कसरी हुन्छ छठ पर्व “साझा”

Wednesday, November 14, 2018

विगतको समयमा छठ पर्व तराई मधेशमा मात्र मनाउने गरिएको कुरा सर्वविदितै छ । मुलुकमा प्रजातन्त्र आएपछि तराईका जिल्लाहरुमा सरकारले एक दिने सार्वजनिक विदा समेत दिँदै आएको थियो । तर, अहिले आएर यो पर्व तराईवासीले मात्र नभएर मुलुकको सम्पूर्ण जातजाती, समुदायहरुले मनाउन थालिएपछि अहिले यसलाई “साझा” पर्वको रुपमा व्याख्या गर्न थालिएको छ । जसकारण प्रजातन्त्रपछि मुलुकमा भएको लोकतान्त्रिक आन्दोलन पश्चात् गठित लाकेतान्त्रिक सरकारले ढिलो भएपनि छठ पर्वको अवसरमा एक दिने सार्वजनिक विदा दिन बाध्य भयो ।....

एक दिने सफाईले जलाशय सफा हुँदैन्, नियमित सफाईप्रति ध्यान पुगोस्

Sunday, November 11, 2018

 छठ पर्वको अवसरमा अहिले विभिन्न जलाशयहरुको सरसफाई धमाधम भइरहेको छ । जलाशयहरुमा वर्षभरीको जम्मा भएको फोहरहरु निकालेर सफा गर्न अहिले सबै लागिपरेका छन् । छठ पर्व जलाशयहरुमै हुने गरेकोले सरसफाई गरिँदै छ । कम्तिमा छठ पर्वको नाममा जलाशयको सफाई त भइरहेको छ । यता कुनै पनि पर्वको नाममा मात्र जलाशयको सफाई हुनु कतै न कतै बेइमानी जस्तो देखिन्छ । सरसफाई दैनिकी गर्ने कुरा हो । हामी जसरी दैनिक रुपमा शरीरदेखी घर, आङन, टोल, सडक सफाई गर्छौ त्यस्तै नै जलाशयहरुलाई सफाई गर्न सकियो भने अहिले जति महिनेत गर्दैछौं त्यती महिनेत पक्कै गर्नुपर्दैैनथ्यो होला । ....

पशु बलिमा बृद्धि हुँदै !

Sunday, October 28, 2018

 हालै सम्पन्न वडा दशैंको अवसरमा सप्तरीमा मात्र ५० हजार बली पशुहरुको बलि प्रदान भएको छ । यो संख्या हरेक वर्ष बृद्धि हुँदै गइरहेको छ ।....