस्ताव ल्याएको बताए ।      हालै सम्पन्न संघीय समाजवादी फोरमको केन्द्रीय समिति बैठकले अध्यक्ष यादवको संयोजकत्वमा राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र रकम चेम्जोङसहित पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ ।....

एसइई प्रदेश सरकारले सञ्चालन गर्ने 

Thursday, December 20, 2018

 यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ ।  मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।      उहाँका अनुसार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले परीक्षा सञ्चालन गर्ने छ ।      “हामीले यहाँबाट प्रश्नपत्र मात्र पठाउँछौँ”, उहाँले भन्नुभयो, “उत्तरपुस्तिकाको छपाइदेखि परीक्षा केन्द्र तोक्ने, केन्द्राध्यक्ष तोक्नेजस्ता काम प्रदेश सरकारले गर्ने छ ।” नियन्त्रण कार्यालयले गत वर्षको तोकिएको परीक्षा केन्द्र नबढाइ तोक्न निर्देशन दिइएको छ । ....

सुरक्षित गर्भपतनमा आकर्षण बढ्दै, चुनौती कायमै 

Monday, December 17, 2018

 नेपालमा सुरक्षित गर्भपतनका लागि गर्भवती महिलाहरू आकर्षित हुन थालेका छन् । नेपाल सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा प्रदान गर्न थालेपछि महिलामा यस्तो आकर्षण बढेको हो ।  स्वास्थ्य संस्थाहरूबाट हालसम्म १० लाखभन्दा बढी महिलाले सुरक्षित गर्भपतनको सेवा लिइसकेको ग्रामीण महिला सन्जाल नेपालले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । संस्थाका अनुसार गत आर्थिक वर्षमा मात्र गर्भवती भएका ९६ हजार महिलाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् । ....

दूधमा पानी मिसाए दश हजार जरिवाना ! 

Friday, December 14, 2018

 सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ जारी गरेको हो ।   निर्देशिका मुलुकभरका दूध उत्पादन, संकलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्रीवितरण गर्ने सबै व्यवसायमा लागू हुनेछ । निर्देशिकाले दूध उत्पादनदेखि उपभोगसम्मको चरणमा स्वच्छता र गुणस्तर कायम गर्न सघाउ पुग्ने मन्त्रालयको विश्वास छ ।     निर्देशिकाअनुसार दूध उत्पादक किसानले पशुचौपाया स्वास्थ्य, गोठ तथा फार्मको सरसफाइ, दूध दुहुने भाँडा र व्यक्तिगत सफाइमा समेत ध्यान दिनुपर्नेछ ।....

फोरम राजपाबीच एकीकरणको प्रयास गरिने, फोमरले बैशाख २८, २९ र ३० गते महाधिवेशन गर्ने

Sunday, December 09, 2018

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण गर्नका लागि प्रयासका निम्ति दुबै पार्टीले लचकता अपनाएका छन् । केही विद्युतीय संचारमाध्मले फोरम नेपालले सो एकीकरणका लागि वार्ता समिति समेत गठन गरेको दाबी गरेको छ ।     फोरम अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आफ्नै अगुवाइमा राजपासंग वार्ता अह्वान गर्दै सो वार्ता कमिटी गठन गरेको जनाइएको छ ।     शनिबारदेखि राजधानीमा शुरु भएको फोरम केन्द्रीय समितिको बैठकले सो समिति गठन गरेको हो । यसअघि पनि राजपा नेपाल र फोरम नेपालको बीचमा एकीकरणका लागि पहिलादेखि छलफल हुँदै आएको ती संचारमाध्यमहरुले जनाएको छ । ....

फेरि त्रिविमा विद्यार्थी बढे

Tuesday, December 04, 2018

 केही वर्ष विद्यार्थीको सङ्ख्यामा कमि आएको त्रिभुवन विश्वविद्यालयमा भर्ना दर फेरि बढेको छ । त्रिविमा प्राविधिक विषय पढाइ हुन थालेपछि पुनः विद्यार्थी सङ्ख्यामा वृद्धि हुन थालेको हो ।      त्रिविमा अहिले विज्ञान, व्यवस्थापन र मानविकि सङ्कायमा नयाँ प्राविधिक विषयको पठनपाठन हुन थालेपछि भर्ना दर बढेको त्रिविका योजना निर्देशनालयका प्रमुख प्रा डा ऋदिशकुमार पोखरेलले जानकारी दिनुभयो ।      त्रिविमा शैक्षिक सत्र २०६९÷७० देखि लगातार तीन शैक्षिक सत्रसम्म विद्यार्थी भर्ना घटेकोमा त्यसपछि भने बढेको पाइएको छ । शैक्षिक सत्र २०७२÷७३ देखि लगातार अहिले विद्यार्थी सङ्ख्या बढेको उहाँले जानकारी दिनुभयो । शैक्षिक सत्र २०७१÷७२ मा दुई लाख ९८ हजार ९९० विद्यार्थी सङ्ख्या भएकोमा शैक्षिक सत्र २०७२÷७३ मा विद्यार्थी सङ्ख्या तीन लाख ६० हजार २५४ पुगेको छ ।      मानविकि तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा डा शिवलाल भुसालले नयाँ शैक्षिक कार्यक्रमले गर्दा पछिल्लो चरणमा मानविकि सङ्काय पढ्ने विद्यार्थी बढेको बताउनुभयो ।      उहाँका अनुसार स्नाकोत्तर तह द्वन्द्व, शान्ति र व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्धन तथा कूटनीति, सामजिक कार्य, परामर्श मनोविज्ञान, खेलकूद विज्ञान, पर्यटन तथा आतिथ्य र स्नातक तह ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए), सामाजिक कार्य (विएसड्ब्लु) जस्ता विषय पढाइ हुन थालेका छन् । ....

डा. राउतको बन्दीप्रत्यक्षिकरण निवेदन खारेज 

Tuesday, December 04, 2018

 सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दामा पक्राउ परेका डा. सिके राउतको बन्दीप्रत्यक्षिकरण निवेदन खारेज हुने फैसला सुनाएको छ । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई असोज २१ मा जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिएको थियो। प्रहरीले राउतसँग सोधपुछ गरिरहेको छ ।     जिल्ला अदालत गौरमा चल्दै गरेको मुद्दाको तारेख लिएर फर्किँदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको थियो। स्वतन्त्र मधेशको नारा लगाउँदै राउतले भड्किलो वक्तव्य दिँदै आएका भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेपछि राउतका तर्फबाट कात्तिक १२ गते सर्वोच्चमा बन्दीप्रत्यक्षिकरणको मुद्दा दायर भएको थियो ।....

हिन्दू सम्मेलन सम्पन्न

Tuesday, December 04, 2018

विश्व हिन्दू महासङ्घको आयोजनामा जनकपुरमा प्रदेशस्तरीय विराट सन्त सम्मेलन आइतबार सम्पन्न भएको छ ।      सम्मेलनबाट हिन्दू धर्म त्याग्न विवश गर्ने र गराउने विरुद्ध कडा प्रतिकार गर्ने र नेपाललाई हिन्दू राज्य घोषणाका लागि आन्दोलनको तयारी थाल्ने निर्णय गरिएको विश्व हिन्दू युवा परिषद्का प्रवक्ता मिथुन साहले बताउनुभयो ।      सम्मेलनले धर्मान्तर, छुवाछूत तथा हेपाहा प्रवृत्तिदेखि लभ जेहाद (प्रेम विवाह) सम्मका विषयमा छलफल गरी यस्तो निर्णय गरेको हो । सम्मेलनमा धनुषा, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र सप्तरीलगायत प्रदेश नं २ का आठवटै जिल्लाबाट पाँच हजारभन्दा बढी साधुसन्तको सहभागिता रहेको थियो । .....

लघु वित्त संस्थाहरुले उच्च ब्याज लिने गर्छन् ः प्रधानमन्त्री 

Sunday, December 02, 2018

काठमाडौं÷प्रधानमन्त्री केपी शर्मा ओलीले लघु वित्त संस्थाहरुले उच्च व्याज लिने गरेको भन्दै राष्ट्रबैकको गम्भीर ध्यानाकर्षण गराएका छन् । काठमाडौंमा शनिबार आयोजित दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले गरिबका नाममा खोलिएका संस्थाले गरिबमारा नीति लिन नमिल्ने बताए ।      गरिबका लागि र गरिबको पक्षमा खोलिएका लघुवित्त संस्थाहरुले सुविधा सम्पन्न शहरी क्षेत्रमा पनि १८ प्रतिशत व्याज लिने गरेको भन्दै आपत्ती समेत जनाए ।....