प्रदेश स्तरिय तीन दिने कार्यशाला लहानमा सुरु हुँदै

Thursday, March 14, 2019

 प्रदेश २ स्तरिय तीन दिने एडभान्स रिसर्च म्याथोलोजि विषयक कार्यशाला शुक्रबारदेखी सिरहाको लाहनमा प्रारम्भ हुन गइरहेको छ । ....

“भ्रष्टाचार अन्त नभएसम्म विकास सम्भव छैन्” 

Monday, March 11, 2019

 विवेकशिल साझा पार्टीका प्रवक्ता डा. सूर्य राज आचार्यले पार्टीको दर्शन, लक्ष्य, मार्गदर्शक सिद्धान्त र मूल्य मान्यता वारे जानकारी दिएका छन् । “मधेश मन्थन” श्रृंखला २ बारे सोमबार सिरहाको लहानमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टी प्रवक्ता डा. आचार्यले मुलुकमा भ्रष्टाचारले जडो गाड्दै गएकोले यसको अन्त नभएसम्म विकास सम्भव नहुने बताए । ....

‘बुलेट प्रुफ’ ज्याकेटसहित सीके राउतका सुरक्षा गार्ड सार्वजनिक

Sunday, March 10, 2019

 ‘स्वतन्त्र मधेश’ गठबन्धनका संयोजक सीके राउतका सुरक्षा गार्ड पहिलोपल्ट जनकपुर विमानस्थलमा आइतबार सार्वजनिक भएका छन् । सरकारसँग ११ बुँदे सहमति भएपछि जनकपुर जाने क्रममा राउतलाई स्वागत गर्न कार्यकर्ता र सुरक्षाका लागि सुरक्षा गार्ड विमानस्थल सार्वजनिक रुपमा देखिएका हुन् ।....

मन्त्री अधिकारीको निधनको शोकमा पार्टी कार्यालय रौतहटमा झण्डा झुकाइयो

Thursday, February 28, 2019

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पार्टी कार्यालय रौतहटका झण्डा झुकाइएको छ ।  नागरिक तथा उडयन पर्यटक मन्त्रालयका मन्त्री रविन्द्र अधिकारीको हेलीकप्टर दुर्घटनामा निधन भएकोमा पार्टीको झण्डा झुकाइएको हो । ....

बालक बेपत्ता हुने क्रम वृद्धि

Thursday, February 28, 2019

 सिरहाको नवराजपुर–२ मझौराका ११ वर्षीय आशुतोषकुमार यादव फागुन १० गते बेपत्ता भए ।  लहानस्थित लिट्टिल स्टार बोर्डिङ स्कूलमा अध्ययनरत उनी बिहान ६ बजे ट्युसन पढ्न गएका र त्यसपछि अहिलेसम्म घर फिर्ता नआएको आशुतोषका काका शैलेन्द्रप्रसाद यादवले बताउनुभयो ।.....

तीन महिनाको अवधिमा विभिन्न प्रजातिका अबैध काठ बरामद

Tuesday, February 26, 2019

 प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ जनकपुरधाम मातहतका बिभिन्न प्रहरी कार्यालयहरुबाट खटिएको छुट्टाछुट्टै प्रहरी टोलीले तीन महिनाको अवधिमा बिभिन्न प्रजातिका अबैध काठ बरामद गरेको  छ ।....

दुई बालिकालाई जबरजस्तिकरणी गर्नेहरु पक्राउ

Wednesday, February 20, 2019

सिरहाको छुट्टाछुट्टै स्थानमा दुई जना बालिका जबरजस्तीकरणीको शिकार भएकी छिन् । ती दुबै घटनाका आरोपीहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ । सिरहाको धनगढीमाई नगरपालिका १३ वस्ने १४ वर्षीया बालिकालाई जबरजस्तिकरणी गरेको अभियोगमा स्थानिय एक यूवकलाई प्रहरीले पक्राउ गरेको छ । ....

प्रहरीद्वारा २१ किलो चरेस र ३३ लाख बढी मुल्यको कपडा नियन्त्रण 

Monday, February 04, 2019

 सीमा क्षेत्रमा हुने लागुऔषध ओसार तथा भन्सार छली गरिने अवैध कारोवारलाई नियन्त्रण गर्न चलाइएको अभियानलाई पर्सा प्रहरीले निरन्तरता दिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जका विभिन्न स्थानबाट २१ किलो चरेससहित पाँच, नौ सय थान नाइट्रोभेट ट्याब्लेटसहित एक र भन्सार छली भित्र्याइएको रु ३३ लाख बढी मूल्यको कपडासहित ठोरी गाउँपालिकाबाट तीन जनालाई नियन्त्रणमा लिएको हो ।....

सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली

Saturday, February 02, 2019

  सिरहा÷प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका बारेमा विभिन्न हल्ला चलाइएपनि सरकारले तराई मधेसको विकासका लागि विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् । शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई शनिबार सिरहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।     प्रधानमन्त्री ओलीले हुलाकी सडकको निमार्ण, भैरवहा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेस समृद्धि कार्यक्रम सबै तराईकै विकासका लागि सञ्चालन भएको बताए । केही दिनअघि झापा विमानस्थलमा रात्रीकालिन उडान सेवा सुरु भएको उल्लेख गर्दै उनले जनकपुरमा केही महिनामा यस्तो सेवा सुरु हने बताए ।....

बखन्डी फल सेवन गर्दा  बालबालिकासहित १७ जना बिरामी

Tuesday, January 22, 2019

 सिरहाको संखुवानान्कारकट्टी गाउँपालिकामा अभिभावकसँगै बाख्रा चराउन गएका बालबालिकाहरु समेत गरि १७ जना बखन्डीको फल खाँदा बिरामी परेका छन् ।  सो गाउँपालिका १ स्थित चौरमा अभिभावकसँगै बाख्रा चराउन गएका ती १७ जना बखन्डीको फल खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालय सिरहालाई उदृत गर्दै प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।      प्रहरीका अनुसार बिरामी परेका अभिभावकसँगै अधिकांश उनीहरुकै बालबालिका रहेका छन् । महिलाहरुसँग बाख्रा चराउन व्यस्त रहेको तथा बालबालिकाहरु खेल्न जाने क्रममा बखन्डी फल नामक दाना सेवन गरेको प्रहरीले जनाएको छ । ....