अफगान तालिबानसँग कतारमा वार्ता

Monday, November 19, 2018

 अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गर्नुभएको तालिबानी अधिकारीले बताएका छन् । अफगान तालिबानले अमेरिकी अनुमतिका आधारमा कतारमा राजनीतिक कार्यालय खोलेका छन् । कतारमा भएको वार्ताका बारेमा कुनै सन्दर्भ उल्लेख नगरी अमेरिकी दूत खलिलजादले काबुलमा पत्रकारसँग भन्नुभयो, “मैले वार्तामा बस्न चाहने सबै अफगानी समूहसँग छलफल गरिरहेको छु, ... र मेरो विचारमा अहिले मेलमिलाप र शान्तिको अवसर आएको छ ।” “अफगान सरकारले पनि शान्ति चाहेको छ,” उहाँले भन्नुभयो । “तालिबानीले भनिरहेका छन्, उनीहरुको विश्वासमा सैनिक ताकतका भरमा सफल हुन सकिँदैन । शान्तिपूर्ण, राजनीतिक मेलमिलापका आधारमा अफगानिस्तानको समस्या समाधान गर्नु पर्दछ भन्ने उनीहरुको भनाइ छ ।” ....

आँधीका कारण भारतमा ३३ जनाको मृत्यु

Sunday, November 18, 2018

भारतको पूर्वीक्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापनसम्वन्धी निकायका उच्च अधिकारीले शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन् । ‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघण्टा १२० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । आँधी तमिलनाडु राज्यमा शुक्रबार आएको हो ।     आँधीले हजारौँ रुख भाँचिएका छन् भने ठूलो संख्यामा घर भत्किएका छन् । घरबारविहिन भएका हजारौँ स्थानीय बासिन्दालाई शिविरहरुमा राखिएको छ । मृत्यु भएका मध्ये २० जना पुरुष र ११ जना महिला छन् । त्यसैगरी दुई जना बालबालिकाको पनि आँधीमा परेर मृत्यु भएको अधिकारीले बताएका छन् ।....

क्यालिफोर्नियाको डढेलोमा ६०० भन्दा बढी अझै बेपत्ता 

Friday, November 16, 2018

 अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको भीषण डढेलोका कारण छ सयभन्दा बढी बेपत्ता भएका बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।      खोजी कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या पनि बढ्नसक्ने अनुमान गरिएको छ । बिहीबार प्राप्त पछिल्लो सूचनामा उद्धारकर्मीले करीब ६३१ जना बेपत्ता भएको स्पष्ट गरेका छन् । साथै उनीहरुले थप सात जनाको शव आगलागी भएको जङ्गलबाट निकालेको जनाएका छन् ।      यसअघि उक्त डढेकोमा परी करीब ३०० जना बेपत्ता भएका बताइएको थियो । यही नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जङ्गलमा अकस्मात आगो सल्किएको र प्रतिकूल मौसमका कारण द्रुत गतिमा फैलिएको थियो । आगो नियन्त्रणमा ल्याउन ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । .....

श्रीमती र दुई बच्चालाई मारेको आरोपमा श्रीमानलाई घातक सुई लगाएर मृत्युदण्ड 

Thursday, November 15, 2018

    संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ । स्थानीय अधिकारीका अनुसार, ६४ वर्षीय रोबर्टो मोरेनो रामोसलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएका जनाएका छन् । उनलाई सन् १९९३ मा सात र तीन वर्षका बच्चासहित पत्नीको हत्या आरोपमा मृत्युदण्डको सजाय दिइएको थियो । रामोसले तीनै जनाको हत्या गरी घरको बाथरुमभित्र गाडेका थिए ।....

डढेलोबाट मृत्यु हुनेको संख्या २९ पुग््यो

Tuesday, November 13, 2018

 अमेरिकाको क्यालिफोर्निया जङ्गलमा लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या २९ पुगेको अधिकारीले आइतबार जानकारी दिएका छन् ।  उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ । राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै कडा हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन् ।.....

कास्मिरमा भाजपा नेताको हत्या 

Saturday, November 03, 2018

अपरिचित बन्दुकधारीले बिहीबार राति सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का स्थानीय नेता अनिल परिहर र उहाँका भाइको हत्या गरेको प्रहरीले जनाएको छ ।....

महाराष्ट्रमा स्वाइन फ्लुबाट मर्नेको संख्या ३०२ पुग््यो

Thursday, November 01, 2018

भारतको महाराष्ट्र राज्यमा यसवर्ष हालसम्म स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको राज्यका स्वास्थ्य अधिकारीले बताएका छन् ।....

एक गिलास पानीले दिलायो महिलालाई  मृत्युदण्ड, सजाय माफी दिँदा देशभर हंगामा

Thursday, November 01, 2018

  पाकिस्तानमा धर्म्निन्दाको आरोपमा विगत ८ वर्षदेखि जेल सजाय काटिरहेकी इसाइ महिला आसिया बीबीको गल्ती मात्रै १ गिलास पानी थियो ।

पाकिस्तानमा भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध

Sunday, October 28, 2018

पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्वआदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ ।      सर्वोच्च अदालतका प्रधान न्यायाधीश सकिब निसारले पाकिस्तानी टेलिभिजन च्यानलमा विदेशी सामग्री प्रसारणसँग सम्बन्धित प्रोड्युसर सङ्घले दायर गरेको मुद्दाको सुनुवाई गर्दै यस्तो आदेश दिनुभएको हो ।....

बाली नोक्सान भएपछि कृषकले गरे आत्महत्या

Friday, October 26, 2018

भवानीपट्ना, ९ कात्तिक (रासस÷एएनआई) ।  भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन् । ....