News Category 2070/04/01

तीन घरमा डकैति

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३१ असार ।
सप्तरीको सेहरा रौटहट गाविसमा आइतबार राति डकैती भएको छ ।
१५÷१६ जनाको संख्यामा आएका हतियारधारी डाँका समूहले रौतहट गाविस ३ का ३ घरपरिवारबाट लाखौको धनमाल लुटेर लगेका छन् । राती १२ बजे आएका डाँकाहरुले समर साह, रामअशिष साह र अमर साहको घरमा लुटपाट गरेका हुन् ।
डाँकाहरुले रु. दुई लाख नगद, दुई तोला सुन र ७० तोला चाँदी लुटेर लगेको प्रहरी चौकी रामनगर कोदरकट्टीले जनाएको छ ।
डकैती गर्नेहरु भारतीय भएको प्रहरीको अनुमान रहेको छ । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट