रोकिएन् ध्वनी प्रदूषण 

Tuesday, February 18, 2020

अहिले राजविराजमा ध्वनी प्रदुषण निकै बढेको छ । धार्मिक कार्यक्रम, बैवाहिक कार्यक्रम वा कुनै उत्सव होस् वा प्रवचनको नाममा ध्वनी प्रदुषण बढेको छ । विभिन्न वहानमा अहिले रातीको समयमा ठूला ठूला आवाजमा लाउडस्पिकर र साउण्डबक्स घन्काएर अरु व्यक्तिलाई समेत जाग्रम बस्न बाध्य बनाएको छ । झण्डै एक दशक भइसक्यो जिल्ला प्रशासन कार्यालयसहित बिभिन्न सरकारी निकायको नाममा अदालतले ध्वनी प्रदुषण रोक्न निर्देशनरुपी फैसला सुनाए पनि त्यसको कार्यान्वयन हालसम्म हुन सकेको छैन् । ...

मानविय कार्यले भविष्यमा पनि निरन्तरता पाओस्

Sunday, February 02, 2020

 वितेको केही वर्षमा अत्याधिक चिसोका कारण सप्तरीमा कठ्याङग्रिएर दर्जनौं गरिब, निमुख्खा, असाय व्यक्तिको मृत्यु भएको थियो । सो घटना लगत्तै सम्बन्धित निकाय र सरोकारवालाहरुले कुनै पनि व्यक्ति चिसोबाट ज्यान गुमाउनु नपरोस् भन्दै न्यानो कपडा बितरण गर्ने अभियान नै चलाएको थियो भने ठाउँ ठाउँमा आगो ताप्ने व्यवस्था समेत मिलाएको थियो । र सो अभियानले यस वर्ष पनि निरन्तरता पायो । जसकारण यस वर्ष कुनै पनि त्यस्ता दुःखद घटना घट्न पाएन । ....

छोरीप्रति प्रदेश २ सरकारको विशेष ध्यान, स्वागतयोग्य

Friday, January 31, 2020

 प्रदेश २ सरकारद्वारा छोरीहरुलाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले संचालित बेटी पढाउ, बेटी बचाउ अभियान प्रशंसनीय र स्वागतयोग्य कार्य रहेको छ । यसले छोरीहरुका लागि निकै नै फलदायक साबित हुने विश्वास लिइएको छ ।....

बैदेशिक रोजगारीमा ठगि गर्ने प्रबृति रोक्नु आवश्यक

Tuesday, January 28, 2020

बैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगि गर्ने प्रबृति बढ्दै गएको छ । सप्तरी लगायत अन्य जिल्लाहरु समेतमा यस्तै ठगि गर्ने प्रबृति बढ्दै गएको छ ।...

परम्परागत पेशाको सम्वद्र्धन  र संरक्षण आवश्यक

Sunday, January 26, 2020

माटाका मूर्ती बनाउने मूतीकाहरुको पेशा संकटमा पर्दै गइरहेको छ । विभिन्न पूजाको बेला माटाका आकर्षक मूर्ती बनाएर आफ्नो गुजारा हुने पेशा नै संकटमा परिरहेकोप्रति उनीहरु चिन्तित देखिन्छन् । दुर्गा पूजा, लक्ष्मी पूर्जा, सरस्वती पूजा लगायतका माटाका मूर्ती बनाएर उनीहरुलाई आफ्नो पेशालाई जोगाइ राख्न धौ धौं भएको छ । तर, पनि माटाका मूर्तीकारहरु बनाउन दिनरात उनीहरु लागिपरेका छन् । ....

राजश्व बृद्धि गर्ने तर्फ ध्यान पुगोस्

Monday, January 13, 2020

 सप्तरीसँग टाँसिएको सबै भारतीय सीमा नाकाहरु खुल्ला रहेका छन् । ती सीमा नाकाहरुमा भन्सार वा प्रहरीको एउटा चेक पोष्ट बाहेक कुनै प्रकारको घेरवार छैन् । जसले गर्दा तस्कारीहरुले खुलेआम भन्सार छलेर सामानहरु नेपालतर्फ सजिलै आयात गर्न भ्याउँछन् । यती मात्र नभएर सानो सानो पोका पारेर दिनरात गरि ट्रकका ट्रक सामानहरु नेपालतर्फ आउने गरेको छ । सीमा सुरक्षा पोष्टमा सशस्त्र प्रहरीको निगरानी हुँदा हुँदै पनि तस्कारीहरुले विभिन्न सामानहरु सजिलै सीमा पार गरिरहेका छन् । ....

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै सप्तरी

Sunday, January 12, 2020

 सप्तरीमा रहेको एक मात्र सरकारी अस्पतालको सेवा सुविधामा सुधार आउन थालेपछि अहिले विभिन्न जटिल रोगको पहिचान गर्ने डाईग्नोस्टि सेन्टर समेत खुलेको छ । राजविराजमा पहिलो पटक अत्याधुनिक प्रविधिसहित पूर्ण स्वचालित मेसिन र उपकरणबाट एकै थलोमा क्यान्सर र अन्य सबै प्रकारका रोग पत्ता लगाउने परिक्षण सुरु भएपछि यहाका जनतले क्यान्सर, अन्य जटिल तथा सामान्य रोग पत्ता लगाउन समेत अब अन्यत्र जानु नपर्ने अवस्था आएको छ । ....

हात्ति आंतक नियन्त्रण गर्न कीन ढिलाई ?

Thursday, January 09, 2020

 सप्तरीको पूर्वी र राजमार्गको उत्तरी भेगमा हात्तिले आंतक मचाउँदा सम्बन्धीत निकाय अहिलेसम्म कुनै ठोस कदम उठाउन सकिरहेको छैन् । हात्ति आंतकले दर्जनौं घरमा हप्तापिच्छै क्षति पुगिरहेको छ । गत हप्ता मात्र त्यस भेगका दुई दर्जन बढी घरमा हात्तिले आफ्नो तान्डव देखाएको छ । जसकारण घर तोडफोड हुनुका साथै हात्तिले घरमा भएको सबै अन्नपात खाएका छन् । यो समस्या कुनै नयाँ नभएर निकै पुरानो हो । ....

अपराध नियन्त्रणमा प्रहरीको अभियान सकारात्मक

Wednesday, January 08, 2020

 सप्तरी प्रहरीले शान्ति सुरक्षा, लागु पदार्थ दुव्र्यसनी, विभिन्न अपराधी, महिला हिंसा लगायतका कार्यलाई न्यूनिकरण गर्नका लागि चलाएको अभियानले सफलता हात पार्दै गइरहेको छ । यस अभियान अन्तरगत प्रहरीले विभिन्न मुद्दामा फरार रहेका अपराधीहरुलाई पक्राउ गर्न समेत अभियान नै चलाएको छ । अभियान अन्तरगत प्रहरीले एक महिनाको अवधीमा झण्डै चार दर्जन फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ । ....

बैदेशिक रोजगारीको कमाईलाई सदुपयोग गर्नेतर्फ ध्यान पु¥याऔं

Sunday, January 05, 2020

 मुलुकमा रोजगारीको वातावरण सृजना नहुँदा यहाँबाट सयकडौ यूवाहरु दिनहुँ बिदेश पलायन भइरहेका छन् । उनीहरु बिदेशमा गएर कमाएका रकम आफ्नो घर पठाउने गरेका छन् । जसले गर्दा मुलुक अहिले रेमिटान्सकै रकमबाट धानिएको छ । विदेशबाटै पठाएको रकमले गर्दा उनीहरुको घरवार समेत चलेको छ । ....