नरिवलको रक्सी खाँदा आठको मृत्यु, सयौँ अस्पताल भर्ना 

Monday, December 23, 2019

नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण बिरामी भएका अरू सयौँ जना अस्पताल भर्ना भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।  ....

१ सय ७५ बालबालिकामाथि यौन दुव्र्यवहार 

Monday, December 23, 2019

 एउटा अति–अनुदारवादी रोमन क्याथोलिक चर्चको मेक्सिको शाखाका पादरीले कम्तीमा १७५ जना बालबालिकाको यौन दुव्यवहार गरेको शनिबार सार्वजनिक एक आन्तरिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार क्रिश्चियन धर्मसँग सम्बन्धित ‘लिगनरी अफ क्राइस्ट’ का संस्थापक मार्सियल मासिएलसहित ३३ पादरी वा ‘डेकन’ले कम्तीमा ६० बालबालिकामाथि सन् १९४१ देखि अहिलेसम्म यौन दुव्र्यवहार गरेको स्वीकार गरेका छन् ।....

भारतमा आन्दोलन जारी, तीनको मृत्य 

Saturday, December 21, 2019

 भारतको संसद्ले ल्याएको नागरिकता सम्बन्धी कानूनमा मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद् गर्ने गरेको भनी केही दिनयतादेखि जारी रहेको आन्दोलनमा तीन जनाको ज्यान गएको छ ।....

पाकिस्तानी पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

Wednesday, December 18, 2019

 पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्यु दण्डको सजाय सुनाइएको छ । पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो । ....

नागरिकता कानुन विरुद्धको आन्दोलनमा छ जनाको मृत्यु

Monday, December 16, 2019

 भारतमा हालै पारित भएको विवादास्पद नागरिकता सम्बन्धी कानुनको विरुद्धमा भएको आन्दोलनका क्रममा ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जनाको प्रहरीको गोली लागी मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  ....

नागरिकता विधेयकको विरोधमा असममा प्रदर्शन 

Thursday, December 12, 2019

 भारतको केन्द्रीय सरकारले संसद्मा प्रस्तुत गरेको विवादास्पद नागरिकता संशोधन विधेयकको विरोधमा असममा जारी प्रदर्शनमा प्रहरीले बिहीबार गोली चलाएको छ । असममा लगाइएको निषेधाज्ञालाई बेवास्ता गर्दै हजारौँ मानिस प्रदर्शनमा उत्रिएका छन् । ....

चिलीमा सैनिक बेपत्ता, खोजी तथा  उद्धारमा राष्ट्रपति पनि सहभागी

Wednesday, December 11, 2019

चालक दलका सदस्यसहित ३८ जना सवार चिलीको सैनिक बिमानसँग सोमबार “रेडियो सञ्चार” सम्पर्क विच्छेद भएको सेनाले जनाएको छ । चिलीको वायुसेनाका अनुसार “अन्टार्कटिका हवाई अखडा”का लागि चिलीको दक्षिणी क्षेत्रबाट उडान भरेको केही क्षणमै विमानसँग सञ्चार सम्पर्क विच्छेद भएको थियो । ...

दक्षिण अफ्रिकी युवतीले जितिन्  २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज 

Tuesday, December 10, 2019

 एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् ।....

बेलायती टुर कम्पनी थोमस कुक टाट पल्टियो, कारोबार बन्द

Monday, September 23, 2019

बेलायतको निकै पुरानो टुर कम्पनी थोमस कुकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरिएको छ । कम्पनीले विश्वभर गरेका छ लाख यात्रा बुकिङ पनि रद्द गरेको जनाएको छ । बेलायत सरकारले हाल विदेशमा यात्रारत एक लाख ५० हजार बेलायती नागरिकलाई कम्पनीको निर्णयले असर पर्ने बताएको छ । ....

अमेरिका–तालिबान वार्ता संकटमा

Sunday, September 08, 2019

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले तालिबान समूहले गत साता काबुलमा गराएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताउनुभएको छ ।  शनिबार ट्वीट गर्दै उहाँले अफगानी विद्रोही समूह तालिबानसँगको शान्ति प्रक्रिया पनि स्थगन गरिएको घोषणा गर्नुभएको छ ।....