News Category 2071/10/23

कर्मचारी नियुक्ति रद्द भएपछि तालाबन्दी खुल्यो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २२ माघ । 
कर्मचारी नियुक्ति रद्द भएपछि बिहीबार सप्तरीको शम्भुनाथ नगरपालिकामा स्थानियहरुले लगाएको तालाबन्दी खोलिएको छ । 
स्थानिय राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवि, कर्मचारी लगायतबीच भएको छलफल पश्चात् सो नियुक्ति फिर्ता लिइएको हो । 
यसअघि बुधबार सूचना प्रकाशन नगरि गोप्य तरिकाबाट ७ जनालाई करार नियुक्ति गरेको भन्दै स्थानियहरुले बुधबार तालाबन्दी गरेका थिए । 
सो कार्यालयमा ओभरसियर पदमा एक जना र अमिन, पियन, कम्प्युटर अपरेटर, ड्राईभर गरी जम्मा ७ जनालाई करारमा नियुक्त गरिएको थियो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट