विहार, पश्चिम बंगाल र उत्तरप्रदेश तथा बंगलादेशमा अन्तरराष्ट्रिय उडान हुने

Thursday, November 22, 2018

प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेशमा वार्षिक पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई हिमाली उडानबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उडान सञ्चालन गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउँदै उहाँले आगामी वर्ष थप विदेशी पर्यटक वृद्धि भई सङ्घीय सरकारको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पु¥याउन सहयोग मिल्ने बताउनुभयो । विराटनगरवाट यही मङ्सिर ८ गतेदेखि हिमाली उडान शुरु हुँदैछ ।      उहाँले भारतको पश्चिम बङ्गाल, विहार, उत्तर प्रदेशलगायत बङ्गलादेशमा ६० करोडभन्दा बढी जनसङ्ख्यालाई हिमाली उडानमा आकर्षण गर्न सके एकदेखि दुई प्रतिशत पर्यटक आगमन भएमा प्रदेशको लक्ष्य पूरा हुने धारणा रासससँग व्यक्त गर्नुभयो । ....

जबर्जस्ती करणी गर्नेलाई आठ वर्ष कैद

Wednesday, November 21, 2018

उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजायको फैसला गरेको छ । जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जेल सजायको फैसला गरेको हो ।      सोमबार जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले १४ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरी करणी गरेको अभियोगमा आठ वर्ष जेल सजाय तोक्नाका साथै पीडितलाई रु एक लाख ५० हजार क्षतिपूर्ति भराउने फैैसला गरेको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिनुभयो । ....

इँटाभट्टाका सुपरभाइजर फिदाको गोली हानी हत्या 

Wednesday, November 21, 2018

 सुनसरीको दुहबी नगरपालिका ९ जयबाबा इँटाभट्टा नजिक बुधबार एक जनाको गोली हानी हत्या गरिएको छ ।      जय बाबा इँटाभट्टाका सुपरभाइजर रहेका स्थानीय ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिएका छन् । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गर्दा हुसेनमाथि गोली प्रहार भएको हो ।     मृतक हुसेन दुहबी नगरपालिका ९ का वडाध्यक्ष एवं नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ३ का सभापति मेहदी हुसेनका भाइ हुन् ।.....

केराको आयात घटाउन भन्सार दर बढाउने सरकारको तयारी

Monday, November 19, 2018

    कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताउनुभएको छ । कति मात्रामा कसरी केराको भन्सार दर बढाउने भन्नेबारेमा अर्थमन्त्री डा युवराज खतिवडासँग निरन्तर छलफल भइरहेको समेत मन्त्री खनालले जानकारी दिनुभयो । विभिन्न दश जिल्लाबाट आएका केरा उत्पादक सङ्घको ज्ञापन पत्र बुझ्दै मन्त्री खनालले अर्थमन्त्रीसँग विजकीकरणलाई हेरेर भारतबाट आयातित घिऊमा जस्तै भन्सारको दर समायोजन गर्ने गृहकार्य भइरहेको बताउनुभयो । ....

दण्ड जरिवाना नबुझाउनेलाई सार्वजनिक सेवामा रोक

Monday, November 19, 2018

 अदालतले तोकेको दण्ड जरिवाना समयमा नबुझाउने व्यक्तिलाई सार्वजनिक सेवामा रोक लगाइने भएको छ । जिल्ला अदालत नियमावली २०७५ को नियम ८७ बमोजिम अदालतको दण्ड जरिवाना असुल हुन बाँकी व्यक्तिको लगत विवरणसहित सार्वजनिक सेवामा रोक लगाउने व्यवस्था गर्न लागिएको हो ।       कैद वा जरिवाना तथा सरकारी बिगो नतिरेका व्यक्तिको पहिचान हुने भएकाले परिचयपत्रमा रोक लगाउन विवरण हेर्न मिल्ने गरी व्यवस्थापन गर्न सरोकारभएका निकायसँग आग्रह गरिएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ । ....

सूर्तीजन्य पदार्थको उत्पादनमा प्रतिबन्ध लगाउन माग

Sunday, November 18, 2018

 सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन तथा नियमावली कार्यान्वयनमा नआएकोमा सरोकारवार निकायले चिन्ता व्यक्त गरेका छन् ।      ऐन तथा नियमावली विसं २०६८ तथा निर्देशिका विसं २०७१ मा जारी भएको थियो । सो नियमावलीमा मुख्यतः सूर्तीजन्य पदार्थको वट्टा, पार्सल तथा ¥यापरमा ९० प्रतिशत चेतनामुलक सन्देश चित्र अङ्कित छाप्ने वाध्यकारी व्यवस्था छ ।     प्रमुख सूर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनी सूर्य नेपालले कानुन कार्यान्वयनमा गरेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एक्सन नेपाल र स्वास्थ्य पत्रकार मञ्चद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित सूर्तीजन्य पदार्थ तथा नियमनको प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रमका वक्ताले अर्थ एवं उद्योग मन्त्रालयको समन्वयमा जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखापरेको सूर्तीजन्य पदार्थको उत्पादनमा नै प्रतिबन्ध लगाउन मागसमेत गरेका हुन् ।.....

सात हजार महिला तथा बालबालिकाको उद्धार 

Sunday, November 18, 2018

    नेपाल प्रहरीले पाँच वर्षमा नेपालका विभिन्न सीमानाका हुँदै विदेश लाँदै गरेका सात हजार २९ महिला तथा बालबालिकालाई उद्दार गरेको छ । प्रहरीले झापा, इलाम, मोरङ, उदयपुर, सङ्खुवासभा, पर्सा, सर्लाही, महोत्तरी, सिरहा, चितवन, मकवानपुर, नुवाकोट, सिन्धुली, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, दाङ, प्यूठान, बाँके, बर्दिया, जुम्ला, कैलाली, कञ्चनपुरलगायतका नाका हुँदै विदेश बेच्न लैजाँदै गरेको अवस्थामा उनीहरूलाई उद्धार गरेको हो ।      उद्धार गरिएकामध्ये तीन हजार ८९६ जना १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा तीन हजार १३३ महिला रहेका छन् । प्रहरीले मानव बेचबिखनका लागि भारत र चीन लाँदै गरेको अवस्थामा उनीहरूलाई देशका विभिन्न नाकाहरूबाट नियन्त्रणमा लिएको हो । ....

देशमै धेरै कर बुझाउनेमा घोराही सिमेन्ट उद्योग सम्मानित 

Sunday, November 18, 2018

    दाङको घोराही सिमेन्ट देशमै धेरै कर बुझाउने उद्योगबाट सम्मानित भएको छ । सातौं कर सप्ताहका अवसरमा शनिबार काठमाडौंमा आयोजित समारोहमा उद्योगलाई सम्मान गरिएको हो ।      सोही क्रममा अघिल्लो आर्थिक बर्ष २०७३÷०७४ मा देश भरका उद्योगी करदाता मध्य घोराही सिमेन्ट उद्योग समयमै र सबै भन्दा धेरै कर तिर्ने उद्योगका रुपमा सम्मानित भयो ।     नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व बिभाग लाजिम्पाट काठमाडौले सातौं राष्ट्रिय कर दिवसका अबसरमा घोराही उपमहानगरपालिका वडा नं. ४ गाेंग्लीमा रहेको घोराही सिमेन्ट उद्योग प्रालिलाई सम्मान गरेको हो ।....

तीन भारतीय नागरिक पेस्तोलसहित पक्राउ

Sunday, November 18, 2018

सुनसरीको कोशी गाउँपालिकाबाट प्रहरीले तीन भारतीय नागरिकलाई पेस्तोलसहित छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।      सुनसरीको कोशी गाँउपालिका ८ भाण्टाबारी चारकुनेस्थित दशगजा क्षेत्रबाट एक भारतीय नागरिकलाई प्रहरीले चाइनिज पेस्तोलसहित पक्राउ गरेको छ ।      भारतको बिहार राज्यस्थित सुपोल जिल्लाको भिमनगर ४ निवासी २३ वर्षीय रंजितकुमार मुखियालाई चाईनिज पेस्तोल १ थान १ र खाली म्याग्जिन १ थान सहित शनिबार प्रहरीले पक्राउ गरेको हो । ....

छलफलकै क्रममा राष्ट्रियसभा सदस्य पासमान माथि कुटपिट

Friday, November 16, 2018

 राष्ट्रियसभा सदस्य रामप्रीत पासमानमाथि शुक्रबार उनकै गाउँमा एक समूहले कुटपिट गरेको छ । सो कुटपिटबाट पासमानको शरीरमा चोट लागेको छ ।      सर्लाहीको कविलासी नगरपालिका ६ मदनपुरमा छलफल कार्यक्रममा सो समूहले पासमानलाई कुटपिट गरेको हो ।      संघीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित सांसद पासमानले छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि ज्यान मार्ने किसिमले आक्रमण गरेको जनाइएको छ ।.....