News Category 2071/10/21

सप्तरीका १ लाख २ सय ४३ निरक्षरलाई साक्षर बनाइने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २० माघ । 
सप्तरीका १ लाख २ सय ४३ जना निरक्षरलाई आगामी महिनादेखी साक्षर बनाउँने अभियान संचालन हुने जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले मंगलबार सघन साक्षर सप्तरी अभियान २०७१ को बारेमा जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । 
आयोजित सम्मेनमा जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईले सप्तरीका निरक्षरहरुलाई सन् २०७१ सालभित्रै पूर्ण साक्षर बनाउँने लक्ष्यमा लागिपरेको जानकारी दिनुभयो । 
सप्तरीमा हाल सम्ममा कुल जनसंख्याको महिला ३ लाख २५ हजार ४ सय ३८ जना, पुरुष ४ लाख १३ हजार ८ सय ४७ गरी कुल ६ लाख ३९ हजार २ सय ८४ जना मध्ये ५४.५ प्रतिशत साक्षर रहेका छन भने कुल जनसंख्याको ६७ प्रतिशत पुरुष र ४२.६ प्रतिशत महिला साक्षर रहेको जनाइएको छ । 
सरकारले सघन साक्षर सप्तरी अभियान २०७१ का लागि ५ करोड ६३ लाख ७७ हजार ९ पैसा बजेट बिनियोजित गरी २०७१ सालभित्र सप्तरी जिल्लालाई पुर्ण साक्षर बनाउँने लक्ष्य रहेको जिशिअ भट्टराईले बताउनुभयो । 
सो अभियानका लागि जिल्लाका ४ हजार ६ सय ४५ साक्षर सहजकर्तालाई तालिम दिई जिल्लाका १ लाख २ सय ४३ जना निरक्षरलाई साक्षर बनाउँने लक्ष्य रहेको उहाँले बताउँनुभयो । त्यसका लागि ४ सय ६४ जना साक्षर अनुगमनकर्ता तालिम दिई सो कार्यक्रम अगामी फाल्गुन महिनाको अन्तिम सातादेखि शुरु हुने जिशिअले जानकारी दिनुभयो । 
त्यस्तै साक्षर सहजकर्ताहरुका लागि प्रति महिना दुई हजार र अनुगमनकर्तालाई प्रति महिना दुई हजार पाँच सय प्रदान गरिने जानकारी दिदै जिशिअ भट्टराईले सघन साक्षर सप्तरी अभियान २०७१ लाई सफल पार्नका लागि जिल्लाका सम्पुर्ण सरोकारबाला निकायहरुसँग अनुरोध समेत गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट