News Category 2071/10/21

नागरिक संवाददाता झालाई ज्यान मार्ने धम्की

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २० माघ । 
सप्तरीस्थित नागरिक दैनिकका सम्बाददाता जितेन्द्रकुमार झालाई आफुलाई मनोज यादव बताउने एक व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । 
नागरिक संबाददाता झाले प्रयोग गर्ने एनटीसि नम्बरमा ९८०७७०८८१७ नम्बरवाट सोमवार राति साढे ९ बजे तिर फोन गरी अपशब्द प्रयोग गर्दै यादवले ‘तिमिलाई मार्नकै लागि आफु मधेपुरावाट सप्तरी छिरेको’ भनी धम्की दिएका हुन् ।
आफु सप्तरी आई सकेको भनि पटक पटक दोह¥याउँदै उक्त व्यक्तिले पत्रकार झालाई हेर्ने वितिक्कै हत्या गर्ने धम्की दिएका छन् । के कारणले आफुलाई मार्न खोजेको भनि सोध्दा ती व्यक्तिले तिमिलाई अन्तिम चेतावनी दिनका लागि फोन मात्र गरेको भनि फोन काटेका थिए ।
घटना वारे पत्रकार झाले मंगलवारै जिल्ला प्रहरी कार्यालय सप्तरीमा लिखित उजुरी दर्ता गराई सकेको जानकारी दिएका छन् ।
यता नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडाले घटनाको भत्र्सना गर्दै दोषि उपर कडा कारवाहिको माग गरेका छन् । त्यस्तै राष्ट्रिय मिडिया पत्रकार सञ्जाल सप्तरीका अध्यक्ष जितेन्द्र खडका, तराई सञ्चार समुहका अध्यक्ष बैद्यनाथ यादव, नेपाल प्रेस युनियन सप्तरीका कार्यवाहक अध्यक्ष रामनारायण विश्वास, मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव लगायतकाहरुले समेत घटनाको भत्र्सना गर्दै अविलम्ब छानविन गरी दोषि उपर कारवाहिको माग गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट