स्मृति इरानी ः नरेन्द्र मोदीविरोधी अनशनदेखि राहुल गान्धीको गढ कब्जासम्म

Sunday, May 26, 2019

 भारतमा नरेन्द्र मोदी सरकारकी मन्त्री स्मृति इरानीले अमेठीको नेहरू–गान्धी परिवारको अभेद्य किल्लामा भारतीय जनता पार्टीको झन्डा गाडिदिएकी छन् ।....

पत्थरगाढामा ग्लोबल बैंक संचालन

Monday, April 01, 2019

 ग्लोबल आइएमई बैंकले सेवा बिस्तार गर्दै सोमबारदेखी सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ९ पत्थरगाढामा बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहले शाखाको उद्घाटन गर्दै स्थानिय तहमा बैंकिङ्ग सेवा बिस्तार भएकोमा धन्यवाद र खुशी व्यक्त गरेका छन् । उनले ग्रमिण जनता पनि अब बैंकिङ्ग सेवा सरल र सहज रुपले पाउने विश्वास व्यक्त गरे । ...

लौनियाँका कृषक जैविक खेतीतर्फ आकर्षित 

Friday, March 08, 2019

 सप्तरीको तिलाठी कोईलाडी गाँउपालीका २ लौनियाँका किसानहरू जैबिक खेतीतर्फ आकर्षित बन्दै गएका छन् । कोशी पीडित समाजले कृषक समुहलाई बीउ बिजन, जैबिक मल र कृषी उप शाखा गापाले जैबिक खेती तर्फ आकर्षित गर्न प्राबिधिकहरूवाट १६ हप्ते कृषक पाठशाला कक्षाबाट कृषकहरूलाई जैबिक तरकारी खेती उत्पादन गर्ने तालिम दिएपछि किसानहरू जैबिक खेतीतर्फ आकर्षित हुँदैछन् । ....

‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै

Thursday, February 28, 2019

पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनकी ९ वर्षीया बबुनीकुमारी रामको दिनचर्या बाख्रा चराउन र मेलापात गर्नमै बित्ने गरेको छ । शिक्षाको पहँुचबाट टाढा रहेकी बबुनीलाई कखरासम्मको ज्ञान थिएन । साथीसँग दिनभरि बाख्रा चराउने, मेलापात गर्ने गरेकी उनमा एक्कासि पढ्ने जाँगर आएपछि बबुनीले आफ्नी आमा जगमतीदेवी रामसँग आफू पनि पढ्ने जिद्दी गरिन् ।  बाध्य भएर जगमतीले नजिकैको दलित प्राथमिक विद्यालयमा उनलाई भर्ना गराउनुभयो । ....

व्यवसाय प्रवद्र्धनका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा दिने 

Tuesday, January 08, 2019

 सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न सात शीर्षकमा व्यवसाय गर्न सहुलियत ऋण दिने भएको छ । बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपछिको निजी आवास निर्माण कर्जा उपलब्ध गराउने कार्यक्रम सार्वजनिक गरेको छ । ....

विस्मरण गर्न सक्दिन स्व.सह–प्राध्यापक अमरेन्द्र नारायण सिंह “अमर” लाई

Sunday, December 16, 2018

 स्व.सह–प्राध्यापक अमरेन्द्र नारायण सिंह “अमर” ले भारतको बिहार राज्यको विहार विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम.ए.गर्नु भएको थियो । महेन्द्र विन्देश्वरी कलेज राजबिराजमा राजनीतिशास्त्र प्राध्यापन गर्नहेतु केही महीनाका लागि उहाँको अस्थायी रुपमा नियुक्ति भयो । संभवतः अर्को वर्ष फेरि उहाँ अस्थायी रुपमा नियुक्त हुनु भयो । पछि उहाँको नियुक्ति स्थायी रुपमा भयो । २०४७ सालमा उहाँ उप–प्राध्यापकबाट सह–प्राध्यापकमा प्रोन्नत हुनु भयो । उहाँ भद्र, विनम्र, मृदुभाषी व्यक्ति हुनु हुन्थ्यो । उहाँको शिष्ट व्यवहारले जोसुकैलाई पनि प्रभावित र आकर्षित गर्न सक्दथ्यो ।....

खरको छानामा आगो नलाग्ने प्रविधिको विकास 

Friday, November 30, 2018

 खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा तपाईँलाई अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो ।  नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने प्रविधिको विकास गरेको छ । यो प्रविधिको प्रयोगबाट खरको छाना भएका घरलाई आगोबाट बचाउन सकिन्छ ।       नास्टले केही वर्षदेखि गरिरहेको अध्ययनमा स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने पाइएको हो ।      खर, माटो र छाना छोपिनेजति प्लाष्टिकको प्रयोग गरेर घरलाई आगोबाट सुरक्षित गर्न सकिने नास्ट प्रविधि सङ्कायका प्रमुख रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । .....

सप्तरीको मानवअधिकारको अवस्था सम्बन्धी इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन (मानवअधिकार वर्षपुस्तक)

Saturday, November 24, 2018

मानवअधिकार तथा सामाजिक न्यायका निम्ति स्थापित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रत्येक जिल्लामा मानवअधिकार सम्बन्धी गतिविधिहरुको तथ्यगत घटना संकलन, अभिलेखीकरण र प्रसारण कार्य गर्दै आएको छ । अन्तर्राष्ट्रिय सन्धी, महासन्धी, देशका विद्यमान कानुनहरुको पालना भए नभएको लगायतका विषयमा चासो राख्ने इन्सेकले मानवअधिकारसँग सम्बन्धित रहेर कार्यहरु गर्दछ । इन्सेकले मानवअधिकारसँग सम्बन्धित घटनाहरुको संकलन र अनुगमन गर्दै विश्वमा नै उत्कृष्ट र तोकिएको समयमा फागुन ७ गते मानवअधिकार बर्ष पुस्तक प्रकाशित गर्दै आएको छ । सोही क्रममा प्रकाशन पूर्व वर्षको दुई पटक पूर्वसमीक्षा गरिने भएकोले नेपाल मानवअधिकार बर्ष पुस्तक २०१९ को वार्षिक प्रतिवेदनको पूर्व समीक्षा कार्यक्रम गर्न गइरहेका छौ । इन्सेक सप्तरीले २०१८ जनवरीदेखि डिसेम्बरसम्म जिल्लामा भएका मानवअधिकार हनन्, उल्लंघन तथा ज्यादतीका घटनाहरुलाई सत्यतथ्य परक तथा पूर्णता र आधिकारिकता दिने उद्देश्यले पूर्व समीक्षा कार्यक्रमको आयोजना गरेको हो ।.....

भारतमा संसारकै खतरनाक टापु जसमा गोरो बच्चा  जन्मे मारिदिन्छन् बाहिरी मान्छेलाई प्रतिबन्ध

Thursday, November 22, 2018

  संसारकै सबैभन्दा खतरनाक टापु ‘नर्थ सेन्टिनल आइल्याण्ड’ अहिले निकै चर्चामा छ । यहाँ क्रिस्चियन धर्म प्रचार गर्न गएका एक मिसिनरी युवकको लाश भेटिएपछि यो टापुको चर्चा बढेको छ । एएनआइका अनुसार ७ माझीले ती युवकलाई टापुमा लिएर गएका थिए । ती युवकले आदिवासीलाई क्रिष्चियन बनाउन भन्दै बाइबलको पाठ पढाउन थालेपछि आदिवासीले उनको वाणले हानेर हत्या गरिदिएको बताइएको छ ।      भारतको सीमाभित्र पर्ने यो टापुमा बस्ने आदिवासीहरुको प्रजाती ५५ हजार वर्ष पुरानो मानिन्छ । अण्डमान महाद्वीपमा रहेको जरावा जनजातिका यी आदिवासीहरु बाँकी संसारबाट टाढै रहन्छन् । यो जनजातिले आधुनिक सभ्यतालाई पूर्णतया अस्वीकार गरेका छन् र बाँकी संसारसँग यिनीहरुको सम्पर्क शुन्य छ । भनिन्छ कि यी आदिवासीहरुले आफ्नो समुदायभन्दा फरक कुनै पनि मान्छेलाई भेटे भने मारिदिन्छन् । यतिमात्र होइन यी आदिवासीहरु आफ्नै भर्खर जन्मेको बच्चासमेत अलिकति पनि गोरो भयो भने मारिदिन्छन् । ....