News Category 2071/10/22

सशस्त्र प्रहरीद्वारा १ सय ८५ किलो गाँजा बरामद

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २१ माघ । 
एक साता नबित्दै सप्तरीमा पुनः गाँजा बरामद भएको छ । जिल्लाको अर्नाहा गाविसबाट १ सय ८५ किलो गाँजा बरामद भएको हो ।
मंगलबारराति सशस्त्र प्रहरीले अर्नाहा १ स्थित सोही गाविस ५ का तेज नारायण यादवको गाईगोठबाट १ सय ८५ किलो गाँजा बरामद गरेको हो । 
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजले बुधबार बिहान पत्रकार सम्मेलनको आयोजना गरि बरामद गरिएको गाँजा सार्वजनिक गरेको छ । बिशेष सूचनाको आधारमा राती १ बजे गाइगोठमा ११ बटा बोरामा प्याकिङ गरि राखेको अवस्थामा सो गाँजा बरामद गरिएको प्रहरी नायब उपरिक्षक निरबहादुर अधिकारीले जानकारी दिनुभयो । 
गाँजा बरामद गरिएको स्थानमा कोही पनि नरेहकोले सशस्त्र प्रहरी गाईगोठ धनीको घरमा छापा मार्न जाँदा त्यहाबाट मानिस फरार भइसकेको प्रहरी नायब उपरिक्षक अधिकारीले बताउनुभयो । 
बरामद गरिएको गाँजा जिल्ल प्रहरी कार्यालय सप्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 
यसअघि माघ १४ गते जिल्लाको शम्भुनाथ नगरपालिका ११ का गुल्टेन मण्डलको घरमा रहेको परालको टालबाट १ सय ७५ किलो गाँजा बरामद गरिएको थियो । यसअघि दुई महिनाअघि सप्तरीको भारदहस्थित कोशी नदीमा ढुङ्गाबाट भारततर्फ लैजादै गरेको अवस्थामा १ सय ७५ केजी गाँजासहित पाँच जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको थियो । 
यसरी महिनैपिच्छै १ सय ७५ केजीको हाराहारीमा गाँजा बरामद भइरहेकोमा जिल्ला गाँजाको “ट्रान्जिट प्वाइन्ट” बन्दै गरेको प्रहरीको दाबी छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट