फोरम राजपाबीच एकीकरणको प्रयास गरिने, फोमरले बैशाख २८, २९ र ३० गते महाधिवेशन गर्ने

Sunday, December 09, 2018

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण गर्नका लागि प्रयासका निम्ति दुबै पार्टीले लचकता अपनाएका छन् । केही विद्युतीय संचारमाध्मले फोरम नेपालले सो एकीकरणका लागि वार्ता समिति समेत गठन गरेको दाबी गरेको छ ।     फोरम अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आफ्नै अगुवाइमा राजपासंग वार्ता अह्वान गर्दै सो वार्ता कमिटी गठन गरेको जनाइएको छ ।     शनिबारदेखि राजधानीमा शुरु भएको फोरम केन्द्रीय समितिको बैठकले सो समिति गठन गरेको हो । यसअघि पनि राजपा नेपाल र फोरम नेपालको बीचमा एकीकरणका लागि पहिलादेखि छलफल हुँदै आएको ती संचारमाध्यमहरुले जनाएको छ । ....

फेरि त्रिविमा विद्यार्थी बढे

Tuesday, December 04, 2018

 केही वर्ष विद्यार्थीको सङ्ख्यामा कमि आएको त्रिभुवन विश्वविद्यालयमा भर्ना दर फेरि बढेको छ । त्रिविमा प्राविधिक विषय पढाइ हुन थालेपछि पुनः विद्यार्थी सङ्ख्यामा वृद्धि हुन थालेको हो ।      त्रिविमा अहिले विज्ञान, व्यवस्थापन र मानविकि सङ्कायमा नयाँ प्राविधिक विषयको पठनपाठन हुन थालेपछि भर्ना दर बढेको त्रिविका योजना निर्देशनालयका प्रमुख प्रा डा ऋदिशकुमार पोखरेलले जानकारी दिनुभयो ।      त्रिविमा शैक्षिक सत्र २०६९÷७० देखि लगातार तीन शैक्षिक सत्रसम्म विद्यार्थी भर्ना घटेकोमा त्यसपछि भने बढेको पाइएको छ । शैक्षिक सत्र २०७२÷७३ देखि लगातार अहिले विद्यार्थी सङ्ख्या बढेको उहाँले जानकारी दिनुभयो । शैक्षिक सत्र २०७१÷७२ मा दुई लाख ९८ हजार ९९० विद्यार्थी सङ्ख्या भएकोमा शैक्षिक सत्र २०७२÷७३ मा विद्यार्थी सङ्ख्या तीन लाख ६० हजार २५४ पुगेको छ ।      मानविकि तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा डा शिवलाल भुसालले नयाँ शैक्षिक कार्यक्रमले गर्दा पछिल्लो चरणमा मानविकि सङ्काय पढ्ने विद्यार्थी बढेको बताउनुभयो ।      उहाँका अनुसार स्नाकोत्तर तह द्वन्द्व, शान्ति र व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्धन तथा कूटनीति, सामजिक कार्य, परामर्श मनोविज्ञान, खेलकूद विज्ञान, पर्यटन तथा आतिथ्य र स्नातक तह ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए), सामाजिक कार्य (विएसड्ब्लु) जस्ता विषय पढाइ हुन थालेका छन् । ....

डा. राउतको बन्दीप्रत्यक्षिकरण निवेदन खारेज 

Tuesday, December 04, 2018

 सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दामा पक्राउ परेका डा. सिके राउतको बन्दीप्रत्यक्षिकरण निवेदन खारेज हुने फैसला सुनाएको छ । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई असोज २१ मा जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिएको थियो। प्रहरीले राउतसँग सोधपुछ गरिरहेको छ ।     जिल्ला अदालत गौरमा चल्दै गरेको मुद्दाको तारेख लिएर फर्किँदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको थियो। स्वतन्त्र मधेशको नारा लगाउँदै राउतले भड्किलो वक्तव्य दिँदै आएका भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेपछि राउतका तर्फबाट कात्तिक १२ गते सर्वोच्चमा बन्दीप्रत्यक्षिकरणको मुद्दा दायर भएको थियो ।....

हिन्दू सम्मेलन सम्पन्न

Tuesday, December 04, 2018

विश्व हिन्दू महासङ्घको आयोजनामा जनकपुरमा प्रदेशस्तरीय विराट सन्त सम्मेलन आइतबार सम्पन्न भएको छ ।      सम्मेलनबाट हिन्दू धर्म त्याग्न विवश गर्ने र गराउने विरुद्ध कडा प्रतिकार गर्ने र नेपाललाई हिन्दू राज्य घोषणाका लागि आन्दोलनको तयारी थाल्ने निर्णय गरिएको विश्व हिन्दू युवा परिषद्का प्रवक्ता मिथुन साहले बताउनुभयो ।      सम्मेलनले धर्मान्तर, छुवाछूत तथा हेपाहा प्रवृत्तिदेखि लभ जेहाद (प्रेम विवाह) सम्मका विषयमा छलफल गरी यस्तो निर्णय गरेको हो । सम्मेलनमा धनुषा, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र सप्तरीलगायत प्रदेश नं २ का आठवटै जिल्लाबाट पाँच हजारभन्दा बढी साधुसन्तको सहभागिता रहेको थियो । .....

लघु वित्त संस्थाहरुले उच्च ब्याज लिने गर्छन् ः प्रधानमन्त्री 

Sunday, December 02, 2018

काठमाडौं÷प्रधानमन्त्री केपी शर्मा ओलीले लघु वित्त संस्थाहरुले उच्च व्याज लिने गरेको भन्दै राष्ट्रबैकको गम्भीर ध्यानाकर्षण गराएका छन् । काठमाडौंमा शनिबार आयोजित दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले गरिबका नाममा खोलिएका संस्थाले गरिबमारा नीति लिन नमिल्ने बताए ।      गरिबका लागि र गरिबको पक्षमा खोलिएका लघुवित्त संस्थाहरुले सुविधा सम्पन्न शहरी क्षेत्रमा पनि १८ प्रतिशत व्याज लिने गरेको भन्दै आपत्ती समेत जनाए ।....

नेताका कारण सम्पूर्ण नेपालीको पहिचान गुमायो ः राष्ट्रिय अध्यक्ष पटेल

Sunday, December 02, 2018

 बीरगंज÷हिन्दू परिसद् नेपालको राष्ट्रिय अध्यक्ष संतोष पटेलले नेताको कारण सम्पूर्ण नेपालीको पहिचान गुमाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।  नेपाललाई पुनः हिन्दू रास्ट्र घोषणा गराउनको लागी सघर्ष जारी रहेको र धार्मिक सामाजिक कार्य गरी संगठन निर्माण कार्य गरी रहेको बताए ।     सरकार क्रिश्चियन धर्मको प्रचार गर्ने उद्देश्यले काठमाडौंमा गर्न लागिएको ‘एसिया प्यासेफिक समिट–२०१८’ लाई सहयोग गरेर सरकारले देशमा धर्मान्तरका लागि सहयोग गरेको उनले आरोप लगाए ।     धर्ममान्तरमा कुख्याति कमाएका संस्थालाई सरकार प्रश्रय दिएर ‘जो रक्षक उही भक्षक’ भन्ने चरित्र देखाएको बताउँदै उनले क्रिश्चियनसँग पैसा खाएर नेपाली नेताहरुले ॐ कार परिवार र सनातन हिन्दू धर्म सिध्याउन लागि परेको आरोप लगाए । .....

वंशज ः बाबुमात्र वा आमा पनि  

Friday, November 30, 2018

 प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा सांसदहरुले नागरिकताका सम्बन्धमा वंशजको प्रष्ट परिभाषा गर्नुपर्नेमा जोड दिनुभएको छ ।  नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ता सांसदहरुले वंशज भनेको बाबुमात्र हो वा आमा पनि हो भन्ने विषयमा कानून बनाउन प्रष्ट हुनुपर्नेमा जोड दिनुभएको हो ।       संशोधनकर्ता सांसद बिन्दा पाण्डेले नागरिकतामा वंशज विषयमा प्रष्ट हुनुपर्ने बताउनुभयो । “वंशजका आधारमा नागरिकता भनिएको छ, वंशज भनेको बाबु मात्रै हो वा आमा पनि हो, यसको परिभाषा स्पष्ट गर्नुप¥यो ।”....

सरकारमा जाने कुनै सम्भावना छैन् ः राजपा संयोजक महतो

Friday, November 30, 2018

राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजेन्द्र महतोले सरकारमा जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।  राजपा नेपालको केन्द्रिय कार्यालय काठमाडौंस्थित बबरमहलमा शुक्रबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफमा संयोजक महतोले सो स्पष्टोक्ति दिएका हुन् ।      संयोजक महतोले मिडियामा आएको समाचारमा सत्यता नरहेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने र नलिने भन्ने विषय पार्टीले छिट्टै छलफल गरेर टुंगो लगाउने पनि स्पष्ट पारे ।     यस्तै संयोजक महतोले पार्टी भित्र कुनै विवाद नरहेको दावी गर्दै शुक्रबार पनि पार्टीमा अनौपचारिक विषयमा छलफल गरिएको र नेता महन्त ठाकुर स्वास्थ्य उपचार गरेर भारतबाट फर्के पछि पार्टीको औपचारिक बैठक बस्ने जानकारी समेत दिए ।.....

हिन्दू राष्ट्रका लागि लडाई जारि छ ः राष्ट्रिय अध्यक्ष पटेल  

Sunday, November 25, 2018

 हिन्दू परिषद् नेपालको प्रदेश स्तरीय हुने अगुवा कार्यकर्ता भेला भब्यताका साथ सम्पन गर्नको लागी एक दिने बिशेष बैठक एवं बिचार बिमर्श सम्पन भएको छ । गहवामाई धर्मशाला बीरगंजमा प्रदेश न. २ का अध्यक्ष पंडित सचितानंद दुबे सभापतित्वमा सम्पन बैठक लाई संबोधन गर्दै हिन्दू परिसद नेपालको राष्ट्रीय अध्यक्ष संतोष पटेल आफुहरु हिन्दू रास्ट्र पुनःस्थापनाको लागी लड़ाई लड़ी रहेको बताउदै धार्मिक एवं सामाजिक कार्य गरी नेपाली जनतालाई जागरूक गर्ने कार्य भई रहेको बताए ।      एस कार्यमा सक्रियताका साथ लागन हिन्दू परिसदका सम्पूर्ण जिमेवार साथीहरुलाई आग्रह गरेका थिए।यसको लागि राज्यबाट दमन भए आफूहरु जस्तो सुकै कदम पनि उठाउन सक्ने पनि चेतावनी दिए । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अब हुने जनकपुर भ्रमणलाई आफूहरुले स्वागत गरेको बताए । उनले भने, ‘उहाँको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।  ....

प्रतिपक्ष सांसदद्वारा रेल उद्घाटन बारे प्रदेश सरकारसँग जवाफ माँग

Friday, November 23, 2018

 नेपाल भारत रेलको उद्घाटन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गर्न लागेको भन्दै प्रतिपक्षी सांसदहरुले प्रदेश सरकारसँग जवाफ माग गरेका छन् ।      नेकपाका सांसद सत्रुघन महतोले कहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउने, कहिले गृह मन्त्री राजनाथ सिंह आउने, कहिले रेल मन्त्री सुरेश प्रभु आउने त कहिले मुख्यमन्त्री योगी आदित्यनाथ आएर रेल उद्घाटन गर्ने भन्ने कुरा आइरहेकोप्रति प्रदेश सरकारसँग जवाफ माँग गरेका हुन् ।     भारतको केन्द्रीय सरकारको अनुदानमा नेपालले रेल निर्माण गरेकाले त्यसको उद्घाटन पनि नेपालको संघिय सरकारको आयोजनामा भारतका केन्द्रीय सरकार मार्फत नै हुनुपर्ने भन्दै सांसद महतोले भने, ‘त्यस्तो हो भने नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ वा परराष्ट्र मन्त्री प्रदीप ज्ञवावालीले भारतीय समकक्षीलाई बोलाएर मात्रै रेल उद्घाटन गरिनुपर्छ ।’....