वेबारिसे अवस्थामा हतियार फेला 

Monday, December 17, 2018

धनुषाको लक्ष्मिनिया गाउँपालिका ६ बेगवा पुर्वारी टोलमा वेवारिसे अवस्थामा एक थान हतियार बरामद भएको छ । स्थानिय नथुनि यादवको करेसाबारिमा बेबारिसे अबस्थामा रहेको एक थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लोड भएको १ राउण्ड गोलिसहित बरामद भएको हो । ....

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

Monday, December 17, 2018

   सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिका ५ पकडी टोल निवासी प्रमोद चौधरीको नयाँ बन्दै गरेको हिरो इँटाभट्टाको लागि धुवाँ निस्कने चिम्नी बनाउने क्रममा माथिबाट लड्दा भारत बिहार सितामढी जिल्ला सोनवर्षा थाना ग्राम पञ्चायत घुरघुरा बेला टोल निवासी ५० वर्षीय श्यामसुन्दर ठाकुरको मृत्यु भएको छ । मृतक ठाकुर २० फिट माथिबाट लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ...

नक्कली नागरिकता बनाउने कार्यमा संलग्न  रहेका सरकारी कर्मचारीसहित चार सार्वजनिक 

Friday, December 14, 2018

   धनुषा प्रहरीले नक्कली नागरिकता बनाउने कार्यमा संलग्न रहेको जिल्ला प्रशासन कार्यालयका एक सहयोगिसहित चार जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ । जनकपुर उपमहानगरपालिका २० स्थित देवपुरा रुपैठा बस्ने ३१ वर्षीय रोशनकुमार चौधरी, धनुषाको औरही गाउँपालिका ५ बस्ने ४९ वर्षीया गंगा साह, रौतहटको दुर्गा भगवती गाउपालिका ४ बस्ने हेमन्त कुमार पाण्डे र जिल्ला प्रशासन कार्यालय धनुषामा सहयोगी पदमा कार्यरत ४२ वर्षीय महाविर मण्डललाई प्रहरीले प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको उपस्थितिमा सार्वजनिक गरेको हो ।     प्रहरीले उनीहरुलाई नेपाली नागरिकताको टोलीको छाप तथा प्रशासनको अभिलेखको सक्कली डायरीको केहि कागजात, दर्जनौँ नेपाली नागरिकता र डेढ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।....

गाँजा र लागु औषधसहित तीन पक्राउ, गाँजाका बोट नष्ट

Thursday, December 13, 2018

 सर्लाही र सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट तीन जनालाई गाँजा र लागु औषधसहित पक्राउ गरेको छ भने महोत्तरीमा झण्डै ५ सय गाँजाका बोटहरु नष्ट गरिएको छ । प्रहरीले सर्लाहीको हरिवन नगरपालिका ९ स्थित पुर्व पश्चिम लोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चेकिङ टोलीले हरिवन नगरपालिका ३ सासापुर निवासी ३० वर्षिय मान बहादुर घिसिङलाई ४ किलो २०० ग्राम गाँजासहित पक्राउ गरेको हो ।     बा ५० प ७५५ नम्वरको पल्सर मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको लागु औषध गाँजा ४ किलो २०० ग्राम फेला परेकोले मोटरसाईकल र घिसिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरी कार्यालय प्रदेश २ का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जानकारी दिएका छन् । .....

अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै

Monday, December 10, 2018

 सीताराम विवाह पञ्चमी महामहोत्सवका लागि भारतको अयोध्याबाट जन्ती जनकपुरधाम आइपुगेको छ । जन्ती बनेर साधुसन्तको टोली सोमवार अपराह्न जनकपुरधामको जानकी मन्दिरमा आइपुगेको छ ।     प्रमुख जन्ती भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ मंसिर २६ गते ११ बजे निजी विमानबाट आउँदैछन् भने औपचारिक जन्ती सोमवारै आइपुगेका छन् । घोडासहित २ वटा रथ र बाँकी आधा दर्जन घोडा र १ दर्जन जीपमा जन्ती आइपुगेका हुन् ।     जन्तीलाई नेपाल–भारतको सीमावर्ती नाका धनुषाको जटहीमै पुगेर जानकी मन्दिरको टोलीले स्वागत गरेको थियो । जन्ती नाकामा पुगेपछि स्थानीयबासीले समेत जन्तीलाई स्वागत गरेका थिए ।     जानकी मन्दिर पुगेका जन्तीलाई जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवले मन्दिरको प्रवेश द्वारमा पुगेर स्वागत गरेका छन् ।.....

योगीको सुरक्षाका लागि चार  हजार सुरक्षाकर्मी खटिने 

Monday, December 10, 2018

 भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि जनकपुरमा चार हजार सुरक्षाकर्मी खटिने भएका छन् । मंसिर २६ गते रामजानकी विवाह महोत्सवमा सहभागी हुन जनकपुर आउन लागेका मुख्यमन्त्री योगीका लागि उक्त संख्यामा सुरक्षाकर्मी खटिने भएको हो ।      प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले रामजानकी विवाह महोत्सवका लागि तीन हजारको संख्यामा नेपाल प्रहरी खटिने जानकारी दिँदै प्रदेश २ का आठै जिल्लाबाट प्रहरी नायब उपरिक्षकको कमान्डमा एक सयको संख्यामा र प्रदेश १ र ३ बाटसमेत सुरक्षाकर्मी आउने जानकारी दिएका छन् । ....

शौच गएको बेला बेवारिसे झोला  कोट्याउँदा बम विस्फोट, दुई घाइते

Sunday, December 09, 2018

 सिरहा जिल्लाको ठाढीमा आइतबार बम बिस्फोट हुँदा दुई जना घाइते भएका छन् । छिमेकी देश भारतसँग सिमा जोडिएको भगवानपुर गाँउपालिका बडा नं ४ ठाढीमा बम बिस्फोट हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधबराज खरेलले जानकारी दिए ।     गाउँको पुर्बी छेउमा रहेको बलान खोलामा शौच गर्न गएको बेला बेबारिसे अबस्थामा राखिएको झोलालाई उनीहरुले कोट्याउँदा विस्फोट भएको प्रहरीले जनाएको छ ।...

प्रदेशस्तरीय प्रेस काउन्सिल  गठन गर्ने तयारी

Saturday, December 08, 2018

  धनुषा÷प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशस्तरीय प्रेस काउन्सिल गठन गर्न तयारी गरेको जानकारी दिएका छन् ।  प्रेस काउन्सिल नेपालले जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालीमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउत सो कुरा बताएका हुन् ।      उनले पत्रपत्रिकाको वर्गीकरणमा भेदभाव हुँदै आएकोले प्रदेश सरकारले छुट्टै प्रेस काउन्सील गठन गर्न लागेको जनाउँदै मधेशका पत्रकारसँग हुँदै आएको विभेद अन्त्य गर्न प्रदेश सरकार हरेक कदम चाल्न तयार रहेको उल्लेख गरे । .....

विवाहपञ्चमीको रौनक

Tuesday, December 04, 2018

 यही मङ्सिर २६ गते आयोजना हुने विवाह महोत्सवका लागि  उत्साहपूर्वक संपूर्ण तयारी भइसकेका छन् ।  महोत्सवमा यस पटक भारतको अयोध्याबाट आउने भगवान् रामको प्रतीक स्वरूप आउने जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत सहभागिता रहने चर्चा छ । प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरका महन्तको पहलमा जानकी मन्दिर परिसरदेखि बाह्रबिघा (रङ्गशाला) सम्म सिङ्गारिने, सरसफाइ र पण्डाल निर्माण तीव्र गतिमा भइरहेको छ ।     सुरक्षाकर्मी, राजनीतिकर्मी, समाजसेवी, नागरिक समाजका अगुवाको सहभागितामा बाह्रबिघाको सरसफाइ र उपमहानगरपालिकाद्वारा सडक निर्माण, सडक व्यवस्थित गर्ने कार्य भइरहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगीको महोत्सवमा सहभागितासमेतलाई दृष्टिगत गर्दै स्वागत, भण्डारालगायत संपूर्ण कार्यक्रम तय गरिसकिएको प्रष्ट प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत बताउनुहुन्छ । ....

प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दो

Tuesday, December 04, 2018

पोषणयुक्त खानेकुराको अभावको कारण प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दै गएको छ । नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पञ्चवर्षीय योजनाअन्तर्गत कुपोषण हटाउने कार्यक्रम अघि सारिएको छ ।     कुपोषण हटाउने कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सङ्घीय सरकारले प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरमा बहुक्षेत्रीय पोषण योजना प्रादेशिक एकाइ कार्यालय स्थापना गरी बढ्दो कुपोषण हटाउन चेतनामूलक कार्यक्रम अघि सारेको संयोजक हेमन्त झाले राससलाई बताउनुभयो ।      प्रदेश नं २ मा ३६ प्रतिशत बालबालिकामा कम तौल भएको देखिन्छ । त्यस्तै ३७ प्रतिशत बालबालिकामा पुड्कोपन, १४ दशमलब ४ प्रतिशतमा ख्याउटेपन देखिन्छ । जुन सङ्ख्या प्रदेश नं २ मा उच्च रहेको छ । ....