News Category 2070/03/31

अखिल नेपाल खेलकुद संघको पूर्वाञ्चल अध्यक्षमा परियार

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३० असार ।
अखिल नेपाल खेलकुद संघले पाँच विकास क्षेत्रमा क्षेत्रीय खेलकुद सङ्घ गठन गरको छ ।
संघको केन्द्रीय बैठकले पूर्वाञ्चल विकास क्षेत्रको अध्यक्षमा सञ्जय परियारलाई चयन गरेको छ । परियार सप्तरी सदरमुकाम राजविराजका बासिन्दा हुन् ।
मध्यमाञ्चलको अध्यक्षमा अच्यूतराज लामिछाने निर्विरोध चयन गरेको छ भने पश्चिमाञ्चलको अध्यक्षमा लालबहादुर विश्वकर्मा, मध्यपश्चिमाञ्चलको अध्यक्षमा पनिर अधिकारी र सुदूरपश्चिमाञ्चलको अध्यक्षमा कैलाश सुनवार चयन हुनुभएको संघका केन्द्रीय अध्यक्ष अर्र्जुनबहादुर केसीले जानकारी दिनुभएको छ ।
अखिल नेपाल खेलकुद सङ्घले खेल क्षेत्रमा देखापरेका समस्याको समाधान गर्दै खेलाडीका हक हितका आवाज बुलन्द पार्न सङ्घ गठन गरिएको अध्यक्ष केसीले बताउनुभयो ।
उहाँले देशका विभिन्न स्थानमा रहेका खेलकुदका पूर्वाधारको समयमै मर्मतसम्भार नहुँदा ती संरचना खेर जाने अवस्थामा रहेकाले सम्बन्धित निकायको ध्यानाकृष्ट गरिने पनि बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट