सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 

Friday, March 01, 2019

 प्रदेश नं. २ स्तरीय छनौट क्रिकेट प्रतियोगिता अन्र्तगत शुक्रबार समापन कार्यक्रमको अवसरमा सप्तरी क्रिकेट संघले वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ सिंह तथा तृपित नारायण साहलाई सम्मान गरेको छ । बि.स. २०३८ सालदेखि सप्तरीको क्रिकेट बिकासमा महत्वपूर्ण योगदान पु¥याएका वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ सिंहलाई ताम्रपत्र तथा खादा ओढाई सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठले सम्मान गरेका छन् । ....

प्रदेश स्तरीय क्रिकेटको उपाधि पर्सालाई

Friday, March 01, 2019

राजबिराजमा संचालित प्रदेश २ स्तरीय क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिताको उपाधि पर्साले हात पारेको छ भने सर्लाहीले बारालाई हराउदै तेश्रो स्थान हासिल गरेको छ । मध्यमाञ्चल खेलकुद बिकास समितिको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति सप्तरी र सप्तरी क्रिकेट संघको संयुक्त संयोजनमा संचालित उक्त प्रतियोगिता अन्तरगत शुक्रबार सम्पन्न फाइनल खेलमा पर्साले सप्तरीलाई हराउदै सो उपाधी हात पारेको हो । ....

महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने 

Thursday, February 28, 2019

राजबिराजमा संचालित प्रदेश नंं २ स्तरीय क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिता अन्र्तगत छैठो दिनको अन्तिम लिग खेलमा बिहीबार सिरहालाई सर्लाहीले ६ बिकेटले पराजित गरेको छ भने सप्तरीले रौतहटलाई २५ रनले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरेको छ । ....

गजेन्द्र बाबुको पुण्यतिथिमा क्रिकेट प्रतियोगिता 

Friday, January 25, 2019

स्व. गजेन्द्र नारायण सिँहको १७ औ पुण्यतिथिको अवसरमा बिहीबारदेखी सप्तरीको तिलाठी कोईलाडी गाँउपालिकामा टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।   सो अवसरमा जिसस प्रमुख प्रभाकर यादबले खेलकुदबाट मानिसको शारीरिक रूपमा स्वस्थ रहनुको साथै ग्रामिण स्तरमा खेलकुदको माध्यबाट बिकास गर्नुपर्नेमा जोड दिए ।....

मैत्रीपूर्ण महिला क्रिकेटमा खडक नपा बिजयी

Tuesday, January 08, 2019

 मैत्रीपुर्ण महिला क्रिकेटमा खडक नगरपालिकाले सुरुङ्गा नगरपालिकालाई पराजित गरेको छ ।  सप्तरीको बोदेबर्साइन नगरपालिकाको जाजरमा संचालित टि–ट्वाईन्टी क्रिकेट प्रतियोगिता अन्र्तगत भएको खेलमा खड्कले सुरुङ्गालाई ४ बिकेटले पराजित गरेको हो । ....

बजाज युथलाई टि–ट्वान्टीको उपाधी 

Tuesday, January 08, 2019

 सप्तरीको बोदेबर्साइन नगरपालिका ५ जाँजरमा मंगलबार सम्पन्न टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा बजाज युथ एकेडेमी बिसनपुरले बैरियालाई पराजित गरेको छ ।  चाम्पियन स्टार क्रिकेट टिमद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा बैरियालाई ४ रनको अन्तरले पराजित गर्दै बिसनपुरले उपाधी हासिल गरेको हो । ....

जाँजरमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु

Sunday, December 16, 2018

राजविराज÷सप्तरीको बोदे बर्साईन नगरपालिका ५ जाँजरमा शनिवारदेखि चाम्पियन स्टार क्रिकेट टिमद्वारा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ ।  प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न उद्घाटन खेलमा बैरिया बिजयी भएको छ ।      टस जितेर पहिलो ब्याटिङ गरेको बैरियाले निर्धारित २० ओभरमा अलआउट हुँदै २१० रनको योगफल बनाएको थियो । जसमा बैरियाका बिशालले सतक जोडेको थियो भने राजेशले ४९ र मुन्ना खानले  २० र गोबिन्दले १० रनको योगदान थियो । लौकहीका प्रदीप ३, जिया अन्सारी र रफिक नाज २÷२, मनोज र मन्जरले १÷१ बिकेट हात पारेको थियो । ....

बसबिट्टीमा कुस्ती प्रतियोगिता सम्पन्न, पहिलो हुनेलाई ५ तोला चाँदी

Sunday, December 16, 2018

   राजविराज÷रामजानकी विवाह पंचमीको अवसरमा सप्तरीको रुपनी गाउँपालिका ५ स्थित बसबिटीमा संचालित तीन दिवसीय कुस्ती प्रतियोगिता शनिबार सम्पन्न भएको छ । सम्पन्न कुस्ती प्रतियोगितामा नवलपरासीका बाबर पहलवान पहिलो हुँदै ५ तोला चाँदीको तक्मा प्राप्त गरेका छन् भने पर्साका राहुल पहलवान दोस्रा भई ४ तोला चाँदीका तक्मा तथा सिरहा राजगीर यादव पलवान तेस्रो भई ३ तोला चाँदीका तक्मा पाएका छन् ।      सम्पन्न प्रतियोगितामा पहिला हुनेलाई रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादवले, दोश्रो हुनेलाई उपप्रमुख बेचनीकुमारी सरदार र तेश्रो हुनेलाई वडा नं. ५ का अध्यक्ष जगदीश दासले तक्मा प्रदान गरेका थिए । ....

प्रदेश स्तरिय हिरोकपको उपाधि पर्सालाई

Friday, December 14, 2018

 प्रदेश स्तरिय हिरोकप फुटवल प्रतियोगिताको उपाधि पर्सा ११ ले जितेको छ । जित सँगै विजेता बनेको पर्साले एक लाख नगद सहित हिरोकप प्राप्त गरेको छ । हिरोज स्पोटिङ्ग क्लव कंचनरुप नगरपालिका ३ बरमझियाद्वारा संचालित प्रतियोगिताको शुक्रबार सम्पन्न फाईनल खेलमा सर्लाही ११ लाई १–० गोल अन्तरले हराउँदै पर्सा ११ ले हिरोकप हात पारेको हो ।      सम्पन्न खेलमा पर्साले संघर्षपुर्ण जित निकाल्ने क्रममा पहिलो हाफको ३२ औं मिनेटमा कृपाकान्त चौधरीले डिएरियाबाट गरेको कडा प्रहार जाली चुमेको थियो । सो गोललनै निर्णायक बन्यो । ....

बसबिट्टीमा कुस्ती प्रतियोगिता हुँदै

Thursday, December 13, 2018

 रामजानकी विवाह पंचमीको अवसरमा सप्तरीको रुपनी गाउँपालिका ५ स्थित बसबिीमा बिहीबारदेखी तीन दिवसीय कुस्ती प्रतियोगिता सुरु भएको छ । विवाह पंचमी मेला समितिको आयोजनामा सुरु भएको उक्त कुस्ती प्रतियोगितामा नेपालको बारा, सिरहा र नवालपरासी र भारतको बिहार, मध्यप्रदेश, दिल्ली, झारखण्ड, उत्तरप्रदेशलगातका पहलवानहरुको सहभागिता रहेको छ ।      रुपनी गाउँपालिकाका उपाध्यक्ष बेचनी कुमारी सरदारको अध्यक्षता तथा बसबिट्टी गाविसका पूर्वअध्यक्ष शम्भु यादवले उद्घाटन गरेको प्रतियोगितामा जनप्रतिनिधी तथा स्थानियहरुको उपस्थिति रहेको थियो । ....