बखन्डी फल सेवन गर्दा  बालबालिकासहित १७ जना बिरामी

Tuesday, January 22, 2019

 सिरहाको संखुवानान्कारकट्टी गाउँपालिकामा अभिभावकसँगै बाख्रा चराउन गएका बालबालिकाहरु समेत गरि १७ जना बखन्डीको फल खाँदा बिरामी परेका छन् ।  सो गाउँपालिका १ स्थित चौरमा अभिभावकसँगै बाख्रा चराउन गएका ती १७ जना बखन्डीको फल खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालय सिरहालाई उदृत गर्दै प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।      प्रहरीका अनुसार बिरामी परेका अभिभावकसँगै अधिकांश उनीहरुकै बालबालिका रहेका छन् । महिलाहरुसँग बाख्रा चराउन व्यस्त रहेको तथा बालबालिकाहरु खेल्न जाने क्रममा बखन्डी फल नामक दाना सेवन गरेको प्रहरीले जनाएको छ । ....

प्रदेश २ को राजधानी जनकपुरधाम र नाम मधेश वा मध्य मधेश राख्न सुझाव

Friday, January 18, 2019

 प्रदेश २ को राजधानी जनकपुरधाम र नाम मधेश वा मध्य मधेश राख्न सुझाव दिएइको छ ।  प्रदेश २ सरकारले स्थायी राजधानी र नामकरणको विवाद टुंग्याउन नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको नेतृत्वमा गठन गरेको सुझाव संकलन आयोगको कार्यक्रममा प्रदेश २ को राजधानी ‘जनकपुरधाम’ र नाम ’मधेश’ हुनुपर्ने सुझाव दिइएको हो । ....

चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर

Friday, January 18, 2019

 भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको एक व्यक्तिलाई प्रहरीले चेकजाँच गर्न रोक्न खोज्दा प्रहरीमाथी गोली प्रहार भएको छ । हतियार भित्रिरहेको विशेष सूचनाको आधारमा प्रहरीले मोटरसाइकललाई रोकेर चेकजाँच गर्न खोज्दा स ६ प ६१४० नम्बरको मोटरसाईकलमा सवार सिरहा नगरपालिका ९ निवासी २९ वर्षिय प्रमोद यादवले प्रहरीमाथी नै गोली चलाएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ । ....

पाँच लाख बढीको भन्सार छलेको समान बरामद

Thursday, January 03, 2019

जिल्ला प्रहरी कार्यालय पर्साले गैरकानुनी रुपले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्न विभिन्न सामानहरु बरामद गरेको छ ।  ....

प्रदेश २ मा मदरसा सम्बन्धी विधेयक ः राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने संकेत

Monday, December 24, 2018

 प्रदेश २ को सरकारले ल्याउन खोजेको मदरसा सम्वन्धि एक विद्येयक बिवादास्पद बनेको छ । यस विद्येयकले प्रदेश २ का आठ जिल्लाका मुस्लिम बालबालिकाका लागि मदरसा खोल्न वैदेशिक सहयोग ग्रहण गर्ने एउटा संस्था स्थापना गर्ने अबधारणा ल्याएको छ । उच्च श्रोतका अनुसार उक्त विद्येयकमा एउटा यस्तो मदरसा शिक्षा बोर्ड स्थापनाको परिकल्पना गरिएको छ जसले कुनै पनि स्वदेशी अथवा विदेश व्यक्ति वा संघसंस्थाबाट उपहार वा दान स्वरुप मदरसाका लागि आर्थिक सहयोगको खोजी गरी भित्र्याउन सकनेछ ।     तर उक्त विद्येयक कानुन सम्बत नुहने तथा राष्ट्रिय सुरक्षामा पनि गम्भिर असर पार्ने भन्दै चौतर्फी विरोध गरिएको छ । नेपालको कानुनअनुसार कुनै पनि गैर(सरकारी संस्थाले विदेशी दान ल्याउनुभन्दा पहिले संद्यीय सरकारको स्वीकृती लिनुपर्ने हुन्छ तर सो विद्येयकले त्यस किसिमको आवश्यक कानुनलाई उल्लंधन गर्न खोजेको देखिन्छ । नेपालमा भने पहिले देखी नै विदेशी दान, खागसरी पश्चिमा दानकोे माध्यमबाट थुपैै धार्मिक संघसंस्थाहरुले आफ्नो स्वास्र्थ साँधेको तथा धर्म प्रचार गरेको इतिहास रहेको छ ।....

पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी

Monday, December 24, 2018

श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ ।  मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सातवटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयबमोजिम पुुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन ।     मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दीबमोजिमका कर्मचारीसमेत कार्यालयमा आइपुगेका छैनन् । सेवा शुरु गर्न उपसचिवसहित कम्तीमा १४ कर्मचारी आवश्यक छ । श्रम कार्यालय जनकपुरमा एक जना कार्यालय सहयोगीसहित जम्मा तीन कर्मचारी कार्यरत छन् ।....

हतियारसहित दुई पक्राउ

Wednesday, December 19, 2018

धनुषा र सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट दुई जनालाई हतियारसहित पक्राउ गरेको छ ।  धनुषाको हंषपुर नगरपालिका ५ सुगानिकासबाट जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले मदिरा पसलमा मदिरा पिउँदै गरेको अवस्थामा एक जनालाई हतियारसहित पक्राउ गरेको छ ।      स्थानिय मंगल साह तेलीको मदिरा पसलमा मदिरा पिउँदै गरेको अवस्थामा धनुषाको हंषपुर नगरपालिका ७ बस्ने ३१ वर्षिय बचन भन्ने बेचन मण्डललाई चेकजाँच गर्ने क्रममा एक थान पेस्तोल, सोमा प्रयोग भएको म्याग्जिन एक थान र म्याग्जिनमा लोड भएको ६ राउण्ड गोलीसहित पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ । ...

नक्कली नागरिकता प्रकरणमा थप तीन पक्राउ

Monday, December 17, 2018

 नक्कली नागरिकता बनाउने गिरोहका थप तीन जनालाई पक्राउ गरिएको छ । यसअघि उक्त घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको थियो ।  पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल तथा कार्यालय सहयोगीद्वय अरुणकुमार यादव र वीरेन्द्र चौधरी रहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभयो । ....

एक सय ४७ बोतल डायलक्स र ६ सय चक्की नाइट्रोभेट बरामद 

Monday, December 17, 2018

 महोत्तरीको बर्दिवास ३ गौरीडाँडामा सोमबार प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।  बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका क्रममा दुई सवारीसाधनबाट १ सय ४७ बोतल डायलक्स र ६ सय चक्की नाइट्रोभेट बरामद गरिएको हो । ....

वेबारिसे अवस्थामा हतियार फेला 

Monday, December 17, 2018

धनुषाको लक्ष्मिनिया गाउँपालिका ६ बेगवा पुर्वारी टोलमा वेवारिसे अवस्थामा एक थान हतियार बरामद भएको छ । स्थानिय नथुनि यादवको करेसाबारिमा बेबारिसे अबस्थामा रहेको एक थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लोड भएको १ राउण्ड गोलिसहित बरामद भएको हो । ....