बरहीबिरपुरलाई मिथिला कपको उपाधी 

Sunday, November 18, 2018

    राजबिराज÷राजविराजमा सम्पन्न पहिलो मिथिला कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी योंङ ११ बरहीबिरपुरले हात पारेको छ ।     स्थानिय मबिव क्याम्पस खेल मैदानमा रंजितपुर राईडर्सद्वारा आयोजनामा संचालित प्रतियोगिताको शनिबार सम्प...न्न फाइनल खेलमा बोदेबरसाईन टिमलाई ४ बिकेटले पराजित गर्दै बरहीबिरपुरले उपाधी हात पारेको हो ।      टस जितेर बोदेबरसाईनले निर्धारित २० ओभरको खेलमा ७ बिकेटको क्षतिमा १ सय २६ रनको योगफल तयार पारेको थियो । जसमा रोहित सिँह ३१ रन बिकास दास २३ प्रशांत राय २० अभिनाष कर्ण १७ अमित दास १४ रन बनाएका थिए ।.

रंजितपुर तथा बोदेबरसाईन सेमिफाईनलमा प्रवेश 

Thursday, November 15, 2018

 पहिलो मिथिला टि ट्वान्टी नक आउट क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा रंजितपुर र बोदेबसाईन पुगेको छ ।     मबिव क्याम्पसको खेल मैदानमा भईरहेको सो प्रतियोगिता अन्तरगतको बिहीबार सम्पन्न पहिलो क्वाटर फाईनल खेलमा बोदेबरसाईनले मोरंगलाई ४७ रनले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।     त्यसैगरी बिहीबारै सम्पन्न दोस्रो खेलमा रंजितपुर राईडर्सले लायन्सलाई ४ बिकेट पराजित गर्दै सेमिफाईनलमा प्रवेश पाएको हो ।...

पहिलो मिथिला कप टि ट्वान्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहाले सप्तरीलाई हरायो

Thursday, November 01, 2018

 पहिलो मिथिला कप टि ट्वान्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता बिहीबारदेखी राजविराजमा संचालित सुरु भएको छ ।