कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४ सय २५ पुग्यो

Wednesday, February 05, 2020

 विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गर्नुभएको छ । ...

हुबेइमा ८ हजारभन्दा बढी स्वास्थ्यकर्मी पठाइयो

Monday, February 03, 2020

विश्वभर त्रास फैलाएको कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेइ प्रान्तमा ८ हजारभन्दा बढी स्वास्थ्यकर्मी खटाइएको छ । हुबेइबाट प्राप्त समाचारअनुसार उक्त प्रान्तका विभिन्न क्षेत्रमा ८ हजार ३१० जना स्वास्थ्यकर्मी पठाइएको जनाइएको छ । ६८ वटा मेडिकल समूह बनाएर ती स्वास्थ्यकर्मी त्यहाँ पठाइएको हो । ....

फिलिपिन्समा कोरोनाबाट एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ३०४ पुग्यो

Sunday, February 02, 2020

 कोरोना भाइरसका कारण चीनबाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको सङ्ख्या ३०४ पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । ....

कोरोना भाइरसबाट चीनमा ८० को मृत्यु, दुई हजारभन्दा बढी संक्रमित

Tuesday, January 28, 2020

 चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले कम्तीमा ८० जनाको मृत्यु भएको र झण्डै दुई हजार ७४४ जना सङ्क्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । ....

कोरोना भाइरसका कारण चीनमा ५६ को मृत्यु, दुई हजार प्रभावित

Sunday, January 26, 2020

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ५६ जनाको मृत्यु भएको र झण्डै दुई हजार जना प्रभावित भएको जानकारी दिएका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विरामी हुनेको संख्या १९ सय ७५ रहेको छ । विरामी भएका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहेको पनि आयोगले जनाएको छ । आयोगका अधिकारीहरुले भनेका छन्, “अहिलेसम्म कुल २६ सय ८२ जनामा कोरोना भइरसको संक्रमण भएको आशंका गरिएको छ ।” ....

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी ः राष्ट्रपति ट्रम्प 

Thursday, January 09, 2020

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिनुभएको छ । यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता र सतर्कता अपनाएका कारण त्यस्तो कुनै पनि क्षति नभएको जानकारी दिनुभएको हो । ....

विमान दुर्घटनामा ८२ इरानी र ६३ क्यानेडालीको मृत्यु

Wednesday, January 08, 2020

 इरानमा बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये ८२ जना इरानका र ६३ जना क्यानडाका नागरिक रहेका पाइएको छ ।  इरानको राजधानी तेहरानबाट बुधबार बिहान उडेको युक्रेनको विमानमा परी उनीहरुको मृत्यु भएको युक्रेनका एक मन्त्रीले जनाएका छन् ।....

इरानका एक वरिष्ठ कमाण्डर  अमेरिकी सेनाको कारबाहीमा मारिए  

Friday, January 03, 2020

अमेरिकाको विशेष सुरक्षा फौजको आक्रमणमा परी इरानका एक जना वरिष्ठ कमाण्डर मारिएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानको एक विशेष दस्ता कुद्स फोर्स अफ इरान्स रिभोलुसन गार्डका वरिष्ठ कमाण्डर क्वासिम सोलेमानी मारिएको जनाएको छ । ....

फिलिपिन्समा आँधीबाट ४१ को मृत्यु 

Sunday, December 29, 2019

 फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या बढेर ४१ पुगेको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिनदेखि आएको आँधीका कारण आइतबारसम्म ४१ जनाको मृत्यु भएको हो । हजाराँै व्यक्ति अझै पनि शरणार्थीस्थलमा रहेका जनाइएको छ । ....

हाइटीमा खाद्य असुरक्षाको खतरा बढ्दै

Wednesday, December 25, 2019

 राजनीतिक अस्थिरता, लामो समयको खडेरी तथा लामो आन्दोलनका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएको बताइएको छ । यहाँ विगतमा महिनौदेखि आन्दोलन भएको थियो । त्यसका कारण पनि यहाँको आर्थिक विकास तथा क्रियाकलापको अवस्था नाजुक बनेको र यसले गर्दा खाद्यान्नको आपूर्तिमा नै कमी आउने अवस्था देखिएको पाइएको हो ।....