News Category 2071/10/24

आगलागीमा करिब १० लाखको क्ष्ति

दैनिक समाचारदाता

दैनिक संवाददाता 

राजविराज, २३ माघ । 
सप्तरीको रम्पुरा मल्हनिया गाविस १ बिसनपुर टोलमा शुक्रबार बिहान आगलागी हुदाँ करिब १० लाख मुल्य बराबरको क्ष्ति भएको छ । 
 स्थानीय सहदेव मुखियाको गाईको गोठमा बालिएको घुरबाट अचानक आगलागी हुदाँ मुखियाको दुई वटा घर तथा छिमेकी महेन्द्र मुखिया र किसन देवी मुखियाको दुई दुई घर गरी ६ वटा घर तथा घरमा रहेका नगद, गरगहना, लताकपडा, धान, चामल, गहुँ समेत जलेर सो मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
 आगलागीमा करिब एक दर्जन पशु चौपाया तथा खसी बोका समेत जलेर नष्ट भएको प्रहरी चौकी रम्पुरा मल्हनियाका असय मदन बहादुर यादवले जानकारी दिनुभयो । आगलागी स्थानीयबासी, प्रहरी र राजविराजबाट गएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट