प्रदेश २ को दुई जिल्लामा भएको आगलागीबाट ४४ लाखको क्षति

Sunday, April 07, 2019

प्रदेश २ को महोत्तरी र सिरहा जिल्लामा शनिवार साँझ भएको आगलागीमा ४४ लाख मुल्य बराबरको क्षति भएको छ । महोत्तरीको जलेश्वर नगरपालिका २ महेन्द्रचौक नजिक सुरेन्द्र साहले संचालन गरेको पशुपति छापाखानामा अचानक बिद्युत सर्ट भई आगलागी हुँदा छापाखानामा रहेको फ्लेक्स प्रिन्टको मेसिन, छापाखानाको सानो र ठुलो मेसिन, कागजपत्र र अन्य स्टेशनरीको सामान जलि पूर्ण रुपमा नष्ट हुँदा करिब ३० लाख बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।....

हावाहुरीबाट प्रभावितहरुको पुर्नवासका लागि सहयोगी हात बढ्दै

Saturday, April 06, 2019

 राजविराज÷गत आइतबार मुलुकककै इतिहासमै ठूलो विपत हावाहुरी आएपछि बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएको छ । सो हावाहुरीबाट ३० जनाको ज्यान गएको छ भने ६ सय बढी घाइते भएका छन् । बारा र पर्साको सिमानामामा रहेको चैनपुर गाँउपालिकाबाट सुरु भएको चक्रवात हावाहुरीले बारास्थित कलैया नगरपालिका, सुवर्ण गाँउपालिका, फेँटा गाँउपालिका महा गढीमाई गाँउपालिकाको विभिन्न वडाहरुमा ठूलो वितण्डा मच्चाएको थियो ।....

हावाहुरी पीडितका लागि प्रदेश १ र ५ सरकारद्वारा एक करोड सहयोग,  कामनपाद्वारा एक दिनको तलब २५ लाख सहयोग 

Saturday, April 06, 2019

बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश १ को सरकारले एक करोड आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश १ मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो राहत दिने निर्णय गरेको हो । सो बैठकले बारा र पर्सामा भएको हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरी घाइतेको शीघ्र स्वास्थ्यको कामना पनि गरेको छ ।....

हावाहुरी पीडितहरुलाई ’मा’ ले राहत वितरण गर्दै

Thursday, April 04, 2019

बाराका हावाहुरीबाट प्रभावित क्षेत्रहरुका पीडितहरुलाई मधेसी एसोसिएसन ईन अमेरिका (मा) ले राहत वितरण गरेको छ । बाराको भलुवही, भरवलिया, पुरैनिया, गम्हरीया, रमपुरर्वा, खटुवालगयातको प्रभावित क्षेत्रमा ‘मा’ को टोलिले सोमबारदेखि बुधबार राति सम्म राहत तथा खाद्यान्न सामग्री वितरण गरेको हो ।....

हावाहुरी प्रभावित परिवारलाई प्रदेश २ सरकारले घर बनाइदिने

Wednesday, April 03, 2019

 वारा र पर्सामा गएको हुरी प्रभावितहरुलाई प्रदेश २ सरकारले शौचालयसहित चारकोठे घर बनाइदिने भएको छ । जसमा शौचालयसहित भन्सा र ३ वटा कोठा गरी चार कोठा हुनेछ । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले हुरीका कारण पूर्ण रुपमा क्षतिग्रस्त घरहरु आगामी चार महिनाभित्रै सरकार बनाइदिने बताएका हुन् । ....

प्रदेश ३ र सुदूरपश्चिम प्रदेशद्वारा हावाहुरी  प्रभावितलाई एक÷एक करोड सहयोग, प्रदेश सभा ३ का सांसदद्वारा तीन दिनको तलब 

Wednesday, April 03, 2019

 प्रदेश ३ र सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्साका हावाहुरी प्रभावितलाई आवास निर्माणका लागि छुट्टाछुट्टै एक÷एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । अस्थायी मुकाम हेटौडामा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले आर्थिक सहयोगको निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंंगेलले जानकारी दिएका छन् । ....

हलुवाई जातीको पेशाको सम्मान, मर्यादालाई  सरकारले सहयोग गर्नुपर्छ ः निधी

Saturday, March 30, 2019

जनकपुर÷सहअस्तित्व, अन्तराष्ट्रिय सांस्कृतिक जागरण, सहकार्य नाराका साथ हलुवाई समाज नेपालको द्वितीय राष्ट्रिय महाअधिबेशन तथा अन्तराष्ट्रिय सम्मेलन शनिबार जनकपुरमा सुरु भएको छ । जनकपुरस्थित तिरूहुतिया गाछीमा समाजको अधिबेशन सुरु भएको हो । अधिबेशनमा झापादेखि कंचनपुरसम्म तथा भारतको हलुवाई समाजका हजारौ प्रतिनिधिहरूको सहभागिता रहेको छ । प्रमुख अतिथि पूर्वउपप्रधान तथा गृह मन्त्री एवं नेपाली काँग्रेस उपाध्यक्ष बिमलेन्द्र निधिले अधिबेशनको उद्घाटन गर्दै हलुवाईको आप्mनो छुटै पहिचान रहेकोले पेशाको सम्मान, मर्यादालाई सरकारबाट सहयोग गर्नुपर्ने बताए । ....

बम काण्डको दोषि ठहर गर्दै संजय  साहसहित सात जनालाई जन्मकैद 

Thursday, March 28, 2019

 तत्कालीन सांसद एवं पूर्व राज्यमन्त्री सञ्जयकुमार साह (टक्ला)सहित ७ जनालाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ भने एक जनाले सफाइ पाएका छन् । ६ वर्ष अघि जनकपुरस्थित रामानन्द चौकमा भएको बम काण्डको दोषी ठहर गर्दै धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले सातै जनालाई जन्मकैदको फैसला सुनाएको हो ।....

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

Wednesday, March 27, 2019

 सर्लाहीको गोडैता नगरपालिका ६ बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लोड गरिएको ट्याक्टरको मुनि किचिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।   ना १ त ६६६६ नम्बरको ट्र्याक्टरको टेलरमुनि सुतिरहेको अवस्थामा मङ्गलबार राति टाउको किचिएको अवस्थामा बलरा नगरपालिका ५ अर्नाहाका २६ वर्षीय शम्भु महतो शव फेला परेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन् ।...

सीके राउतद्वारा “जनमत पार्टी” खोल्ने घोषणा

Monday, March 18, 2019

सरकारसँग ११ बुँदे सहमति पश्चात् राष्ट्रिय अखण्डता स्वीकार गरेका डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले अन्तत् नेपालको संविधान भित्रै रहेर पार्टी स्थापना गर्ने निर्णय गरेको छ । सिरहाको लहानमा आइतबारदेखी सुरु भएको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सोमबार अन्तिम दिन विभिन्न निर्णय गर्दै पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको हो ।     बैठक सम्पन्न पश्चात् राउतको फेसबुक मार्फत सार्वजनिक भएको विज्ञप्तिमा डा. राउतकै संयोजकत्वमा ३५ सदस्यीय जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिसमेत निर्माण गरेको उल्लेख छ । ....